भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।
दक्षिणकाली प्लाष्टिक उद्योग, गोरखकाली सिमेन्ट उद्योग र एक्सल डेभलपमेन्ट बैंकको सहयोगमा ४० थान पानी ट्यांकी, ४० थान एलपी ग्यास सिलिण्डर र ४० वटा भट्टि चुल्हो र एक हजार दुईसय मिटर जिआई पाइप वितरण गरेको हो ।
वाणिज्य संघको शाखा कार्यालयले राँके, जीतपुर, चमैता, सिद्धिथुम्का, पञ्चमी, लिङदिन, क्याबङु, बुधबारे, चमैता, बरभञ्ज्याङ, फुदुक, हात्तिढुङ्गे क्षेत्रका व्यवसायीहरुको समूह बनाएर सामग्री वितरण गरेको हो । प्रत्येक समूहलाई पानी ट्यांकी, ग्यास सिलिण्डर, ग्यास चुल्हो र पाइप वितरण गरेको हो । ‘व्यवसायीहरुको समूहमा वितरण गरिएको सामान आवश्यकता अनुसार स्थानीयले पनि प्रयोग गर्न पाउनेछन्’, इलाम उद्योग वाणिज्य संघ शाखा कार्यालय मंगलबारेका अध्यक्ष तारा थापाले भने, ‘हामीले वितरण गरेको सामग्री प्रयोग गरेबापत कसैले पनि शुल्क तिर्नुपर्नेछैन ।’ वााणिज्य संघ शाखा कार्यालयले नगर क्षेत्रका सबै व्यवसायीलाई संगठित गर्ने उद्देश्यले सामग्री वितरण गरको हो ।
यस्तै एक्सल डेभलपमेन्ट वैंकले देउमाई नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका १७ जना विद्यार्थीलाई न्यानो कपडा र जुत्ता वितरण गरेको छ ।