गुल्मी । इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर तल्लो सिम्पाटाकोे सुन्दर बस्ती । सधैँ सुनसानमा हराइरहेको हुन्छ यो बस्ती । बस्तीको चारैतिर जंगल छन् । दर्लामचोरको सुनसान गाउँमा पुस १७ गते साँझ करिब ५ः३० बजेतिरको कुरा हो । आवाज सुनियो– ‘मलाई नमारओ, गुहार ! गुहार !’ स्थानीय ४० वर्षीय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ वर्षीया कौशिला विकको थियो । हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । मन भावविहाल भयो । मसुराले सबभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देवीलाई बोलाइन् । त्यसपछि गाउँका सबै मान्छे जम्मा भए । गोठमा गोरु फुकेको र गोरु बाँध्ने ठाउँ पछाडि उनी लडेकाले केहीले गोरुले हानेर लडेको अडकल गरे । तर धेरैले यो कुरा पत्याएनन् ।
शुरुमा घटना अनुसन्धान भन्दा उपचारलाई प्राथमिकतामा राखेर उपचारका लागि तम्घास लगियो । तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर गरियो । तर बुटवल लैजाने रकम अभाव भयो । परिवारले कौशिलालाई पुनः तम्घास ल्याए । अन्ततः भाडा उठाएर भए पनि बुटवल लैजाने भनियो तर कौशिलाको ज्यान गयो ।
घाइते सासु लिएर बुहारी देवी पनि उपचारका लागि तम्घास आएकी थिइन् । अस्पतालमा गोरुले हानेको भनिए पनि डाक्टर र अन्य कसैले पत्याएनन् । अनि स्थानीयले दुई बुहारी लक्ष्मी र देवीमाथि शंका गर्न थाले । बुहारी लक्ष्मीसँग पनि उनको बेलाबेला झगडा परिरहन्थ्यो । ७ वर्ष पहिले पनि देवीले सासुससुराको खानामा विष राखेर पकाएकी थिइन् । संयोगले बिरामी परे पनि त्यतिबेला उनीहरु बाँचे । त्यो बेलादेखि नै देवी सासु–ससुरासँग एउटै घरमा छुट्टिएर बसेकी थिइन् । केही महिना पहिले पनि देवीले सासुलाई हानेर लडाएको छिमेकी बताउँछन् । त्यतिमात्र होइन्, सासुबुहारीको झगडा कौशिला र देवीको घरमा सामान्य जस्तै थियो । त्यसैक्रममा मृतक कौशिलाका श्रीमान शेरबहादुरले घटना सम्बन्धमा सत्यतथ्य छानबिन गरी पाउँ भनी जिल्ला प्रहरीमा उजुरी दिए । प्रहरीले त्यसपछि घटनाबारे अनुसन्धान शुरु गरेको छ ।
लक्ष्मी र देवी पक्राउपहिले पहिले हुने सासु बुहारीबीचका घटनाले स्थानीयले बुहारी देवीमाथि हत्यामा संलग्न भएको आशंका गरेका हुन् । प्रहरीले पनि शेरबहादुरको निवेदनका आधारमा प्रहरीले कौशिलाकी बुहारी देवीलाई पक्राउ गरेर अनुसन्धान ग¥यो । अनुसन्धानक्रममा सासुबुहारीको झगडा परेको जस्ता कारणले प्रहरीले देवीमाथि शंका गरेको हो । छानबिन प्रक्रिया पनि अगाडि बढाइयो । देवीको बयानको क्रममा लक्ष्मीको पनि नाम जोडिन आएपछि प्रहरीले लक्ष्मीलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुल्यो । अनुसन्धानक्रममा घाइतेसँगै आएकी उनकी बुहारी देवी र लक्ष्मीका कुरा बाझिए । प्रहरीले दुवैजनालाई शंकाको घेरामा राखेको छ ।
स्थानीय र प्रहरीको भनाइलाई आधार मान्ने हो भने त्यसदिन दिउँसो तत्कालीन घाइते र कौशिलाकी आफ्नै कान्छी बुहारी देवी तथा जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको हत्या गर्ने र गहना लुट्ने योजना बनाउँछन् । योजनाअनुसार लक्ष्मीले गोरु फुकाइन् र चिर्पट दाउरो लिएर लुकेर बसिन् । देवीले गोरु फुकेको जानकारी सासुलाई गराउँछिन् । फुकेको गोरु समाउन कौशिला जाँदा चिर्पट दाउराले हानेर भुँइमा लडाउँछिन् । देवीले चाँहि कोही मानिस आउला भनेर बाटोतिर हेर्छिन । कोही नआएपछि उनीहरुलाई पनि गहना लुट्ने समय मिल्यो । अनि बुलाकी, माडवारीलगायतका गहना दुवै मिलेर लुट्छन् । कौशिलाको ज्यान गएको ठहरपछि लक्ष्मी आफ्नै घरतिर लाग्छिन् । देवी थाहा नपाएझै गरी घरभित्र बस्छिन् । अन्ततः देवीलाई पनि छिमेकी मसुराले खबर गरेपछि मात्र उनले सासु लडेको देखेको नाटक गरिन् ।
मृतक कौशिलाकी जेठाजुकी बुहारी लक्ष्मी पनि मदिरा पिउँछिन् । मदिरा सेवन गरेका बेला उग्र स्वभावमा उत्रने गर्थिन् । घटना भएका दिन लक्ष्मीले मदिरा सेवन गरेकी हुन्छिन् । सासुको हत्या गरी गहना लुट्ने योजना निर्माणमा मदिराले साथ दिएको आशंका पनि छ । अन्ततः दुई बुहारीकै मिलेमतोमै कौशिलाको हत्या भएको प्रहरीको निष्कर्ष छ । घटना भएको एक साता पुग्न आटिसक्यो । घटना प्रकृति, पहिलेदेखि नै सासुबुहारीको पारिवारिक बिचलन तथा शेरबहादुरको उजुरीका आधारमा प्रहरीले दुई बुहारीलाई पक्राउ ग¥यो । तर अझै केही तथ्य खुल्न बाँकी छन् ।
घटना भएको केही दिनपछि मात्र गहना भेटिनुघटना पुस १७ गतेको हो । गहना पनि उतिबेलै चोरी भयो । तर चोरी भएको गहना केही दिनपछि फेला प¥यो । त्यो पनि गोबरको गुइठाले आधा पुरिएको र आधा बाहिर देखिने गरी । यदि कसैले गुइठा कुल्चेको वा मिचेको भए पनि वा गहनाको पुरै भाग गुइठा मुनि लुकाइएको भए पनि ती गहना फेला पर्ने थिएनन् । अर्को कुरा बुहारीहरुले नै हत्या गरेको भए गहना घरमा नलगी किन गोबरमुनि राखे त ? अनि गुइठामुनि गहना कसले त्यसरी मिलाएर राख्यो ?
घटना लुकाउन गोरुको सिङमा रातो रङघटनाको केही दिनपछि गोरुको सिङको फेदमा रगतको नमुनाको रुपमा रातो रङ लगाइएको छ । यदि गोरुले नै हानेको भए रगत सिङको टुप्पोमा लाग्नुपर्ने, अनि यतिका दिनसम्म रगत मेटिनुपर्ने । सिङमा लगाएको त्यो रङ रगत नभई महिलाले हातको नङमा प्रयोग गर्ने नङ पालिस हो । प्रारम्भिक अनुमानमा घटना लुकाउन र गोरुले नै हानेर निधन भएको गराउन रङ लगाइएको अनुमान छ । तर आरोपितहरुले गल्ति स्वीकार गरिसकेको अवस्थामा घटना लुकाउने अवस्था छैन । तर गोरुको सिङमा नङपालिसको रङ कसले र किन लगायो ? घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उत्तर आउन बाँकी यी दुई प्रश्नले पनि यो घटनामा दुई बुहारीबाहेक अन्य व्यक्तिको पनि संग्लनता छ कि भन्ने आशकां गर्न सकिन्छ । उता कौशिलाका श्रीमानले दुई बुहारीलाई कडा भन्दा कडा कारबाही माग गरेका छन् । प्रहरीले गुल्मीमा राम्रो काम गरेको छ तर केही यस्ता घटनाले प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षामाथि प्रश्न उठेको छ । पछिल्लो समय यस्ता अमानवीय घटना बढ्नुले समाजलाई नै त्रसित बनाइरहेको छ । गुल्मीमा दुई बुहारी मिलेर सासुको हत्याको घटनाले पछिल्लो समय नेपाली समाज कता जाँदैछ ? भन्ने प्रश्न खडा गरेको छ ।
https://www.youtube.com/watch?v=-bwHtPf5oFA