काठमाडौं । सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलको योजना अघि सारेको दुई वर्ष भइसक्यो । हुम्लाको खार्नुनाथ गाउँपालिका लागि अझै विकल्प छैन । कर्णाली नदी तर्न बोच्चेगैडाका गाउँलेले तुइनकै भर गर्नुपर्छ । त्यो पनि निःशुल्क होइन , प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर ।
सय रुपैयाँ तिरेर तुइनबाट वारिपारि गर्नेहरुले सामान तारेवापत थप ५० रुपैयाँ तिर्नुपर्छ । पुरानो र धराप छ ‘तुइनबाट वारिपारि गर्दा भगवानकै नाम जप्छौं’, स्थानीय काली विवेकले भनिन, ‘पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन । कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन । खार्तनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । तुइनकै बाटो भएर थाली , छिप्रा र काराम लगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्ला जुम्ला , बाजुरा पुग्छन ।
स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदा दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्य जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन । अप्ठेरो बाटोमा जोखिम मोलेर बाटो यात्रा गर्न नसकिने भएपछि तुइन तर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गरिन् । ‘हिउँदमा पनि नदीको पानि घटदैन’, उनले भनिन, ‘घुमारो बाटो हिँडने दुःखले पैसा तिरेरै तुइन चढिरहेका छौँ ।’
उनका अनुसार बोक्चेगैडामा मात्रै दैनिक ५० भन्दा बढी बटुवाले तुइबाट वारपार गर्छन् । तुइन चढदा यात्रुका औंला काटिने र चोट लाग्ने घटाना सामान्य मानिने उनले बताइन । तुइन हटाएर झोलुंगे पुल हाल्ने संघीय – सरकारको निर्यण कार्यान्वयन नहुँदा स्थानीयले वर्षौदेखि सास्ती व्यहोर्नुपरेको स्थानीय अगुवा सोनम लामाले बताए । उनका अनुसार कर्णाली नदीमा अहिले पनि आधा दर्जन स्थानमा तुइन प्रयोगमा छन् । ‘पुल बनाउन पटकपटक तीनवटै तहमा सरकारको ध्यानाकर्षण गराइएको हो’ , उनले भने , पुल बने सबैले वर्षैदेखिको सास्तीबाट मुक्ति पाउँथ्यौं ।’ कान्तिपुर दैनिकमा प्रकाशित छ ।