काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालि र नेपाल चलचित्र युवा मञ्चको संयुक्त आयोजनामा आइतबार एफएलएफ अवार्ड २०७६ मनोनयम पत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
भाषा, संस्कृति हाम्रो संस्कार एफएलएफ अवार्ड २०७६ मूल नारा रहेको कार्यक्रमको मुख्य उद्देश्य, लिम्बु भाषाको गीत, संगीत, संस्कृती र चलचित्रको प्रवर्द्धन गर्ने रहेको थियो ।
दुई वर्षको अन्तरालमा हुँदै आएको यस अवार्ड कार्यक्रमको मनोनयन प्रमाण पत्र वितरण अन्तर्गत चलचित्र विधामा २० जना र भिडियो विधामा १० जना चयन भएका छन् । अवार्ड वितरण पुस २० गते काठमाडौंमा हुने जानकारी गराइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भनिएपनि मन्त्री भट्टराईको उपस्थिति हुन सकेन । अवार्ड मनोनयनमा लिम्बु भाषाविद् येहाङ लाहुतीको निर्णायक भूमिका रहेको थियो ।
त्यसैगरी कलाकार, गायक तथा बुद्ध वाज बर्न इन नेपाल अभियानका अभियान्ता धीरज राईले देशमा रहेका विभिन्न जातजाति, भाषाभाषीको पहिचान हुनसके मात्र नेपालको पहिचान हुने बताउनुभयो ।
कार्यक्रममा लिङ्देन समाज नेपालका अध्यक्ष विजय लिङ्देन, चलचित्र निर्देशक बिनोद सेरेङ, आदिवासी चलचित्र माहासंघका अध्यक्ष अमृत सुनुवार लगाएत विभिन्न चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तित्व तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रशिक्षार्थी पत्रकार, अनुप अधिकारी र सरिता पाठक