काठमाडौं । घरमा बाबा, आमा, आफू र बहिनी मात्रै । स्वदेशमा भनेजस्तो जागीर नपाएपछि चाहेजस्तो शिक्षा हासिल गर्न नसकेका उनी विदेश हानिए ।’ यसरी धेरथोर पैसा कमाउनु र घर खर्च चलाउनुपर्ने बाध्यताले पढाइलाई बिचैमा छोडेर भारतको चेन्नई पुगे । त्यहाँको लामो बसाइपछि २०५६ सालमा नेपाल फर्केर बिहे गरे । तर घरको आर्थिक अवस्थामा खासै परिवर्तन नआएकोले फेरि जीवनसंगिनी साथमा लिएर चेन्नइमै फर्किनुपर्यो ।
चेन्नइमा रहँदा बिहान सबेरै काममा जानुपर्ने, समय जोगाएर डेरा नजिकै खाना खान आउने र फेरि काममै फर्किने गरेर दैनिकी चलाउने गर्थे जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ देउपुरका सञ्जित शर्मा चापागाइँ । धन कमाउने र राम्रो घरजमका साथै सुखी परिवार बनाउने उद्देश्यका साथ विदेशिएका सञ्जित लामो समयको चेन्नई बसाइपछि आफ्नो नोकरीबाट केही समयको बिदा लिँदै नेपाल आए । गाउँ फर्केका चापागाइँ त्यतिबेला झन विरक्त भए, जब आफ्नो गाउँको हालत जहाँको त्यहिँ देखे ।
गाउँका सबै साथीभाइ विदेशिएका कारण वृद्ध बा,आमा केटाकेटी मात्रै गाउँमा थिए । पुरै गाउँ अस्तव्यस्ततामा रुमल्लिरहेको र आफ्नो खेतबारीसमेत झार जगंलले घेरिएको देख्दा उनको मन निकै अमिलो बन्यो । केहि दिनका लागि बिदामा मात्रै आएका चापागाइँका बिदाका दिन सकिँदै थिए । बिदाको अन्तिम अन्तिममा आउँदै गर्दा अचानक चापागाइँको मन फेरिन पुग्यो । सोचेजस्तो कमाई पनि नभएको र विदेशिदा पनि आफ्नो आर्थिक अवस्थामा खासै सुधार नआएको स्मरण गर्दै उनको मनमा अनेकथरि तर्कनाहरु चल्न थाले । मनमा अनेकथरि चलिरहेका तर्कनाकाबीच चापागाइँले करिब १४ वर्ष लामो चेन्नईको बसाइँमा बिट मार्ने र गाउँमै केही गर्ने अठोट लिए ।
कृषि फर्मको शुरुवातचापागाइँले गाउँमै आफ्नो जीवनका सपना पूरा गर्ने अठोट लिइरहेका बेला गाउँमा चहलपहल थियो, २०७३ सालको स्थानीय तह निर्वाचनको । चुनावताका चापागाइँले पनि आफ्नो रुचिअनुसारको पार्टीलाई साथ दिए । युवाबिहीन जस्तै रहेको गाउँमा बाँझो रहेको खेतबारी हरियाली बनाउने मनमनै सपना बुनिरहेका चापागाइँ विस्तारै आफूजस्तै युवाहरु गाउँ फर्काउने अभियानमा लागे । लगत्तै भएको निर्वाचनबाट चुनिएर गाउँघर समृद्ध बनाउँछु भनेर कसम खाएका जनप्रतिधि पनि आए । खास उद्देश्य र आशाका साथ आफूले निवार्चित गराएका जनप्रतिनिधिलाई चापागाइँले आफ्ना योजना सुनाए ।
जनप्रतिनिधिबाट अपेक्षाकृत प्रतिकृया नपाएका शर्माले तरकारी खेती शुरु गर्नेगरी व्यवसाय दर्ता गरे, जनक लिला कृर्षि फर्मका नाममा। तीन वर्ष अघि शुरु गरेको उनको फर्ममा ६ टनेल छन् । टनेलमा यतिबेला विभिन्न तरकारी फलेर लटरम्म झुलेका छन् । टमाटर, काउली, सिमीका साथै विभिन्न किसीमका बेमौसमी अर्गा्निक तरिकारीले टनाटन भरिएको छ, उनको करेसाबारी । कुनै पनि विषादीको प्रयोग नगरी मौसमी भन्दापनि बेमौसमी तरकारी फलाउनतर्फ अघि बढिरहेको चापागाइँ बताउँछन् । सुनाउँछन्, ‘मेलै मौसमी तरकारीमा भन्दा पनि फरक किसीमले बेमौसमी तरकारीहरु बजारमा निर्यात गर्नतर्फ जोड दिइरहेको छु’ । थप्छन्, ‘आफूले कृषिमा गरेको लगानी नफसेको तर सरकारबाट पनि केही सहयोग भइदिए कति राम्रो हुन्थ्यो ?’ आफूजस्तै विदेशिएका युवाहरु सरकारको सहयोग पाए स्वदेशमै केही गर्न उत्साहित हुने उनको भनाई छ ।
मासिक ४० देखि ४५ हजार आम्दानीबाँझो बारीको उपयोग गरी यतिबेला आफूले फलाएका तरकारीबाट मासिक ४० देखि ४५ हजार आम्दानी गरिरहेका सञ्जित शर्मा चापागाइँ सरकारले अनुदान दिनुभन्दा कृषकले उत्पादन गरेको उत्पादनको बजार व्यवस्थापन गरिदिए धेरै राम्रो हुने बताउँछन् । भन्छन्, ‘सरकारले अनुदान वितरण गर्नुको साटो उत्पादनको बजार व्यवस्थापन र बिउविजनको ग्यारेण्टी गरिदेओस ।’
स्वदेशमै केही गरौँ भन्ने उद्देश्य लिएका मध्यम वर्गीय परिवारका युवा चापागाइँले गरिरहेको कृषि कर्मको अवलोकनपछि उत्साहित हुने गरेका भएपनि बजारको अभावमा लगानी कतै बालुवामा पानी खन्याएजस्तो त हुँदैन ? भन्ने पीरले डराउने गरेकोे चापागाइँ बताउँछन् ।
मासिक ४५ हजारसम्म आम्दानी हुने शर्माको कृषि फर्ममा अर्का एकजनाले रोजगारसमेत पाएका छन् । ६ जनाको परिवार भएका शर्माले दुई छोरालाई पोखरामा पढाइरहेका छन् भने बाबा, आमासँगै आफनो फर्म चलाइरहेका छन् ।
यतिमात्रै होइन, शर्मा यतिबेला गर्न सके नेपालमै केही असम्भव नभएको भनाइ व्यवहारमा चरितार्थ गरिरहेका छन् । नेपालमा केही गर्न सकिएन भन्नेहरुले एकपटक आएर मेरो काम हेरिदिन अनुरोध गर्दछु, उनले भने । भन्छन् १४ वर्षे परदेश बसाइमा रम्न नसकेको म, अहिले आफ्नै माटोमा घरपरिवार र आफना सुन्दर सपना सजाइरहेको छु । स्वदेशमै केही गरौँ भन्ने उद्देश्य लिएका मध्यम वर्गीय परिवारका युवा चापागाइँले गरिरहेको कृषि कर्मको अवलोकनपछि उत्साहित हुने गरेका भएपनि बजारको अभावमा लगानी कतै बालुवामा पानी खन्याएजस्तो त हुँदैन ? भन्ने पीरले डराउने गरेकोे चापागाइँ बताउँछन् ।
https://www.youtube.com/watch?v=wsTLaGBIGas