गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।१.डा. शिवमाया तुम्बाहाङ्फेद्धारा उपसभामुख पदबाट राजीनामा ।२.संसदीय अभ्यासलाई अक्षुण राख्न मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा तुम्बाहाङ्फेद्धारा सदनसमक्ष पेश गरिएको निवेदनमा उल्लेख ।३.संसद बैठक लगत्तै पत्रकार सम्ेमलन गरीे आपूmले ठूलो लडाई लडेको र त्यसमा सफलता मिलेको पनि डा. तुम्बाहाङ्फेको दाबी ।४.उपसभामुखबाट राजीनामा गरी आपूmले यू टर्न गरेको पनि तर्क ।५.नयाँ सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा चुनाव हुने ।६.संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभामुखको उम्मेद्वारका लागि (मंगलबार) नै मनोनयन दर्ता हुने, उम्मेद्वारीको सूची मंगलबारनै सार्बजनिक गरिने ।७.सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने नेकपाको निर्णय ।८.मेडिकल कलेजहरुलाई सम्बन्धन दिन राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीद्धारा सरकारको ध्यानाकर्षण ।९.सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा भएपनि सम्बन्धन नपाएको गुनासो ।१०. ३६ सय जनताको सेयर रहेको मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिने कुरामा सरकार किन मौन ,भन्दै गर्नु भयो प्रश्न ।११.झापाको बि एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि सम्बन्धन नपाएकोतर्फ गराउनुभयो सरकारको ध्यानाकर्षण ।१२.देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रिय सभा सदस्य नन्दा चपाईंको जोड ।१३.सरकारले संघीयता कार्यान्वयनमा ततारुकता नदेखाएको राष्ट्रिय सभा सदस्य तारादेवी भट्टको आरोप ।१४. नेकपा राष्ट्रियसभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा लियो जानकारी ।१५.आज बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग गरेका हुन छलफल ।१६.दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको भनाई ।१७.सरकारले गरेको अमेरिकाको एमसीसी सहायता सम्बन्धी सम्झौता पछिल्लो समय बनेको छ विवादित ।१८.कतिपय स्थानीय सरकारका प्रमुखहरुले संवैधानिक मर्यादामा बिर्सिएको मेलमिलाप परिषद्का केन्द्रीय अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको आरोप ।१९.स्थानीय सरकारका प्रमुखहरुले कानुन निर्माण गर्ने जिम्मेवारी पाएसँगै निर्माण गरेका कानुनभन्दा आफूलाई माथि राख्ने गरेको खतिवडाको दाबी ।२०.मुलुकको सर्वोच्च पदमा रहेका व्यक्तिहरु पनि देशको कानुन भन्दामाथि नहुने भन्दै उहाँले कानुनी राज्यमा संविधानको मर्यादा कसैले भुल्न नहुनेमा दिनुभयो जोड ।२१.सरकारले वि.सं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरता कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन सकेन ।२२.‘साक्षर नेपाल’ अभियान आगामी वर्ष २०७७ का लागि निर्धारण गरिएको सरकारको घोषणा ।२३.जुम्लाको चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रेयको मूर्ति भेटियो ।२४.मूर्ति फेला परेपछि स्थानीय खुसि , बाजागाजासहित ¥याली निकाले ।२५.नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका ८२ वर्षीय नेता बलदेव शर्मा पोखरेलको निधन ।२६.१९९४ साल माघ १९ गते प्युठानमा जन्मिनु भएका पोखरेल कांग्रेशको सिफारिशमा समानुपातिक तर्फबाट बन्नुभएको थियो प्रदेश सभा सदस्य ।२७.भोजपुरमा पहिलो पटक ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सहजता ।२८.आफ्नै ठाउँमा सहज रुपमा सवारी साधनको सीप लिन पाउँदा स्थानीय खुसी ।२९.सहज रुपमा जिल्लामा सवारी साधान सिकेर स्वरोजगार हुने स्थानीयको अपेक्षा ।३०.विगत १८ वर्षदेखि बन्द रहेको पर्साको वीरगञ्ज पिपरामा अबश्थीत चिनी कारखानाका भौतिक संरचनाहरु दिनप्रतिदिन जीर्ण बन्दै ।३१.केहि मर्मत गरेर कारखाना सञ्चालन गर्न सकिने भएपनि सरकारको ध्यान नगएपछि कारखाना दिनानुदिन जिर्ण बन्दै ।३२.वि.स. २०१९ सालमा पूर्ण रुपमा सरकारी स्वामित्वमा स्थापित पर्साको वीरगञ्ज चिनी कारखाना २०५९ साल चैत ७ गतेदेखि भएको थियो बन्द ।३३.वीरगञ्ज चिनी कारखानाको नाममा रहेको सम्पत्तिहरुलाई सरकारले ध्यान नदिएको स्थानीयको आरोप ।३४.रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बस्तीको मुखैमा फोहोर फाल्दा दुर्गन्धले स्थानीयबासी बस्न नसक्ने अवस्थामा पुगेपछि आन्दोलित ।३५.फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिड्ने बाटोसमेत नरहेपछि स्थानीयले लगाए फोहोर ल्याउन रोके ।३६.हात्तीसुड र बिनापाते क्षेत्रका चारसय बढी परिवारका करिब दुई हजार जनसंख्या फोहोरको दुर्गन्धबाट प्रभावित ।३७. छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त ।३८.गैरआवासीय नेपाली संघ एनआरएनद्धारा गोरखाको लाप्राकमा निर्माणाधिन एनआरएन नमूना बस्तीको निर्माण कार्य सम्पन्न ।३९.पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको एनआरएनले दिएको हो जानकारी ।४०.अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको र हिउँ पग्ले पछि नमुना बस्ती हस्तान्तरण गरिने संघका अध्यक्ष कुमार पन्तको भनाई ।४२.काठमाडौं महानगरपालिका क्षेत्रमा नमूना सार्वजनिक शौचालय निर्माणका लागि ४० लाख रुपैयाँ सहयोग संकलन गरेको पनि संघको भनाई ।४३.भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणमा भएको लापरवाहीका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने संभाबना ।४४.सडकनिर्माणको म्याद सकिँदा पनि निर्माण कार्य पुरा नहुँदा स्थानीय लगायत यात्रु सास्ती खेप्न बाध्य ।४५.एडीबीको ऋण लगानीमा बनिरहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड ठेकेदारको लापरवाहीका कारण निर्माण अवधि सकिएपनि निर्माण सकिएन ।४६.सुरुमा भैरहवा–लुम्बिनी–तौलिहवा सडकको ४१ किलोमिटर १ सय ३० मिटर लामो सडक आयोजना १ अर्ब ९३ करोडमा सुरुमा गरिएको थियो ठेक्का सम्झौता ।४७.अहिले पुनर्मूल्याङ्कन गरी २ अर्ब ९ करोड ८ लाख पु¥याइयो, सडकको हालसम्म ६० प्रतिशत मात्रै निर्माण सम्पन्न ।४८.आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा चालू आर्थिक वर्षको पहिलो छ महिनामा४९.सोमबार छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार ।५०.चाँदी प्रतितोला आठ सय नब्बे रुपैयाँमा कारोबार ।५१.धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार २६ दशमलव ५४ अंकले ओरालो ।५२.नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमवार २६.५४ विन्दुले घटेर १ हजार ३ सय १७ दशमलव १,१ रुपैयाँमा ।५३.नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको शेयर लागेको छ ओरालो५४.नेपाल राष्ट्रबैंकले मर्जर प्रकृया शुरु गरेदेखि हालसम्म १ सय ३८ बैंक तथा वित्तिय संस्था भए खारेज ।५५.कूल १८१ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका मध्ये खारेजपछि अहिले ४३ संस्था कायम भएको राष्ट्रबैंकको भनाई ।५६.राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ मंसिर मसान्तमा १सय ६५।५७.जसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक ।५८.बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मा ४ जना युवाहरुले करिब साढे ५ बिगाहा क्षेत्रफलमा माछापालन ।५९.नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०७६ आगामी शुक्रबार आयोजाना गरिने ।६०.शहरी विकास तथा राज्यमन्त्री रामवीर मानन्धर उद्घाटन गर्ने कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुने ।६१.पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ संसार लाइफ टाइम एचिभमन्ट अवार्डले वरिष्ठ संगीतकार अमर राज राजोपाध्यायलाई सम्मान गरिने ।६२.बहुमुखी प्रतिभाका धनी कलाकारहरुको प्रतिभालाई सम्मान गर्ने उद्देश्यले अवार्ड हुन लागेको आयोजकको भनाई ।६३.सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली चोरी पैठारीमा संलग्न तीन जना पक्राउ गरी प्रहरीद्धारा सार्वजनिक ।६४.पक्राउ पर्नेमा भारतका मोहमद आदिल हुसेन, उदय भनिने शरण कुमार सिंह र नुवाकोटका नारायण बोगटी ।६५.काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरिघाट स्थित गोदामबाट सामान सहित पक्राउ गरेको प्रहरीको भनाइ ।६६.वीरगंज महानगरपालिका २२ जगरनाथपुरको बाँसघारीमा बहुदरमाई नगरपालिका ७ का सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जना पक्राउ ।६७.पक्राउ पर्नेमा वीरगंजका अजय कुमार साह, राजन साह कानु र कृष्ण कुमार गुप्ता ।६८.मकवानपुरमा करिब १३ किलो लागूऔषध गाँजा सहित पर्साका बृजलाल जयसवाल पक्राउ ।६९.बाँकेमा लागूऔषध ब्राउनसुगर सहित खजुरा गाउँपालिका ३ का तुल बहादुर गुरुङ पक्राउ ।७०.ललितपुरको ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जना पक्राउ ।७१.पक्राउ पर्नेमा जाजरकोटका हेम राज बिक, तिलक बस्नेत र राजेन्द्र चुनारा ।७२.भक्तपुरको सुर्यबिनायक नगरपालिका ८ का नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेका ५ जना नगद ४६ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ ।७३.भक्तपुर नगरपालिका ४ सुकुलढोकाका शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाघरबाट जुवातास खेलिरहेका ४ जना नगद ४२ हजार ८ सय २५ रुपैयाँ सहित पक्राउ ।७४.काठमाडौं सामाखुसीको बिगमार्ट सुपर मार्केटबाट नगद ५ लाख ७ हजार रुपैयाँ र २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा काठमाडौंका बिशाल गुरुङ समेत ३ जना पक्राउ ।७५.उदयपुरमा ना.५ ख ४५१० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक कटारी नगरपालिका २ का भुपेन्द्र खत्रीको मृत्यु ।७६.खोटाङमा ना.५ त ७१५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका ६ का देब नारायण चौधरीको मृत्यु ।७७.रौतहटका रामजनम राय यादवको गोठमा आगलागी करिब ७ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।७८.प्रतापपुर गाउँपालिका ५ को वडाको कार्यालयमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।७९.चीनमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु हुनुकासाथै संक्रमितको संख्या २ सय पुग्यो ।८०.चिनियाँ विवरण अनुसार पछिल्लो समयमा ४५ जना सो भाइरसबाट संक्रमित भएको प्रयोगशाला प्ररिक्षणबाट पुष्टि ।८१ं.यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिए, दर्जनौं सैनिक घाइते । ८२.यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेको बेला भएको थियो मिसाइल प्रहार ।८३.आक्रमण हुथी विद्रोहीले गराएको हुनसक्ने यमन सरकारको आशंका ।८४.यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीद्धारा घटनाको भत्र्सना ।८५.यसअघि पनि हुथी बिद्रोहीले यमनको दक्षिणी शहर अदनमा भइरहेको सैन्य परेडमा मिसाइल हमला गर्दा ३२ जना सैन्य जवानको भएको थियो मृत्यु ।८६.सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडे ।८७.ब्रिगेडका गोलरक्षक विशाल सुनारले म्यान अफ दी म्याच घाे८८.बराबरीसँगै सात खेलबाट नौ अंक बनाएको संकटा आठौं र आठ अंक बनाएको ब्रिगेड नवौं स्थानमा ।८९.च्यासल युथलाई हराउँर्दै त्रिभुवन आर्मी क्लब जारी सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा ।९०.त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको सातौ चरणको अन्तिम खेलमा आर्मीले च्यासलमाथि ३–० गोल अन्तरको हरायो ।९१.सात खेलबाट आर्मीको १६ अंक, दोश्रो सथनमा रहेको मनाङको १३ अंक ।९२.विभागीय टिम नेपाल पुलिस क्लबको राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला÷पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित ।९३.ढोरपाटन स्पोर्ट्स क्लब पुलिस क्लबद्धारा ३–० को सेटमा पराजित ।९४.जितसँगै समूह ’बी’ को पुलिसले २ खेलमा ३ अंक जोडदै पुलिस सेमिफाइनल नजिक ।९५.भरतपुर मेट्रो खेलकुद परिषदले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा हरायो ।९६.आइसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दक्षिण अफ्रिका विरुद्धको तेस्रो खेलमा इंग्ल्याण्ड विजयी ।९७.अस्ट्रेलियामा जारी विग वास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सवाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा ।९८.अहिलेसम्म १२ मध्ये एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ र्पुयाए ।.९९ दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक छैटौं स्थानमा उक्लिन सफल ।१००.सन्दीपले अहिलेसम्म ३८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै २ सय ९५ रन खर्चिए ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६ ०३:४९