काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनबारे मुलुकमा बहस भइरहेको छ । एमसीसीलाई सुरुमा सामान्य रुपमा लिइएपनि जनस्तरमा चेतको विकास बिस्तार भइसँगै दुईतर्फी टिप्पणी भइरहेको छ । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पनि एमसीसी बहसबारे दुई धार देखिएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेस पर्ख र हेरको स्थितिमा छ । सभामुख चयन प्रक्रियामा सहमति जुटाउन ढिलाइ भइरहेका बेला प्रतिपक्षीदल नेपाली कांग्रेसले एमसीसी र सभामुखको विषयलाई लिएर सरकारलाई दबाब दिने सहज माहोल पाएको छ । सरकारले एमसीसी परियोजनाबारे जनतालाई तथ्यगत रुपमा बुझाउन नसकिरहेका बेला नेकपाभित्रकै नेता भीम रावल, देव गुरुङले एमसीसीका केही बुँदा संशोधन गरेर मात्रै एमसीसी लागू गर्नुपर्ने अडान लिइरहनुभएको छ । एमसीसीभित्रका केही बुँदाले मुलुकको स्वाधिनता, राष्ट्रियता र गरिमामाथि आघात पु¥याउने विश्लेषण भइरहेकै बेला सरकारले आफ्नै पार्टीभित्रका नेताहरुलाई छलफल र वार्ताका माध्यमबाट बुझाउनुको साँटो मिडियाबाजी गरेर खण्डन गर्नु उचित नहुने एकथरीको तर्क छ ।
अर्को प्रसंग, नेकपाका नेता भीम रावल एमसीसीका केही बुँदा संशोधनको पक्षमा उभिरहेका बेला उहाँलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको प्रसंगले नेपाली सञ्चारमाध्यम तातेको छ । अप्रत्यक्ष रुपमा नेता रावललाई आफ्नो अडानबाट ब्याक गराउन अनपेक्षित प्रहार भएको एकथरीको बुझाइ छ भने, सरकारी पक्षले रावलले लोकप्रियताका नाममा डम्फू पिटिरहेको आरोप लगाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले रावललाई इंगित गर्दै हिजो राजकुमारी डायनालाई पापराजीहरुले जसरी घेरा हालेका थिए, त्यसरी सरकार विरोधीहरुले रावललाई घेरेको र कालान्तरमा उहाँलाई यसले फाइदा नगर्ने बताएका छन् ।
उहाँले रावललाई लक्षित गर्दै एक्लो बृहस्पती नबन्न, प्रतिपक्षीलाई उछिनेर माथ गरेर निराशा छर्ने, तथ्य बंग्याउने, आत्मनिन्दा गर्ने, देशभक्तीको हालत प्रष्ट छ, लगायतका विषयहरुले प्रहार गर्नुभएको छ ? आखिर एमसीसी किन यति पेचिलो बन्दैछ, रावललाई लागेको अर्को आरोप सत्तारोहण गर्न नपाउँदाको छट्पटी के यो साँचो हो ? जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा नेकपा स्थायी कमिटी सदस्य भीम रावलसँग पत्रकार खेम बमले कुराकानी गर्नुभएको छ ।भिडियो हेर्नुहोस् :
https://www.facebook.com/janatasamachar/videos/249058032751332/