काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले एकसाथ आठवटा पुस्तकको लोकार्पण गरेको छ । पुस्तकको माध्यमबाट ज्ञान अभिवृद्धि र जीवन परिवर्तनका लागि सहयोग पुर्याउने आशा गरिएको छ ।
शनिबार काठमाडौंमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडले पाँचौँ वार्षिक साधारण सभाको अवसरमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश नम्बर तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र लिमिटेडका अध्यक्ष डाक्टर विजयकुमार पौडेलको उपस्थितिमा आठ पुस्तक लोकार्पण गरिएको हो ।
विश्वनाथ काशीनाथ राजवाडेले लेख्नुभएको र गोपीरमण उपाध्यायले अनुवाद गर्नुभएको विवाह संस्थाको इतिहास, साहित्यकार जयदेव भट्टराइद्धारा लिखित स्मृतिमा छाडेर जानेहरु, डाक्टर कपिल लामिछानेद्धारा लिखित गाउँखाने कथा, भगवानचन्द्र ज्ञवालीद्धारा लिखित साहित्य सिद्धान्त लोकर्पण गरिएको हो । यस्तै प्रतिमा केसीद्धारा लिखित पानीको विद्रोह, प्राध्यापक श्यामसुन्दर शेर्पाद्धारा लिखित लिंग्विस्टिक आर्काेलोजी अफ इन्डस एण्ड नेप्लीज सिीभीलाइजेशन, डाक्टर तत्व तिम्सिनाद्धारा लिखित समृद्धिको विज्ञान र डाक्टर विदुर चालिसेद्धारा लिखित च्याङ्माइको डबली नामक पुस्तक लोकार्पण गरिएका हुन् ।
पुस्तक लोकार्पणमा पुस्तकबारे चर्चा गर्दै जनता प्रसारण तथा प्रकाशन लिमिटेडका नायव महाप्रबन्धक अशेष घिमिरेले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जनताको ज्ञान अभिवृद्धिका लागि संस्थाद्धारा प्रकाशित पुस्तकहरुले सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
अशेष घिमिरे, नायव महाप्रबन्धक, जनता प्रसारण तथा प्रकाशन लिमिटेड संस्थाले आगामी दिनमा पनि निरन्तर प्रकाशनको कार्य गरिरहने जनाएको छ ।