भगीरथ भण्डारीइलाम । पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा धमाधम होटल बनाउन थालेपछि होम स्टे मासिने अवस्थामा पुगेका छन् । होम स्टेकै नामले परिचित श्रीअन्तुमा पछिल्लो समय विदेशी लगानीमा होटल निमार्ण हुन थालेपछि होम स्टे विस्तापित हुने अवस्थामा पुगेको हो ।
अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकन कै लागि पर्यटक आउने गरेका छन् । खुलेको आकाससँगै अन्तु डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिने भएकाले पनि पर्यटक अन्तु आउने गरेका हुन् । अन्तुमा सुर्योदय र सूर्यास्थ हेर्नलाई अन्तु पुग्ने अधिकांश पर्यटक होम स्टे बस्न चाहन्छन् । तर अन्तु पुगेका पर्यटकले होम स्टेको बास होइन होटलमा बस्नु पर्ने बाध्यधा छ । अहिले श्रीअन्तुमा धमाधम होटल निमार्ण भइरहेका छन् । त्यहाँ पुथ्ने जो कोहीले होम स्टे लेखेको बोर्ड मात्र देख्छन्, होम स्टे भने भेट्दैनन् । त्यहाँ निर्माण भएका अधिकांश होटलले होम स्टे नामाकरण गरेपनि होम स्टेमा पाउने सेवा सूविधा मासिन थालेको नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्षले बताउनुभयो ।
स्थानीय कला, संस्कृति, भेषभुषा, खानपान झल्काउनु पर्ने होम स्टेको अवधारणा हो तर श्रीअन्तुका होम स्टे भने पक्का घरमा होटल र लज चलाएर होम स्टे लेखेका छन् ।
त्यहाँ पुरानो बसोबास गर्नेहरुले आपूू बसेको घरलाई होम स्टेको रुपमा चलाएका छन् । होम स्टे सञ्चालक भन्छन्, ‘अन्तु होम स्टेबाटै चिनिएको हो, सँधै होम स्टेबाटै चिनाउन खेजिराखे पनि होटल दर्ताको व्यवसायले होम स्टेलाई भने असर गर्न थालेको सामुदायिक होम स्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।
अन्तुमा विभिन्न स्थानबाट दैनिक पाँच सयदेखि एक हजारभन्दा बढीको हाराहारीमा पर्यटक आउने गर्छन् । सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, भर्खरै पत्ता लागेको सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण पनि पर्यटक बाक्लै आउने गरेका छन् । अन्तु मात्र होइन जिल्लामा विभिन्न पर्यटकीय स्थलहरु पनि रहेका छन् । त्यहाँ पनि पर्यटकको चाप बढिरहेको छ ।
इलाममा घुम्नकै लागि भनेर आएका पर्यटकले होम स्टेमै बस्न पाउनु पर्दछ । होम स्टेको प्रचार गरेर धमाधम होटल निमाण गर्ने र होम स्टेको सूविधा मासेर होटलको सूविधा दिनाले पर्यटन क्षेत्रलाई नै असर पार्ने देखिन्छ । यसका लागि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।