आशिष मल्लडडेल्धुरा । प्रदेश नम्बर ७ को महत्वपुर्ण पर्यटकीय सम्भावना बोकेको आलिताल सरंक्षण र सम्वद्र्धनको पर्खाइमा रहेको छ । डडेल्धुुराको भित्री मधेस आलीताल गाँउपालिकामा रहेको तालको सरंक्षण तथा प्रचार प्रसार नहुँदा लोप हुने अवस्थामा पुगेको छ ।
[caption id="attachment_17260" align="alignleft" width="344"]
जोगबुढा क्षेत्रमा पर्ने आलीताल घुम्न स्वदेशी तथा विदेशी पर्यटक उत्तिकै आउछन् ।[/caption]
समुद्री सतहबाट करिब ८०० मिटर उचाईमा महाभारत पहाडी श्रृखलाको फेदमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकहरुको संख्या बढाउन सकिने भएता पनि कुनै निकायले पहल नगर्दा अहिले ताल ओझेलमा रहेको स्थानीयहरुको गुनासो छ ।
१ हजार १ सय ७५ मिटर लम्बाई तथा करिब ४०० मिटर चौडाइ रहेको ताल महाभारतको चुरेबाट विभिन्न फोहर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ । तालको वरिपरि बिरुवा उम्रनुका साथै फोहरवस्तु थुपारिँदै गएको छ ।
[caption id="attachment_17261" align="alignright" width="360"]
सुन्दरताले भरिएको आलीताल[/caption]
धार्मिक ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने सो तालसम्म पुग्ने सडक समेत अधुरै अवस्थामा छ । आलीताल बारे प्रचार प्रसार हुन नसक्दा आन्तरिक र बाह्य पर्यटक पुग्न सकेका छैनन ।थुप्रै सम्भावना बोकेको ताललाई प्रचार तथा संरक्षण गर्न नसकिएको आलीताल गाँउपालिकाका–८ का रामदत्त जोशी बताउछन् । उनले भने, ‘धेरै पर्यटक आउने सम्भावना रहेको यस ताललाई राज्य तथा स्थानिय निकायले ध्यान दिने हो भने आलीतालवासीको आम्दानीमा वृद्धी हुन्थ्यो’ उनले थपे, ‘हाम्रो घीउ, मह बेचिने थियो, होटलहरुको व्यापार बढ्थ्यो होला ।’ स्थानीय र सरोकारवाला निकायले तालको संरक्षणमा ध्यान नदिएकै कारण आलिताल ओझेलमा परेको उनको भनाई रहेको छ ।एक घन्टाभन्दा बढी पैदल हिँडेर ताल पुगेका मोरङका अशोक राईले ताल पुरीने अवस्थामा रहेको बताए । ‘ताल राम्रो छ तर जति हुनुपथ्र्यो त्यो छैन संरक्षणको अभाव छ’ उनले भने । ‘जुन आशा बोकेर यहाँ आएको थिए, त्यो पाएन, यसलाई संरक्षण तथा व्यवस्थापन गर्न जरुरी छ ।’ उनले थपे । आलीताल भ्रमण गर्न आएका उनले अब अर्को पटक आउँदा तालमा सरकोकारवाला निकाएको ध्यान गई अझ राम्रो भएको हेर्न चाहेको आशा राखे ।
[caption id="attachment_17263" align="alignnone" width="950"]
संरक्षणकाे अभावमा अालीताल[/caption]
आलीताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङ भने स्थानिय निकायको संरचना बनिसकेपछी अलीताललाई संरक्षण गर्ने योजना बनाईएको बताए ।
[caption id="attachment_17264" align="alignnone" width="950"]
सहयाेगी दाताकाे पर्खार्इमा छ, अालीताल[/caption][caption id="attachment_17265" align="alignnone" width="950"]
कसैले ध्यान दिएनन् आलीतालको संरक्षणमा, ध्यान दिए पर्यटकको सँख्यामा बृद्धि हुने थियो । [/caption]