नेपाली सेनाले हरेक वर्ष शिवरात्रीका दिन सेना दिवस मनाउँछ । नेपाली सेनाको स्थापना कहिले भयो त्यसको एकिन मिति छैन तर इतिहास विद्को भनाइलाई आधार मान्ने हो भने विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता,अखण्डता र सार्वभौकिताको रक्षा गर्दै आएको गर्विलो इतिहास छ । विक्रम सम्वत १८०१ मा पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रुपमा चिनिन थालेको इतिहासविद् बताउँछन् ।त्यतिबेलाको गोर्खा फौज र त्यसपछिको शाही नेपाली सेनाको वीरता, साहस र समर्पणबाट प्रभावित भएका तत्कालीन ब्रिटिश इष्ट इण्डिया कम्पनीले आफ्नो सेनामा नेपालीहरुलाई भर्ना लिन थालेका थिए । बेलायती र विश्वका धेरै देशले अहिले पनि गुर्खाज भनेर नेपालीहरुको प्रशंसा गर्ने गर्छन् ।
आन्तरिक विद्रोह नियन्त्रणदेखि बाह्य युद्ध नियन्त्रणमा नेपाली सेनाले ठूलै नाम कमाएको छ । राष्ट्रिय सम्पत्तिका रुपमा रहेका विद्युत, टेलिफोन स्टेशन, ऐतिहासिक गढी दरवार, राष्ट्रिय निकुन्जहरुको सुरक्षा देखि प्राकृतिक बिपत्तिहरुमा नेपाली सेना चौबिसै घण्टा जनताको रक्षार्थ खटिदै आएको छ । शान्ति सुरक्षा र सार्वभौम मुलुकको सुरक्षा जिम्माको जिम्मेवारी बोकेको नेपाली सेना पछिल्लो समय विकास निर्माणका नामका नाफा मुलक गतिविधिमा सकृय हुन थालको टिप्पणि शुरु भएको छ ।सेनालाई राष्ट्र निर्माणका लागि जिम्मेवार निकायका रुपमा पनि हेरिन्छ । राष्ट्रिय गौरवका आयोजनादेखि राष्ट्रिय विपतका समयमा समेत सेनाको भूमिका अतुलनीय छ तर फाष्ट ट्रयाक निर्माणदेखि अधिकांश सडकमा सेनाको सक्रियता, आफु मातहत रहने गरी एफएम सञ्चालन, उसका नाममा बिभिन्न स्थानमा पेट्रोल पम्प सञ्चालनसम्म आइपुग्दा सेना व्यापारी बनेको गम्भीर आरोप लाग्न थालेको छ । तर नेपाली सेना भने नेपाली सेनाको व्यावसायिकता माथि प्रश्न उठ्न नदिने दावी गर्छ ।
मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि तैनाथ नेपाली सेना पछिल्लो समय त मौन बस्दै आएको छ । राष्ट्रिय सुरक्षामा सदैव संवेदनशील रहनुपर्ने सेनामा ब्यापारिक सोच हावी हुनु राष्ट्रिय हितमा नहुने विज्ञको भनाइ छ । पछिल्लो समय सेना नेपाली सेनासँग दर्जनौ ठेक्का छन् । सरकार पनि सेनालाई ठेक्का थप्दै छ । राष्ट्रको सुरक्षामा सेनाको तयारी कम देखिन्छ ।
७७ जिल्लामा विद्यालय खोल्ने तयारीव्यापार र त्यसबाट प्राप्त मुनाफामा नेपाली सेनाको उच्च पदस्थ कमाण्डरहरु लहसिएका छन् । धनको तीन नेत्र भने झैँ सैनिक कल्याणकारी कोषको स्थापनादेखि नै भएको सेनाभित्र व्यापार मोह फस्टाएको छ । सैनिक, भूतपूर्व सैनिक र सैनिक परिवारको हितका लागि भन्दै २०३२ सालमा स्थापना भएको कोषको मुख्य स्रोत राष्ट्रसंघको ‘शान्ति मिसन’ हो । तर पछिल्लो समय मुलुकभित्र हुने ठूल्ठूला ठेक्कामा सेनाले हात हालेको छ । सैनिक ऐन २०६३ मा सैनिक कल्याणकारी कोषसम्बन्धी केही व्यवस्थाहरु गरिएका छन् । ऐनमा स्पष्ट भनिएको छ ः सेनालाई जलविद्युत परियोजना, बैंकजस्ता नाफामुलक क्षेत्रमा लगानी गर्न पाउँदैन । ऐनले रोके पनि कोषको परिचालन पूर्णतः नाफा केन्द्रीत छ । सेनाले केही कमाउँ धन्दाका क्षेत्रहरु पहिल्याएको छ । सैनिक मुख्यालय जंगी अड्डा परिसरमै पार्टी भेन्यु सञ्चालन गरेको छ ।
सुरक्षा संवेशनशीलता र गोपनीयतामाथि हदैसम्मको खेलवाट गरी जंगी अड्डाभित्र पार्टी प्यालेस सञ्चालनलाई लिन सकिन्छ । भद्रकाली र लगनखेलमा सेनाले व्यवसायिक पेट्रोल पम्प सञ्चालन गरेको छ । सेनाको मेडिकल कलेज छ जसमा छात्रवृतितर्फ १० प्रतिशत सिट शिक्षा मन्त्रालयलाई उपलब्ध गराइएको छ । १५ प्रतिशत सिट सैनिक परिवारलाई उपलब्ध गराइएको छ । बाँकी ७५ प्रतिशत सिट विशुद्ध मुनाफा केन्द्रित देखिन्छ । सेनाको मेडिकल कलेजमा पनि तोकिएकोभन्दा बढी शुल्क उठाइएको विवाद बाहिर आएकै हो ।
सैनिक विद्यालयको हालत पनि यस्तै छ । नाफामूलक व्यापारमा पछिल्ला केहि महिना यता सेनाको सक्रियता अझ बढेको छ । केहि दिन अघिमात्रै सेनाले पत्रकार सम्मेलन गरेर सेनाले ७७ वटै जिल्लामा स्कुल खोल्ने तयारी भैरहेको समेत खुलासा गरेको थियो । पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । त्यस्तै प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी जानकारी सेनाले दिएको छ । सेनाका जनशक्तिका सन्ततिहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययनको सुविधा दिने उद्देश्यका साथ ७७ वटै जिल्लामा स्कूलको व्यवस्था गर्ने योजना रहेको योजना घोषणा गरेको छ । तर पछि यो सवैले पढाउन पाउने गरि नाफामूलक व्यवसाय बन्ने देखिन्छ । तर सेना भने यो कुरा स्वीकार्न तयार छैन । ७ वटै प्रदेशमा विद्यालय खोल्ने तयारी भएको तर ७७ जिल्लामा विस्तार गर्दै सेनाकमो भनाइ छ ।
सुरक्षा विज्ञ भने चिन्ति देखिन्छन् । सेनाले भने जस्तो सेवामूलक नभइ विद्यालय खोले नाफामूखि हुने देखिन्छ । पछिल्लो समय त सेनाले पैसाका लागि जे पनि गर्न थालेको विज्ञहरुको आरोप छ । मुलुकको विकास निर्माणमा सेना पहिलेदेखि नै लागि परेको भएको भए पनि पछिल्लो समय शिक्षा क्षेत्रलाई व्यापारीकरण गर्न सेनाको समृयतामा वृद्धि भएको छ । वर्तमान समयमा एउटा निर्माण कम्पनीले गर्ने सबै काम सेनाले गर्ने,शैक्षिक संस्था सञ्चालन गर्ने,रियल स्टेट कम्पनी लगाएतका काममा सेनाले हात हालेको छ । सेना समाजमाथि हावी हुन खोजेको छ । सेना विवादमा आउनु दुःखद हो । सेनाले राष्ट्रिय सुरक्षामा सक्रियता बढाउनुको साटो व्यापारीक क्षेत्रमा सक्रियता बढेको प्रति विज्ञहरु चिन्तित देखिन्छन् । पछिल्लो समय सेनाभित्र भएका अनियमितता र विवाद लगाएतका विषयमा सेनाभित्रै पनि चिन्ता र असंतोष बढ्दो छ ।
गैरव्यावसायिक सक्रियता, राजनीतिक नेतृत्वको दोषमुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षा गर्नु नेपाली सेनाको काँधमा रहेको प्रमुख जिममेवारी हो । देश र जनताको सुरक्षाको विशुद्ध संकल्प गरेर नेपाली सेनामा भर्ना हुन्छन् नेपाली युवाहरु । तर सेना मुख्य जिम्मेवारीबाट विमुख हुँदै गएको आरोप लाग्न थालेको छ । सेनालाई आरोप लाग्छ र सेनाको गैर व्यवसायीक काममा समाजमा प्रश्न उठाइन्छ । तर सेनाले त्यसको चित्तबुझ्दो जवाफ दिँदैन । खासगरि १९९० देखिनै सेनाका विषयमा वहस नै गरिएको छैन । राजनीतिज्ञहरुले पनि सेनालाई खुल्ला रुपमा छोडिदिएका छन् । संसदमा समेत सेनाको विषयमा कुनै वहस भएको देखिदैन । सेनाका विषयमा वहस गर्ने समय आएको विज्ञहरुको भनाइ छ ।
विज्ञ भन्छन् राजनीतिक नेतृत्वका कारण पनि सेनाभित्र बेथिति बढेको छ । राजनीतक नेतृत्वमा सेनाका बारेमा वहस नहुनु पनि दुखद विषय भएको विज्ञको दावी छ । पछिल्लो समय सेनाको संख्यात्मक विकास मात्र नभइ सेनाका गतिविधि र क्रियाकलापसमेत विषयान्तर भएको छ । समाजसँग नजिक हुन खोजेको देखिन्छ । सामाजिक गतिविधिमा सेना मिसिन खोजेको देखिन्छ । नागरिक प्रशासनले जस्तो समाजमा घुलमिल हुने काम सेनाको होइन भन्छन् विज्ञहरु । तर सेना हरपल जनताको बीचमै रहेको नेपाली सेनाको दावी छ ।
सेना समाजको हरेक तह र तप्कामा सकृय हुन खोजेको र राजनीतिक दल र नागरिक प्रशासनभन्दा लोकप्रिय हुन खोजेको आरोप लाग्न थालेको छ । भारतले नेपाली भूमि लिपुलेक र लिम्पीयाधुरा आफ्नो नक्सामा राखेपनि नेपाली सेना नबोलेपछि सेनाको चर्को आलोचना हुन थालेको छ । नेपाली सेनाले भने सीमा सुरक्षामा काम अगाडि बढाएको बताएको छ ।
https://www.youtube.com/watch?v=gCllXQgHRbQ