काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले हरेक जनप्रतिनिधि आफ्नो ठाँउ समृद्ध बनाउन पार्टीगत सोचबाट मुक्त भएर क्रियाशील हुनुपर्ने धारणा राख्नुभएको छ । सल्यानको शारदा नगरपालिकाका करिब ३२ सय बालबालिकालाई सुविधायुक्त जापानी झोला वितरण गर्नुहुदै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
मन्त्री ज्वालाले जापानमा बनेको झोला सल्यानका बिद्यार्थीहरुको हातमा पर्ने अवस्था सिर्जना गरेकोमा रुपान्तरण नेपाल र यू मी नेपाल जापानलाई धन्यवाद दिनुभयोे । पढाईमैत्री र पुस्तकमैत्री आकर्षक झोला उपहार पाएकोमा बिद्यार्थी भाईबहिनीहरुलाई बधाई दिनु हुँदै मन्त्रीज्वालाले हरेक क्षेत्रमा सफलता हात पार्न शिक्षा अनिवार्य भएकाले भोली पछुताउनु नपर्ने गरी आजै मेहनत गरेर पढ्न बिद्यार्थी विद्यार्थिलाई आग्रह गर्नुभयो । सेवामूखी भावनाले गरिने सामाजिक कार्यलाई सहयोग गर्न कर्णाली प्रदेश सरकार र आफु व्यक्तिगत रुपमा सधंै प्रतिवद्ध रहेको उहाँको भनाइ छ । कार्यक्रममा मन्त्री ज्वालाले भन्नुभयो, ‘आजको सुन्दर सल्यानलाई भोलीको समृद्ध सल्यान बनाउने अभियानमा पार्टीगत सोचाईबाट माथि उठेर आ–आफ्नो ठाउँबाट सहयोग सबैले सहयोग गर्नुपर्छ ।’
जापानी झोला वितरण कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकाका बालबालिकाको शिक्षालाई स्तरिय बनाउन झोला वितरण गरिदिएकोमा रुपान्तरण नेपाल र युमी नेपाल जापानलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभएको थियो ।
नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘सल्यानका गैह्र सरकारी संघ–संस्थाले रुपान्तरण नेपालबाट सिक्न जरुरी छ र सेवामूखी भावना राखेर असल कार्य गर्दा नगरपालिका सहयोग गर्न जहिले पनि तयार छ ।’ उहाँले पठनपाठन सहज होस् भनेर झोला वितरण गरिएकाले भाईबहीनीहरुलाई झोलाको जतन गर्न र पढाईमा बढी महत्व दिनसमेत आग्रह गर्नुभयो ।
रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले ‘जापानी झोला सहयोग कार्यक्रम’ कुनै नाफामूखी परियोजना नभएको बताउँदै जापानमा बस्ने नेपाली दाजुभाईहरुले नितान्त सेवाभावले बिद्यार्थी भाईबहिनीहरुको शैक्षिक स्तरोन्नतीका लागि निकै दुख गरेर झोला उपहार पठाएको बताउनुभयो । ‘कुनैपनि साङ्लोमा रहेको शक्ति यथार्थता त्यसमा रहेको कमजोर कडिले निर्धारण गर्दछ । त्यसैले दुर्गम र पिछडिएका क्षेत्रको विकासलाई प्राथमिकता दिुनपर्छ’ विकासविद स्वर्गिय डा. हर्क गुरुङको भनाईलाई उदृत गर्दै अध्यक्ष शाहीले रुपान्तरण नेपाल पनि दुर दराजका साँच्चै पिछडिएका बालबालिकाको शैक्षिक स्तर विकास गर्न स्थापनाकालदेखि नै क्रियाशिल रहेको र ‘जापानी झोला सहयोग कार्यक्रम’ पनि त्यसकै प्रारुप भएको उल्लेख गर्नुभयो ।
यू मी नेपाल जापानसँगको सहकार्यमा रुपान्तरण नपालले कर्णाली प्रदेशका चार जिल्लाहरु जाजरकोट, सल्ल्यान, दैलेख र कालिकोटका चार स्थानिय तहका सामुदायिक विद्यालयमा अध्ययरनत १४ हजार ९ सय ९२ बालबालिकालाई जापानी झोला वितरण गरिसकेको छ ।