कपिलवस्तु । प्रदेश ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले अवधी भाषा मधुर र मिठासको भण्डार भएको बताउनुभएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य केसीले यस्तो बताउनुभएको हो ।
उहाँले भाषा, कला, संस्कृती संरक्षणका लागि प्रदेशबाट विशेष योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सांसद केसीले सरकारले ल्याउन लागेको मिडिया विद्येयकबाट पत्रकारलाई नै राहत हुने जानकारी दिनुभयो ।
माघ ११ गते कपिलवस्तुको कृष्णनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा समाजवादी पार्टीका शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले पत्रकारले अवधी भाषा संरक्षणका लागि गरेको यो प्रयास अति प्रशांसनिय रहेको बताउनुभयो ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले पत्रकार देशको चाैँथो अंग भएकाले सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गर्नुपर्ने बताउनुभयो । त्यस्तै युवा नेता अजय थापाले पत्रकारलाई सरकारले दर्शाउने किसिमको मिडिया विधेयक ल्याउन लागेकाले विद्येयक संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।अवधी पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा संरक्षणका लागि नेतृत्वले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहबाट भाषा संरक्षणको लागि बजेट विनियोजीत गरी कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो ।
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित हुनुभएको थियो । संघको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित हुनुभएको थियो । निर्वाचित सबै पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।