सुमन चापागार्इ काठमाडौँ । अनिल गुरुङको सन्याससँगै नेपाली राष्ट्रिय फुटबलको एउटा अध्याय सकिएको छ । राष्ट्रका लागि पचासौँ खेल खेलेपछि १० नम्बर जर्सीमा देखिने अनिलले मैदानमा ढोग्दै अन्र्राष्ट्रिय फुटबलबाट विश्राम लिएको घोषणा गरे ।नेपाली टोलीका कप्तान तथा स्ट्राइकर अनिलले १० वर्षको अवधिमा ५० अन्तर्राष्ट्रिय खेल खेल्दै १० गोल नै गरेका थिए ।सन्यास लिएर निस्कनुअघि अनिलले मैदानको बीच पुगेर ढोगेका थिए । फिलिपिन्ससँगको गोलरहित बराबरीको खेलपछि उनलाई टिमका साथीहरु र प्रशिक्षकले उचालेर सम्मान जनाएका थिए ।सन्यास लिने क्रममा भक्कानिएका अनिले फुटबलबाट कहिल्यै टाढा नहुने बताउँदै देशभित्र भने खेलिरहने उल्लेख गरे । ‘मेरो प्रदर्शनप्रति म आफैँ सन्तुष्ट छु । अबका दिन राष्ट्रिय टिममा नरहे पनि क्लबबाट खेलिरहन्छु’, अनिलले भक्कानिँदै भने, ‘फुटबलबाट टाढा हुन सक्दिनँ । यत्रो वर्ष नेपाली फुटबलमा लागेर सिकेको जानेको कुरा अरुलाई बाँड्छु ।’भावुक भएका अनिलले राष्ट्र र क्लबबाट खेल्दा आफूले लाउने १० नम्बर जर्सीलाई कहिल्यै नभुल्ने बताए । ‘मैले मिस गर्ने भनेको मेरो १० नम्बर जर्सी र मेरो फ्यान हुन्’, भावुक भएका अनिलल भने, ‘मेरा फ्यानहरू जो अनिल गुरूङ भनेर चिच्याउँछन्, ती क्षणहरु निकै मिस गर्नेछु ।’
राष्ट्रिय टोलीबाट ५० औँ क्याप पूरा गर्दै फुटबल मैदानबाट गुरुङ ओझेलमा परेका हुन् । फिलिपिन्सविरुद्ध सुरुमा बेन्चमा बसेका अनिल दोस्रो हाफमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान छिरे । मैदान पसेपछि कप्तानी भूमिकामा रहेका विराज महर्जनले सम्मान दर्शाउँदै अनिललाई कप्तानको ब्यान्ड लगाइदिए ।
यस्तो छ अनिलको फुटबल करियरपोखराबाट व्यवसायिक फुटबल करियर सुरु गरेका गुरुङले फिफा विश्वकप २०१० को छनोटका लागि सन् २००७ ओमानविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । अनिलको नाममा अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोलको रेकर्ड छ ।
सहारा एकेडेमीका उत्पादनपोखरा र अनिल गुरुङ फुटबल खेलका प्रयावाची जस्तै हुन् । पोखराको चर्चित क्लब सहारा एकेडेमीका उत्पादन अनिल गुरुङलाई नेपालका सफल स्ट्राइकरका रूपमा लिइन्छ ।
उनैले फिलिपिन्सविरुद्धको एएफसी एसियन कप छनोट खेल अन्र्तगत नेपालको घरेलु मैदानमा ५० औं क्याप पूरा गर्दै अन्तर्राष्ट्रिय खेल जीबनबाट सन्यास लिएका छन् ।
टोले खेलाडी अनिलपोखरामा २०४५ सालमा जन्मिएका अनिलले आफ्नो टोलमै फुटबल सिके । त्यसपछि स्कुलबाट आफूलाई निखारे । एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीबाट खेल्ने क्रममा अनिलले बेलायत र भारतबाट समेत व्यावसायिक फुटबल करियरलाई निखार दिए ।
भारतदेखि बेलायतसम्मको फुटबल करियरभारतको सिलोङ लाजोङमा अनुवन्धित भएर उनले आई लिगमा पनि अनुुभव बटुले । घरेलु फुटबलमा मनाङ मस्र्याङ्दी, थ्री स्टार, एनआरटी, बिग्रेड ब्वाइज क्लबबाट नशा नशाको फुटबल फिलिङ्स उनले दर्शकको खुसीसँग साटे । त्यसो त नेपाली फुटबलमा थोरैमात्र खेलाडीले ५० औँ क्याप पूरा गरेका छन् ।
५० औँ क्याप खेल्ने अनिल पाँचौदेशका लागि पचासौँ क्याप खेल्नेहरुमा अनिलसँगै राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्य, राकेश श्रेष्ठ, सागर थापा र वर्तमान टोलीका उपकप्तान विराज महर्जन छन् ।अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले कमै मौका पाउने भएकाले ५० क्याप पुर्याउने आफैँमा चुनौतिपूर्ण काम हो । विद्यालयस्तरबाट सुरु भएको फुटबल यात्रा यहाँसम्म आइपुग्नुलाई अनिलले सानोमा देखेको सपना पुरा भएको मान्छन् ।ओमानसँगको खेलमा डेव्यू गरेका अनिलले बेलायतमा गएर प्रशिक्षण गर्नुलाई फुटबल करियरको ‘टर्निङ प्वाइन्ट’ मान्छन ।‘राष्ट्रको लागि युवा जोश सुम्पिएका अनिलले दर्शकहरुको सधँै साथ पाइरहे । अनिलको कप्तानीमा नेपालले २०१६ मा पहिलोपटक एएफसीको औपचारिक प्रतियोगिता जितेको छ । राष्ट्रिय टोलीबाट विदा लिएपनि उनले घरेलु फुटबल भने तत्कान नछाड्ने बताए ।
सधैँ अनुशासित अनिलअनिललाई अनुशासित खेलाडीको संज्ञा दिन्छन् अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ । फुटबल करियर सुरु गर्दा परिवारबाट खासै साथ पाएनन् । फुटबल नै सबथोक भन्दै बललाई सिरानीमा च्यापेर फुटबलको सपना देख्ने उनको अठोटले अन्ततः जितेरै छाड्यो । त्यही अठोटले राष्ट्रिय टोलीको जर्सी लगाउन सफल भए ।
परिवारबाट लाहुरे बन्न निकै दबाब खेपेका अनिलले फुटबललाई सधैँ मन र मस्तिस्कमा राखे । आज उनै अनिलले करोडौं नेपाली फ्यानसँग फुटबलबाट विश्रामको हात हल्लाए । अनुशासित र भद्र खेलाडीले राष्ट्रिय टोलीमा हुँदा सबैखाले जिम्मेवारी पूरा गरेको बताउँछन् एन्फाका उपमहासचिव सञ्जीव मिश्र ।नेपाली फुटबलमा लामो समय योगदान गरेबापत अनिललाई यही वर्ष एन्फाले रूपक स्मृति पुरस्कारबाट सम्मान गरिसकेको छ । यद्यपि निरन्तर फुटबलका गतिविधि नहुँदा धेरै खेलाडी पलायन हुने अवस्था अझै अन्त्य भएको छैन । अनिलले सन्यास लिइरहँदा अझै पनि नेपाली फुटबलरले बीच बाटोबाटै गन्तव्य फेर्नुपर्ने हटेको छैन । यही हो, नेपाली फुटबलको तीतो यर्थाथ ।