सनिउल्ला धोबी कपिलवस्तु । जिल्लामा बालबालिकाले प्रहरी हिरासत नियालेका छन् । विभिन्न ठाउँका ६ विद्यालयका ६० बालबालिकाले सोमबार जिल्ला प्रहरी कार्यालयकाे हिरासत कक्षको अवस्था र स्थिति अध्ययन अवलोकन गरेका हुन ।
बालवालिकाले हिरासत कक्षसगै महिला तथा बालवालिका सेवा केन्द्र, कन्टोल रुम, मुद्दा फाँटको वस्तुस्थिति बुझ्ने माैका पाए । उनीहरूले कपिलवस्तु नगरपालिकाको न्यायिक समितिसहित विभिन्न शाखाको अवस्था समेत अवलोकन गरेको प्रहरी नायव निरीक्षक ।हरिद्धार धोवीले जानकारी दिनुभयो । बालबालिकालाई ती शाखाबाट प्रदान गरिने सेवाबारे जानकारी दिएको उहाँले बताउनु भयो ।
अवलोकनमा शुद्धोधन गाँउपालिकास्थित नेपाल राष्टिय मावि मुडफुटवा, माध्यमिक विद्यालय नन्दनगर, कृष्णनगर नगरपालिकाको महेन्द्र मावि, राम गोरखा मावि बहादुरगंज, कपिलवस्तु नगरपालिकाको बुुद्ध पद्यम मावि र रत्नराज्य मावि तौलिहवाका विद्यार्थी सहभागी थिए । कपिलवस्तु नगरपालिकाको न्यायिक समिति संयोजक तथा उपप्रमुख लक्ष्मी गुप्ताले न्यायिक समितिवाट प्रदान गरिने सेवा, न्यायिक समितिको क्षेत्राधिकारबारे जानकारी दिनुभयो । मुद्दा शाखा तथा हिरासत कक्षबारे प्रहरी निरीक्षक सन्तोष खनाल, महिला तथा बालवालिका सेवा केन्द्रवाट प्रहरी हवल्दार पार्वती गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रम डिएफएलीको आर्थिक सहयोग, भि एस ओ नेपाल तथा इन्टरनेशनल एलर्ट को प्राविधिक सहयोग र मधेस मानव अधिकार गृह (माहुरी होम) संयुक्त साझेदारीमा संचालित सहज परियोजना अन्तरगत अवलोकन अनुगमन कार्यक्रम संचालन गरिएको थियो । माहुरी होमको सामाजिक परिचालक लक्ष्मी चौरसिया, कार्यक्रमको उद्देश्य भि एस ओ नेपालका प्रदेश ५ का प्रतिनिधि ऋषिराम भटटराई र कार्यक्रमको सहजीकरण रिखिराम निगमले गर्नुभएको थियो ।