एल.बी विश्वकर्माकाठमाडौं । टुटफुट र विभाजनको पर्याय बन्दै लामो समय राजनीतिक क्षेत्रमा सक्रिय पूर्वपञ्चहरुको पार्टी राप्रपाका दुईघटकबीच फेरि एकपटक एकताको डोरो कस्सिएको छ । शनिबार राति पार्टी एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्दै दुवै पार्टीका अध्यक्ष नै अध्यक्ष हुनेगरी बुधबार पार्टी एकता सहमति भयो । एकअर्काको अस्तित्व स्वीकारै गर्न नसक्ने राप्रपाका तीन नेता कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अहिले एकधारमा आएका छन् ।
पार्टी एकताको लामो रस्साकस्सी एकअर्काप्रतिको अविश्वासको स्थिति सकिएको घोषणा सभामा भनिएको छ । तर, विगतको अवस्थाले अहिलेको एकता कस्तो होला ? दीर्घकालीन वा अल्पकालीन ? प्रश्न छन् । किनकी राप्रपा जन्मजात नै जुम्ल्याहा जन्मिएको पार्टी हो । पहिलोपटक २०४८ मा मुलुकमा प्रजातान्त्रिक शक्तिका रुपमा राप्रपा उदाएको हो । हलो र गाई चुनाव चिन्ह बोकेर दुई पार्टी बने । लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले पार्टीको नेतृत्व गर्नुभयो । पहिलो संसदीय चुनावलगत्तै पार्टी एकीकरण भयो । २ वटा महाधिवेशनमा सूर्यबहादुर थापा नै अध्यक्ष बन्नु भयो । त्यसबेला लोकेन्द्रबहादुर चन्दको राजनीति कमजोर बन्न पुग्यो । राप्रपामा दुईजना प्रभावशाली नेताहरुमा राजेश्वर देवकोटा र रवीन्द्रनाथ शर्मा अहिले दिंगत भइसक्नु भयो । तर यी दुई नेताले पार्टी फुटाउने र जुटाउने खेलको गरेको कसरत चैँ पूर्वपञ्चहरु अहिले पनि सम्झन्छन् । पछि राजेश्वर देवकोटाले राप्रपा राष्ट्रवादी पनि खोल्नुभयो ।
२०५९ को पोखरा महाधिवेशनमा पशुपति शमशेर राणा अध्यक्ष बने । तत्कालीन अध्यक्ष राणाले राप्रपालाई चुनाव जित्ने मेसिन गन बनाउने वाचा नै गर्नुभयो । तर, ४ वर्ष नबित्दै २०६१ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा पार्टी फुट्यो । यसको नेतृत्व गर्नु भएको थियो कमल थापाले । यो श्रृंखला जारी नै रह्यो । फुट्नु र जुट्नु राप्रपाका लागि सामान्य नै भयो । राप्रपाको राजनीतिमा विरासतको खेलले नै टुटफुट सिर्जना ग¥यो । मुख्यगरी सत्तामा लुब्ध नेताहरुकै कारण पार्टीका कामहरु प्रभावशाली बन्न सकेनन् । मुख्यगरी, राप्रपा अध्यक्ष कमल थापा र दीपक बोहराका कारण अन्य नेताहरुले स्थान नै पाएनन् । उहाँहरुले राप्रपामा सबैभन्दा लामो समय सत्तामा बिताए । तर, अब त्यस्तो गर्न नपाइने नेताहरुको चेतावनी छ । लामो समयको संघर्ष र कष्टपूर्ण बलिदानपश्चात पार्टी एकीकरण भएको नेताहरु बताउँछन् ।
राप्रपा एकताको रसायन चुनावी हार नै हो । २०७४ मा सम्पन्न संघीय निर्वाचन र भर्खरै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा जनताले राप्रपालाई पाखा लगाएपछि बाध्यकारी लाइन सुरु भएको हो । विगतका एकता र टुटफुटको इतिहास हेर्दा अबको एकता कस्तो होला ? कार्यकर्तामा प्रश्न जीवितै छन् ।
गीता कसम–सधैं सँगै बसम्राप्रपा फुट र एकताको इतिहास पार्टीको आयुजस्तै लामो छ । एकता पनि चाहने र एक अर्कालाई विश्वास नगर्ने प्रवृत्तिले पार्टी एकीकरणको लामो अभ्यास तर फुटमा हतार, राप्रपाको पुरानै रोग भएको छ । एकता सहमति पत्रमै सीमित हुने गरेका पनि छन् । २०७० मा फुटेको राप्रपामा २०७३ मंसिरमा हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भयो । तर, एकताको ८ महिनामै पार्टी छिन्नभिन्न भयो । कमल थापालाई क्षति पुग्यो । त्यसबेला एकीकृत पार्टीको चुनाव चिन्ह गाई हुने निर्णय भएपछि विवाद फुटसम्मको अवस्थामा पुगेको थियो । २०७४ भदौमा राणाले थापा निकटका सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा पारेर पार्टी फुटाए । प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेर राप्रपा राष्ट्रवादी बनाए । राप्रपामा धेरै पटक एकता भयो । पार्टी पाँचपटक फुट्यो । अहिले बाध्यकारी एकता गरेर अगाडि बढ्नु पर्ने अवस्थामा पुग्यो ।
राप्रपाका विगतका गल्तिका कारण पार्टी अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने भन्दै गीता हातमा राखेर कसम खानुप¥यो । र भन्नुप¥यो– कहिले पनि पार्टी फुटाइने छैन् । टुटफुटले कार्यकर्तालाई मात्र होइन । शीर्ष नेतृत्वलाई पनि उत्तिकै असर पारेको छ । अझ कमल थापाकै अथाह पीडा छन् । जुन आफैँले शब्दमा बयान गर्न सक्दैनन् । बाध्यताको भूमरीले बेस्सरी बाँधिएका थापा भन्नुहुन्छ– दुविधा र आशंका हटाउँ, पार्टी एकता हुन पाएको छैन, फेरि फुट्छ कि भन्ने चिन्ताबाट मुक्त बनाैं।
एउटा भनाइ छ ः खसी जोख्नु सयपटक, मान्छे जोख्नु एक पटक । कमल थापालाई जनताले धेरै पटक अवसर दिएकै हुन् । सत्तामा प¥याएकै हुन, कुर्सीमा बसाएकै हुन् । तर, आन्तरिक किचलो अन्त्य गर्न नसकेर आफैँ कमजोर बन्ने बाटोमा शीर्ष नेतृत्व आफैँ लागेको थियो । जनताले अब फेरि कमल थापा र राप्रपालाई अवसर देलान् ? अझै विश्वास बाँकी छ, जनताले तेस्रो शक्ति खोजेका छन् । अझै विवादित चुनाव चिन्ह बाँकी नै छ । तर, त्यसबारे के होला ? छलफलबाटै चुनाव चिन्ह टुंगिएला ? नेताहरु नै दुई धारमा छन् । एकतर्फी टुंगिने विश्वासमा छन् । अर्कातिर महाधिवेशन पहिले टुंग्याउनै पर्ने दबाब छ ।
अतित्व जोगाउन जनमत बटुल्दै२०४६ सालमा पञ्चायत ढल्यो । २०४८ जेठ १५ गते सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वमा एकै नामका दुई राप्रपा गठन भयो । २०४९ मा यी दुई दलबीच एकीकरण भयो । २०५१ को मध्यावधि चुनावमा राप्रपाले २० सिट जित्यो । २०५१ मा गठन भएको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि तत्कालीन नेकपा एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । चन्द सरकारविरुद्ध कांग्रेस र सूर्यबहादुर थापाले खेल शुरू गरेपछि थापाकै नेतृत्वमा सरकार गठन भयो । सत्ता खिचातानीकै कारण २०५४ मा पहिलोपटक राप्रपा विभाजन भयो । २०६५ को चुनावको पूर्वसन्ध्यामा दुई राप्रपाबीच पुनः एकता भयो । प्रतिनिधि सभामा ११ सिट जित्यो । २०५९ मा जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरेर फेरि लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएपछि राप्रपाभित्र हलचल नै मच्चियो । त्यसबेला नेकपा माआवादीसँग वार्ता भयो । तर, असफल भयो । त्यसपछि प्रधानमन्त्री थापा वृहत् राजनीतिक अभियानका नाममा राष्ट्रिय जनशक्ति पार्टी गठन गर्न सक्रिय बन्नुभयो । केही समय यस्तैमा बित्यो ।
२०५९ माघ १९ गते कमल थापा गृहमन्त्री बनेको बेला राप्रपामा विवाद बल्झियो । थापालाई पार्टीले कारवाही ग¥यो । उहाँले २०६१ पुस २७ गते काठमाडौंमा विशेष महाधिवेशन बोलाएर राप्रपा नेपाल गठन गर्नुभयो । २०६२ को जनआन्दोलन दबाउन थापाले भूमिका खेलेको भन्दै ९२ दिन थुनामा राखियो । यसबीच रवीन्द्रनाथ शर्मा पार्टी अध्यक्ष बन्नुभयो । छुटेपछि फेरि थापा नै अध्यक्ष बन्नुभयो । २०६४ को संविधानसभा निर्वाचनमा राप्रपा नेपालले ४ सीट प्राप्त गर्योर । २०७० को चुनावमा थापाको पार्टीले २५ सिट प्राप्त पायो । संविधान जारी गर्ने बलासम्म धर्मको पक्षमा चर्को स्वर बनाएको राप्रपा संविधान जारी भएपछि सरकारमा जाने अस्त्र बन्यो । २०७३ मंसिरमा थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाबीच एकीकरण भयो । त्यही वर्षको फागुन ६ गते भएको महाधिवेशनबाट कमल थापा राप्रपाको अध्यक्ष बन्नुभयो । एकता सहमतिअनुसार महाधिवेशनले चुनाव चिन्ह टुंग्याउन नसकेपछि डा लोहनीले एकीकृत राप्रपा राष्ट्रवादी गठन गर्नुभयो । २०७४ साउन २२ गते राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गर्नुभयो ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा थापाको राप्रपाले झापाबाट १ सिट र प्रदेश सभामा ३ सीट जित्यो । राणा र लोहनीको पार्टी शून्यमा झर्यो । जनमतबाट आत्तिएका राप्रपा शक्तिले दुई समूहले राप्रपा संयुक्त गठन गरे । विभाजनको झण्डै ३ वर्षपछि राप्रपाका मुख्य दुई घटक फेरि एकताका लागि सहमत भएका छन् । पार्टीको विधान संशोधन गरेर अगाडि बढ्ने सहमति भएको छ । जनमतका लागि पनि आफूहरु एक हुनुपरेको नेताहरुको जोड छ । एकथरीले राजा ज्ञानेन्द्रलाई नै राजा बनाउन पनि आफू तयार रहेको र पुरानै हिन्दूराज्य नै पहिलो माग हुने भनिएको छ ।
यो पनि सुन्नुस्https://www.youtube.com/watch?v=hRiHFxeFm8E