काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा भारी बहुमत पाएकाे नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले राष्ट्रियसभामा पनि फराकिलाे अन्तरले बहुमत ल्याएकाे छ।
राष्ट्रियसभाको ३२ सिटको लागि बुधबार भएको निर्वाचनमा ३२मध्ये २९ सिटको मतपरिणाम घोषण भइसकेको छ । ३ सिटको मतगणना आउन बाँकी छ । कुल ५६ मध्ये २४ सदस्य भने यसअघि नै निर्विरोध भइसकेका थिए ।
निर्विरोध र निर्वाचनसहित ५३ सिटको परिणाम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । त्यस मध्ये एमालेले २५ सिट जितेको छ । माओवादी केन्द्रले ११ सिट जितेको छ । कांग्रेसले १३ सिट हात पारेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले २, २ सिट जितेका छन् ।
कहाँ कस्ले जित्यो ?प्रदेश नम्बर १परशुराम मेघी गुरुङ, निर्विरोध एमालेहरिचरण शिवाकोटी, निर्विरोध, एमालेरमेशजङ्ग रायमाझी, निर्विरोध, कांग्रेसमहिलातर्फनैनकला ओझा, निर्विरोध, एमालेविना पोखरेल, निर्विरोध, माओवादी केन्द्रसरिता प्रसाईं रायमाझी , निर्विरोध, कांग्रेसदलिततर्फखेमराज नेपाली, निर्वाचित, एमाले अपाङ्ग अल्पसंख्यकतर्फअगमप्रसाद बान्तवा राई, निर्वाचित, एमाले
प्रदेश नम्बर २खुलाजीतेन्द्र देव (निर्विरोध, कांग्रेसरमेशप्रसाद यादव (निर्विरोध, राजपासुमनराज प्याकुरेल (निर्विरोध, एमालेमहिलातर्फशशीकला दाहाल (निर्विरोध, माओवादी केन्द्रमुक्ताकुमारी यादव (निर्विरोध, कांग्रेसप्रमिला कुमारी (निर्विरोध, फोरम नेपालअल्पसंख्यक वा अपाङ्गतर्फवृषेशचन्द्र लाल (निर्विरोध, राजपादलिततर्फरामप्रित पासवान (निर्विरोध, फोरम नेपाल
प्रदेश नम्बर ३खुलातर्फरामबहादुर थापा बादल( माओवादी केन्द्रबलराम बास्कोटा(एमालेराधेश्याम खतिवडा(कांग्रेसमहिलातर्फउदया शर्मा पौडेल , निर्वाचित, एमालेपार्वती रावल थापा , निर्वाचित, एमालेधनकुमारी खतिवडा , निर्वाचित, कांग्रेसदलिततर्फसिंहबहादुर विश्वकर्मा निर्वाचित, एमालेअल्पसंख्यक वा अपाङ्गतातर्फरामचन्द्र राई , निर्वाचित, एमाले
प्रदेश नम्बर ४खुल्ला समुहमादीनानाथ शर्मा माओवादीसुरेन्द्र पाण्डे, कांग्रेसगणेश तिमल्सिना,नेकपा एमालेदलिततर्फखिमबहादुर विक, माओवादी केन्द्रअल्पसंख्यक वा अपाङ्गतातर्फप्रकाश पन्थ , निर्विरोध, कांग्रेसमहिलातर्फविन्दादेवी आले राना, कांग्रेसदीपा गुरुङ, नेकपा एमालेशान्ति अधिकारी, एमाले
प्रदेश नम्बर ५खुलातर्फखिमलाल भट्टराई, एमालेदुर्गा प्रसाद उपाध्याय, कांग्रेसचन्द्र बहादुर खड्का, माओवादी केन्द्रमहिलातर्फअनिता देवकोटा , निर्विरोध, कांग्रेसकोमल वली , निर्विरोध, एमालेमिना बुढा , निर्विरोध, एमालेदलिततर्फरामलखन चमार(निर्वाचित, एमालेअल्पसंख्यक वा अपाङ्गतातर्फराजकुमार कुँवर (निर्वाचित, माओवादी
प्रदेश नम्बर ६नरपति लोवार दलित सदस्य, एमालेजीवन बुढा अपांग सदस्य, माओवादी केन्द्रअन्यको मतगणना जारी
प्रदेश नम्बर ७खुलातर्फशेरबहादुर कुँवर निर्विरोध, एमालेहरिराज चौधरी, निर्विरोध, माओवादी केन्द्रबद्री पाण्डे , निर्विरोध, कांग्रेसमहिलातर्फइन्दु कडरिया , निर्विरोध, एमालेकमलाकुमारी वली , निर्विरोध, एमालेतारादेवी भट्ट , निर्विरोध, कांग्रेसदलिततर्फचक्र स्नेही , निर्वाचित, एमालेअल्पसंख्यक वा अपांगतातर्फमहेशकुमार महरा , निर्वाचित, माओवादी केन्द्र