हो, म जिउँदाे लास थिएँहो म त्यही दिन मरेकी थिएँन्यायको खोजी गर्दा वेश्याको दर्जामा दर्जिएकी थिएँहो म त्यही दिन मरेकी थिएँआफ्नै बाउ सरहको काकाले गलत नजर लगाउँदा ।
हो म त्यही दिन मरेकी थिएँ१६ वर्षीय उमेर पार गर्दा,हो म त्यही दिन मरेकी थिएँअष्मिता जोगाउने युद्धमा प्रहार गर्दा ।
हो म त्यही दिन मरेकी थिएँआफ्नै काकाले कुदृष्टिले वदन छुँदाहो म त्यही दिन मरेकी थिएँसरकारी वकिल काकाले कुरा नसुन्दा ।
हो म त्यही दिन मरेकी थिएँन्यायको युद्धमा पराजित हुँदाहो म त्यही दिन मरेकी थिएँआमा सरहकी काकीले वेश्याको दर्जा दिँदा ।
मैले आजात भएर हिड्न पाउँदिन अरेमैले आफ्नो अष्मिता जोगाई जिउँन पाउँदिनअरेम यौवनको जवानीमा मात्तिएको छु रेम एउटा नाकै काट्ने उच्च वर्गीय वेश्या हुँ अरेआफ्नै काकाले गलत नजर लगाउँदा,म गलत थिइँन अरे,मैले आजात चाहना राख्दायौवनमा मात्तिएछु अरे
धिक्कार छ ति शिक्षक पेशामा आवद्ध बुवाप्रतिधिक्कार छ ति सरकारी वकिल काकाप्रतिअनि धिक्कार छ स्नातकोत्तर उत्तीर्ण काकीप्रति
मैले व्यथा पोख्दान्यायका दाता काकाले पनि केही गरेनन्तलाई जन्माएँ, हुर्काएँ भन्ने पिताले पनि केही गरेनन्तर मेरी अनपठ आमामसँगै डाको छोडेर रुनुभयोउहाँ पनि मै जस्तो जिउँदो लास हुनुभयो ।
यो थियो यथार्थ मेरोमैले जिन्दगी त्यागेको थिएँहृदय नै चल्न छोडेर,म केवल बेहोसी थिएँ ।
छि, घृणा छ ति बुवा र काकाप्रतित्यो बेला आँसु खसाल्नेछि घृणा छ ति काकीप्रतित्यही बेला आँसु खसाल्ने
आज म साहसी भएर बाँचिरहेछुआजात छु आफ्नै दुनियाँमा नाँचिरहेछुजीवन बनाउन संघर्ष पनि गरिरहेछुनाम कमाउन आँसुको नदीमा बगिरहेछु
तर, छिया हुन्छ मन, आमाको याद आउँदासँगै बिताएको न्यानो काखको याद आउँदारूदै छिन् मेरी आमापनि मै छोरीलाई सम्झेरसासै रोकिन्छ एकै छिन्,प्यारी बहिनीको याद आउँदा ।
भन्छिन् अरे मेरी आमा,छोरी जिवीत छ भनिहेर्दै छिन् अरे मेरै बाटोछोरी आउलिन् कि भनितर, म आउँदिन आमा, अहिले म विवशतामा बाँधिएकी छु,म माथि लागेको दाग मेट्न संघर्षशील जीवन बिताइरहेकी छु ।
सुष्मिता खड्काकक्षा : ११, (कानुन संकाय)विश्वनिकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर, काठमाडौं