काठमाडौं । महिला हिंसाविरुद्ध मुलुकमा विभिन्न संघसस्था सक्रिय हुँदै आएका छन् । ती संघसस्थाका अधिकांश कार्यालय काठमाडौंमै छन् । ‘महिला हिंसाविरुद्धको अभियान सकिएको महिना दिन बितिसकेको छैन । देशका अन्य ठाउँमा महिला हिंसा र बलात्कार हुँदा काठमाडौंलाई दुख्ने गर्छ । तर, अहिले काठमाडौंमै नपत्याइँदो किसिमको माहिला हिंसा भएको छ ।
काठमाडौंकाे एक विद्यालय । त्यहाँ कार्यरत महिला कर्मचारीमाथि प्रधानाध्यपाकबाटै यौन दुर्व्यवहार भएकाे घटना बाहिरिएकाे छ। ज्ञानेश्वरस्थित लिटिल फ्लावर सेकेन्डरी स्कुलमा एक वर्षदेखि कार्यरत महिलामाथि विद्यालयकै प्रध्यानाध्यापक युधिष्ठिर पौड्यालले यौन दुर्व्यवहार गरेकाे खुलासा भएकाे छ ।
के हाे घटना ?
शर्मिला (नाम परिवर्तन) आफूमाथि भएकाे याैन शोषणविरूद्ध प्रहरी प्रशासन पुगेकी छन् । प्रध्यानाध्यापक पौड्यालले आफूमाथि गरेको यौन शोषणविरुद्ध उनी कालिमाटीस्थित महानरीय प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा धाइन् ।
विद्यालयकै प्रध्यानाध्यापकबाट यौन शोषण हुन पुगेकी भन्दै उनले गत मंसिर २३ गते उजुरी दिइन् । उजुरी लगत्तै प्रहरीले पनि प्रध्यानाध्यापक पौड्याललाई पक्राउ गर्न ताकेता गर्दै आएको आयो । शर्मिलाले काठमाडौं महानगरपालिकाकी मध्यस्तकर्ता मनिषा विमलीलाई पनि आफू शोषणमा परेको विषय उल्लेख गर्दै निवेदन दर्ता गराएकी छिन् । तर यौन शोषण गरेका भनिएका प्रध्यानाध्यापक पौड्याललाई अहिलेसम्म पक्राउ गरिएको छैन ।
त्यसो त विद्यालयका प्रध्यानाध्यापकको यौन शोषणमा उनी मात्र होइन विद्यालयमा कार्यरत अरु कर्मचारी पनि भएका छन् ।प्रध्यानाध्यापकमाथि कर्मचरीको तलव नदिने, सञ्चालक समितिलाई छली अभिभावकसँग अवैध आर्थिक गतिविधि गर्ने आरोप पनि लागेको छ ।को हुन प्रअ ?प्रध्यानाध्यापक पौड्याल विद्यालयका लगानीकर्ता भए पनि प्रध्यानाध्यापक बन्नको लागि आवश्यक शैक्षिक योग्यता समेत नभएको विद्यालय सञ्चालक समितिकै आरोप छ । घटनापछि विद्यालय सञ्चालक समितिले नैतिकताका आधारमा प्रध्यानाध्यापक पदबाट राजीनामा दिन आग्रह गरेपनि अटेरी गर्दै आएका छन् । सञ्चालक समितिका अध्यक्ष घनश्याम खतिवडाले भन्छन्– पौड्याल यौन पिपासु हुन् ।
उनको व्यवहारबाट विद्यालय सञ्चालक समितिले समेत हैरानी खेप्दै आएको छ । तर, प्रध्यानाध्यापक भने आफूलाई लगाइएको आरोप स्वीकार्न तयार छैनन् । उता, विद्यालयमा भएको यौन हिंसाको विषय बाहिर आएपछि अधिकारकर्मीले प्रध्यानाध्यापकलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । शर्मिलामाथि भएको हिंसा बलात्कारजन्य घटना भएको कानुन व्यवसायीको दाबी छ । प्रहरीसम्म उजुरी पुग्दा पनि मेलमिलापको लागि दवाव दिनु र घटनालाई हल्का रुपमा लिनु चिन्ताको विषय बनेको छ ।
भिडियाे हेर्नुहाेस् :https://www.facebook.com/TathyaBishleshan/videos/199082441246351/