कविता
के बदलियो खै हिजोभन्दा आज ?खै के नयाँ बोकेर आयो आजको घामले ?बच्चाबच्चीहरू खुशीले उफ्रदै छन्उनीहरूलाई थाहा छैन्अभिभावकहरूको टाँट पल्टेको गोजी ।
शासकहरू चुटकिला सुनाउन व्यस्त छन्आज थप एउटा नयाँ चुडकिला सुनिएला
पहिरो मुनिको बस्तीजस्तैभविष्य आतंकले त्राहिमाम छन् जनता ।
डुब्दै उत्रँदै र बग्दै गरेको अवस्था झैंत्यान्द्रो भेट्ने आशामा मरेको छैन मान्छेत्यो त्यान्द्रो अझै कतै देखिएको छैनत्यो भूमरी नजिक पुगेको मान्छेलाईकुन मुखले दिऊँ नयाँ वर्षको शुभकामना ?
एउटा बलात्कारी फेला पार्न समेत नसकीलाजले मुख छोपेर भाग्यो उन्नाइसठीक एक वर्षपछियो बीसको हालत पनि त्यस्तै हुनेछ ।
बच्चाहरूका ओठबाट वेपत्ता खुशीशासकका दराजमा बन्दी छ अझैहरेक साँझ बस्तीहरूबाट खुशी हराउँछर शासकका आँगनमा पुग्छयो जघन्य परम्परा हराएको छैन ।
झन् - झन् ख्याउटे बन्दैछ, हाम्रो गौरवविदेशीका जुत्ताहरूबुरुसको सट्टा जिब्राले पुछ्दैछन् शासकर त्यहीँ सुतीखेती गरेरसत्ताको आयु बढाउन व्यस्त छन् ती ।
ऐलेसम्म एउटा पनि यस्तो समाचार पढिएनजसले अनुहारको घना बादल फाटोस्अझ उल्टै देशले शोकबारेको खबर लिएरबिहानै आइपुग्छन् अखबारहरू ।
यो नवजात शिशुकोअसमायिक निधनको पीडामय समयमाकसरी मंगल धुन बजाउनु र खै ?
नयाँ वर्षको आगमनको नाममापक्कै कोही खेलिरहेको छ हाम्रो भावनासँगकसैले झेल गरिरहेछ महाजनसँग मिलेरहाम्रो गोजी टक्टक्याउन आएको यो दिनलाईखै कसरी प्रेमले सम्बोधन गरौं ?
यो एक थान पात्रो बदल्ने मात्र घटनाकदापि नयाँ वर्ष हुन सक्दैनअहँ सक्दै, सक्दैन ।
मलाई माफ गर नानी बाबुहरूयो जालझेल हो हामीमाथियो कुनै नयाँ वर्ष होइन ।
बलराम तिमिल्सीना, भक्तपुर ।