जीवन डाँगीरोल्पा । जुनसुकै चुनावमा पनि रोल्पा सधैँ चर्चाको शिखरमा हुन्छ । यो पटक वाम गगठबन्धन बनेपछि पनि रोल्पाको चर्चा घटेको छैन, अझ चुलिएको छ ।वाम गठबन्धनबाट माओावादी नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभामा उठेपछि यहाँको राजनीतिमा तरङ्ग आएको छ । उनलाई जिताउन एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती चुनावी कमाण्डर नै बनेर हिँडिरहँदा वाम गठबन्धन हौसिएको छ ।
विप्लवले पनि चर्चामा रोलपाअर्कातिर नेत्रविक्रम चन्दा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको सशस्त्र गतिविधिले पनि रोल्पा राष्ट्रिय चर्चाबाट ओझेल पर्न पाएकै छैन ।आफ्ना जिल्ला इन्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएपछि विप्लवका कार्यकर्ता यहाँ आक्रमक भएका छन् । उनीहरुले दुई पटक उम्मेदवार पुन र वाम गठबन्धनको चुनाव प्रचार टोलीमाथि आक्रमण प्रयास गरिसकेका छन् ।पहिलो पटक एम्बुसमा पार्ने कोशिश गरे भने अर्को पटक चुनावी टोलीमाथि लक्षित गरेर गोली नै बर्साए । तर, उम्मेदवार पुनसहित कसैलाई केही भएन । लगत्तै सामेबार रोल्पाबाटै प्रहरीले विप्लवका एक कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
बिद्रोही गाउँ थबाङको सन्देशखासगरी राज्यको प्रतिपक्ष भनेर चिनिने रोल्पाको थबाङ गाउँलाई पनि अहिले चुनाव लागेको छ । त्यहाँ सोमवार पुगेको वाम गठबन्धनको टोलीलाई थबाङले खुलेर स्वागत गर्यो ।पुराना कम्युनिस्ट नेता बर्मन बुढामगर वाम गठबन्धनको चुनावी सभामा सहभागी भएर थबाङको भोट वाम गठबन्धनलाई भन्ने सांकेतिक म्यासेज पनि उनले दिन भ्याए । विप्लवको गतिविधि बढेसँगै रोल्पाभर निर्वाचन प्रचारले पनि राजनीति तातिएको छ ।एकातिर मौसमी चिसो बढ्दै छ भने अर्कातिर ‘जनयुद्ध’ को उद्गम थलोमा वाम गठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिस्पर्धाले रौनकता पनि थप्दैछ ।यतिबेला चुनावी नतिजा आ–आफ्नो पक्षमा पार्न नेताहरु गाउँ–गाउँ पुगेका छन् । माओवादीको बलियो प्रभाव रहेको रोल्पामा नतिजा आफ्नो पक्षमा पर्नेमा वाम ढुक्क देखिन्छ । तर, अर्कातिर राप्रपा नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगर आफ्नो चुनावी अभियानमा होमिएपछि कांग्रेस पनि उत्साहित देखिएको छ ।
दुवै समूहको चुनाव जित्ने दावीअन्य बेला प्रायः सदरमुकाम देखिने नेताहरु आजकाल गाउँ केन्द्रित भएका छन् । उनीहरु कुनै न कुनै बहानामा भोट तान्ने अभियानमा छन् । रोल्पाबाट प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री बर्षमान पुन र लोकतान्तिक गठबन्धनबाट सिँचाइ राज्यमन्त्री अमरसिंह पुन चुनावी मैदानमा उत्रिएका छन् ।
माओवादीको बलियो प्रभाव रहेको रोल्पामा नतिजा आफ्नो पक्षमा पर्नेमा वाम ढुक्क देखिन्छ । तर, अर्कातिर राप्रपा नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगर आफ्नो चुनावी अभियानमा होमिएपछि कांग्रेस पनि उत्साहित देखिएको छ ।
वामका लागि एमाले नेता गोकुलप्रसाद घर्तीमगर चुनावी कमाण्डर बनेका छन् भने लोकतान्त्रिकका लागि राप्रपा नेता तथा जिल्लाका पहिलो मन्त्री बालाराम घर्तीमगर प्रचारमा जुटिसकेका छन् । दुवै गठबन्धनले रोल्पामा आफूले जित्ने समेत दावी गरेका छन् ।
कांगेसले जित्ने यस्तो दावीलोकतन्त्र जोगाउन पनि लोकतान्त्रित गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउँछन् नेपाली कांग्रेस रोल्पाका पूर्व सभापति माधवप्रसाद आर्चाय ।‘तत्कालिन माओवादीले युद्ध चलाएर नेपाल बर्बाद पारिरहेका बेला देशलाई शान्तिको बाटोमा हिडाउने नेपाली कांग्रेस होइन ?’, उनले प्रश्न गरे, ‘रोल्पाली जनता सधैँ शान्तिको पक्षमा हुन्छन्, विकासको पक्षमा हुन्छन् । त्यसैले यी विवेकशील जनताले रुखमै मतदान गर्नेमा म ढुक्क छु ।’रोल्पामा उम्मेदवारीका लागि ठाउँ नपाएका एमाले कार्यकर्ताले पनि कांग्रेसका उम्मेदवारलाई भोट हाल्ने दावी आचार्यले गरे ।
वामले जित्ने एमालेको दावीदेशलाई समृद्ध र रोल्पाली जनतालाई सुखी बनाउने अभियान र योजना गठबन्धनसँग भएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हरि प्रसाद घर्ती बताउँछन् । रोल्पा वामहरुको किल्ला भएकाले भारी मतले आफूहरुले जित्ने उनले जिकिर गरे ।
स्थानीय तहको नतिजारोल्पा जिल्लामा १० स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले १ तह, एमालेले २ र माओवादीले ७ स्थानीय तह जितेका छन् ।‘स्थानीय तहको चुनाव हेरौँ न, १० स्थानीय तहमध्ये हामीले २ वटा र माओवादीले ७ वटा जितेका छौँ । यो भन्दा दह्रो प्रमाण अरु के हुन्छ ?’, घर्तीले भने, ‘हामी निर्धक्क साथ विजयी हुन्छौँ ।’एमाले सिद्धान्त र विचारले चलेको पार्टी भएको बताउँदै एमाले कार्यकर्ताले वाम गठबन्धनका उम्मेदवारलाई नै भोट हालेर जिताउने उनले जिकिर गरे ।