प्रतिक पौडेलभैरहवा । एसियन च्यालेन्जर ट्रफी क्लब (क्रिकेट )प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने भएको हो । सोमवार पत्रकार सम्मेलन गर्दै आयोजकले नेपाल सहित ४ देशको ८ वटा टिम सहभागि हुने जानकारी दिएका छन् । आयोजकका अनुसार एसियन च्यालेन्जर ट्रफी (क्लब) क्विन्स प्रालिको आयोजना एवम राइनो स्पोर्ट्सको संयोजनमा हुने प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेस, पाकिस्तानको व्यावसायिक क्लबहरुको सहभागीता रहनेछ ।
आगामी फाल्गुन १४ गतेदेखि २१ सम्म चल्ने प्रतियोगितामा बङ्गलादेशको असरक स्पोर्ट्स ग्लोबल क्रिकेट क्लब, भारतको अल्फा वारियर्स, सराह क्रिकेट क्लव, पाकिस्तानको गुजरात लायन्स, नेपालको शोबिज स्पोर्ट्स, वेस्टर्न क्रिकेट क्लब नेपाल, शन्करनगर क्रिकेट क्लब र राइनो क्रिकेट क्लब नेपाल गरि ८ टिमको सहभागीता रहने भैरहवा क्विन्सका एक्जुकेटिभ डाइरेक्टर निरज अर्यालले जानकारी दिनुभयो । आयोजकका अनुसार बिजेताले ३ लाख नगद पुरस्कार पाउने छ । प्रतियोगिताको लागी करिव १६ लाख लाग्ने जानकारी आयोजकले दिएको छ ।
जिल्ला क्रिकेट संघ रुपन्देहीका अध्यक्ष तथा क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) का केन्द्रिय सदस्य प्रशान्त बिक्रम मल्लले प्रतियोगिताले भैरहवामा रहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्रवर्द्धनमा सहयोग गर्ने बताउनुभयो । मल्लका अनुसार प्रतियोगिताका कारण सिद्धार्थ रंगशाला अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न पुर्ण रुपमा तयार छ भनेर सबैको सामुन्ने प्रमाणित गर्नेछ ।
प्रतियोगिताको प्रायोजकहरुमा ह्वक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएस रहेका छन । एसियन च्यालेन्जर ट्रफि ९क्लब० ले धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा रंगशाला निर्माणमा सहयोग गर्ने अभियान समेत सञ्चालन गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी, प्राबिधिकहरुको मेडिकल इन्सुरेन्स समेत गरिएको छ ।