इलाम । माङसेबुङ गाउँपालिका इलामले किराँत धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६६ औं जन्मोत्सवमा सार्वनिक बिदा दिने भएको छ । आगामी मंसिर १८ गते पर्ने धर्मगुरुको जन्मदिनमा गाउँपालिकाले बिदाको निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको बैठकले गरेको हरेक वर्ष १८ मंसिरमा सार्वजनिक बिदा दिने निर्णयलाई किराँत धर्मावलम्बीहरूले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।
को हुन् धर्मगुरु सेइङ ?
वि.सं. २०११ मंसिर १८ गते शुक्रबार जन्मिनुभएका मुहिङ्गुम अङ्सिमाङ लिङ्देन (आत्मानन्द सेइङ) को वि.सं.२०३६ सालबाट जन्मोत्सव मनाउँदै आएको पाइन्छ ।
किराँत धर्मावलम्बी र किराँत धर्मप्रती गहिरो आस्था राख्ने संसारभरका किराँत धर्मका आस्थावानहरुले मानवीय गरिमाको रूपमा नुमाङ्गेन्नालाई हर्सोल्लासका साथ मनाउँदै आएका छन् ।
जन्मोत्सवलाई विशेष बनाउन माङ्सेबासिहरुले माङ्गेन्ना मुन्धुम वाचन र विभिन्न जातीय झाँकी तथा नृत्यहरु समेत प्रस्तुत गर्ने गर्दछन् । इलाम जिल्ला साविक इभाङ गाविस वडा नं. ५ चुक्चिनाम्बामा बुवा पुण्यप्रसाद लिङ्देन र आमा श्यामजिरी चेम्जोङको कोखबाट जन्मिएका मुहिङ्गुम अङ्सिमाङ लिङ्देन (आत्मानन्द सेइङ) लाई महागुरु फाल्गुनन्दको अर्को अवतारको रुपमा मानिन्छ ।
धर्मगुरु सेइङमा किराँतिहरु एउटै सुत्र र धर्ममा बाँधिनुपर्छ भन्ने मान्यता थियो । सानोमा सेइङलाई बालागुरु समेत भन्ने गरिन्थ्यो। आत्मा परमात्मा भुत वर्तमान भविश्यको बारेमा जान्ने भन्ने शाव्दिक अर्थमा शाब्दिक गुरु बद्रीनन्द तुम्बापोले आत्मानन्द लिङ्देनको नाम मुहिङ्गुम अङ्सिमाङ लिङ्देन राखेको पाइन्छ ।
महागुरुको अर्को अवतारको रुपमा उनलाई मान्दै आएकोले अवतारी व्यक्ति भन्ने शाब्दिक अर्थमा अङ्सिमाङ भनेर भन्न थालिएको हो ।
धूम्रपान मध्यपान निषेधित क्षेत्रमाङसेबुङ क्षेत्र धूम्रपान मद्यपान निषेधित क्षेत्र घोषणा गरिएको छ । माङसेबुङ गाउँपालिकाको वडा-५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा जाँडरक्सी, माछामांसु, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा गरिएको हो ।