रमिता यादवनवलपरासी जिल्लाको महुवारीमा विस २०५३ सालमा आमा सोमारी देवी तथा बुवा महेन्द्र कुर्मीका कोखबाट जन्मिएका अनिल कुर्मी सानैदेखि नै चनचल र फरक कार्य गर्ने स्वभावका थिए । उदाउँदै गरेका अनिल मध्य परिवारमा रमाउँदै हुर्किए । अनिल भन्छन्, सानैदेखि उनमा अभिनयको रुची र अभिनयको किरा पलाउँदै गएको थियो । बाल्यकालमा उनका हजुरबुवाले राति सुत्ने बेलामा सधैँ कथाहरु सुनाउँथे । ती कथाहरुमा आफू नै पात्र भएको कल्पना समेत गर्थे, जसले गर्दा कल्पनामै कथाहरुलाई नाटकीय रुपले अभिनयमा ढाल्न सक्ने क्षमताको बिकास हुँदै गयो । सानै देखि उनले भारतीय सिनेमा जगतका कलाकारहरुको मिमिक्री पनि गर्थे । त्यो देखेर उनको हजुरआमाले उनको नाम पनि भारतीय कलाकार अनिल कपुरको नामसँग मिल्दो राख्नुभयो । हजुरआमा भन्नुहुन्छ, ‘पढाईमा पनि राम्रो विद्यार्थी थियो, विद्यालयमा सधैँ प्रथम नै हुन्थ्यो ।’ उनको फिल्ममा पनि अभिनय गर्ने इच्छा छ । उनी भन्छन् पढाईमा पनि राम्रै भएकै कारणले होला र बुवा पनि कलाकार क्षेत्रमा भएकोले घरबाट कहिल्यै रोकटोक भएन ।
कलाकारीता क्षेत्रमा प्रवेशकक्षा ३ मा हुँदा विद्यालयमा एउटा नाटकको आयोजना गरिएको थियो । अनिल भन्छन् त्यो नाटकमा आफूले पनि भाग लिने मौका पाएको थिएँ । आफूले गरेको प्रस्तुती देखेर सबै दंग परे । सबैको प्रोत्साहन पाएर अभिनय गर्ने झनै आत्मबल बढ्यो । त्यहीँबाट उनको नाटकीय जीवनको सुरुवात भयो । विद्यालयदेखि कलेजसम्मको यात्रामा विभिन्न पात्रहरुको सानो तीनो नाटकहरु गर्दै गए । सबैको प्रोत्साहन बटुल्दै गएपछि उनमा आफू भित्र एउटा कलाकार लुकेको अनुभुती भयो र एउटा सफल कलाकार हुँन सक्ने क्षमता रहेको महशुस गरे ।
राजधानीको जीवनकुनै कामले राजधानी छिरेका अनिल एक दिन डबिङ स्टुडियो पुगे । स्टुडियोमा कलाकारीता क्षेत्र मै संघर्ष गरिरहेकी कलाकार सरिता साहसँग उनको भेट भयो । त्यसबेला साहले ‘नयनराज पाण्डे’ द्वारा लिखित उपन्यासमा आधारीत नाटक ‘लु’को तयारी गर्दै थिइन् र साह एउटा पात्रको खोज गर्दै्थिइन् । साहले अनिललाई त्यो पात्र गर्ने प्रस्ताव राखिन् । अनिल भन्छन्न्, ‘म आफ्नो कलाकारीता प्रदर्शन गर्ने एउटा ‘प्लेटफर्म’ खोजिरहेको थिए त्यसकारण मैले प्रस्तावलाई तुरुन्तै स्वीकारेँ । उनले कतै कुनै तालिम नलिएको साहलाई बताए । साहले उनमा अभिनय गर्न सक्ने दृढ संकल्प तथा क्षमता देखेकोले प्रस्ताव गरेको बताइन् । दर्शकसामु आफ्नो कलाकारीता देखाउने पहिलो अवसर नाटक ‘लु’बाट प्राप्त भयो जुन काठमाडौको मण्डला थिएटरमा सम्पन्न भएको थियो । आफूले निकै मिहिनेत गरेको र दर्शकले अत्यन्त मन पनि पराएँ । साह्रै खुशी भएँ । हेर्ने जती प्राय धेरैले मन पराएको देखेर खुशीको सीमा नै थिएन त्यो बेला । त्यो पल सम्झ्यो भने आज पनि उतिक्कै खुशी हुन्छु, उनी बताउँछन् । त्यसक्रममा धेरै कुराहरु सिक्ने मौका पनि पाएँ । ‘लु’ नाटकले मेरो जीवनमा एउटा महत्वपूर्ण कोल्टो फेर्यो । त्यसपछि यो क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने ठूलै आँट आयो र ‘लु’को सफलता पश्चात उनले संकल्प नै लिए अब जेसुकै परोस ठूलो कलाकार हुने सपनालाई पुरा गरेरै छोड्छु । त्यसपछि लगातार उपन्यासमा आधारित ‘घोरचढी, काशी देवी, एल आई जी पिक्निक’ जस्ता नाटकहरुमा अभिनय गर्ने मौका पाएँ ।
भोजपुरी भाषामा वेभ सिरीजनाटकहरु गर्ने क्रम जारी नै थियो । त्यसबीच उनलाई लाग्यो आफनो ‘क्रिएटीभीटी’लाई मूर्त रुप दिनुपर्यो । र भोजपुरी भाषामा वेभ सिरीज बनाउँने आटँ गरे । भोजपुरी भाषामा आल्तु फाल्तुको सोच आयो, आजसम्म कसैले नगरेको काम उनको पहिलो वेभ सिरीज रहेको अनिल बताउँछन् । उनी भन्छन्, ‘आफ्नो मातृभाषामा काम गर्ने मज्जा र आनन्द नै बेग्लै छ । सायद यो नेपाल कै पहिलो भोजपुरी भाषाको वेभ सिरीज हो । आफ्नो जिल्लाबाट सुरुवात गरेको हुँ । नयाँ रुपले प्रस्तुत गर्ने प्रयास रहेको छु । समाजमै रहेका केही कुरालाई कोट्याएर प्रस्तुत गर्ने जमर्को गरेको छु । ‘आल्तु फाल्तु’ टाइटले पनि केही अनुमान गर्न सकिन्छ । हास्य व्यङगमा आधारित तथा समाजलाई सकारात्मक सन्देश दिने खालको हुनेछ । गम्भीर प्रकारका सामाजिक मुद्दाहरुलाई उठान गरिएको छ । यो पहिलो प्रयासले समाजमा दीर्घकालीन रुपमा परीवर्तन ल्याउँछ भन्ने विश्वास रहेको छ’ । उनी हास्दै भन्छन्, ‘अब आल्तु फल्तुको बारेमा अहिले नै धेरै नभनौ । भोलिबाट बजारमा आउँदै छ कृपया सबै सिरीज हेरिदिन आग्रह पनि गरे । र के कस्तो बनेको छ भन्ने प्रतिकृया तथा मुल्याङन पनि गरिदिन आग्रह गरे उनले ।
यसका कलाकारहरु नन प्रोफेसनल रहेका छन् । नन् प्रोफेसनल कलाकारहरुले अभियन गर्दा वास्तविक कुरो बाहिर आउँछ त्यसकारण वहाँहरुलाई यसमा समेटेको, उनी बताउँछन् । यो सिरीज ‘बुद्धभुमी क्रिएसन र द कन्टेन्ट नेपाल’को सहकार्यमा बनाइएको हो । मनोरञ्जनमा आधारित समाजमा केही सुखद सन्देश दिने ‘आल्तु फाल्तु’को अवधारणा, लिपी, कथा, निर्देशन आफ्नै रहेको उनले बताए । छायांकन भूपेन चौधरी र नविन चापागाईको रहेको छ । कलाकारहरु अनिल कुर्मी, रामजी प्रजापति, मनिषा मलाह, बिनय पटेल, दिलीप पासवान, अमिरक यादब, दिनेश गुप्ता, बसन्त कोहर र महेन्द्र कोहर रहेका छन् ।
अभियनबाट निर्देशन तर्फ मोडिनुको कारणअभियन आफ्नो लागि नशा रहेको र चाहेर पनि रोक्न नसक्ने उहाँ बताउँछन् । उहाँ भन्छन् आफ्ना मनमा खेलेका कुराहरुलाई प्रस्तुत गर्न यो भन्दा राम्रो माध्यम नै भेटिन् । उनको धारणाहरु, कथाहरुलाई कसैले नबुझिदिएको र निर्देशन गर्ने व्यक्ति नपाएका कारणले उनले आफैले निर्देशन गर्नु परेको बताउँछन् । यो वेभ सिरीज उनका लागि एकदमै अहम र महत्वपूर्ण रहेको बताउँछन् । आफैले निर्देशन, अभिनय र छायाँङकन गर्दा तनाब त पक्कै हुन्छ तर मेरो लागि अहिलेको सिकाई, अनुभव एकदमै महत्वपूर्ण र आवश्यक रहेको उनी बताउँछन् ।