काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित राष्ट्रियस्तरका पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि घर फर्किनुभएको विषयलाई प्रमुख समाचार बनाएर प्रकाशित गरेका छन् । त्यस्तै कोरोना भाइरस नियन्त्रणबारे सार्कस्तरीय छलफल गर्न ओली र मादी सह भएको, विषत्त मदिराले पाँचको मृत्यु भएको र इटालीको रोममा कोरोना भाइरसको तीव्र संक्रमण बढेपछि नेपालीहरुले पाएको सास्तीसहतका समाचारलाई प्राथमिकता दिएर सम्प्रेषण गरेका छन् ।
शुक्रबार जनता समाचार डट कम मा प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्जार्च’, ‘वाइडवडीमा देखादेखी बदमासी भयो, छोड्ने कुरै आउँदैन’, नेपाली नमस्कार विश्वव्यापी बन्दै, कोरोना सङ्क्रमित ७० हजार घर फर्के, नेपाल रेडक्रसको भ्रष्टाचार खोतल्दै महिला तथा सामाजिक समिति, १७ लाख घुस लिँदालिँदै अधिकृतसहित ६ जना समातिए, सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दति खाता योजना, कोरोना संक्रमणमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो, गायक कटुवाललाई थुनामा राख्न आदेश र शेर्माको शोकमा पार्टीको झण्डा आधा झुकाइने लगायतका शीर्षकमा समाचार प्रकाशन गरिए ।
अन्नपूर्ण पोष्ट् दैनिकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको नेतृत्वले कोरोना भाइरसको महामारीसँग जुध्न सशक्त रणनीति बनाउनसक्ने प्रस्ताव गरेको विषयलाई प्रमुख समाचार बनाइएको छ । प्रधानमन्त्री मोदीले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव आफ्नो ट्विटमा उल्लेख गरेको समाचारमा लेखिएको छ । सार्क सदस्य राष्ट्रहरुले साथसाथै विश्वकै लागि एउटा उदाहरण पेस गर्नसक्ने र स्वस्थ पृथ्वी निर्माण गर्न योगदान दिनसक्ने पनि प्रधानमन्त्री मोदीले बताएका छन् ।
भारत र पाकिस्तानसँगको वैमनस्यताका कारण सत्रौँ सार्क शिखर सम्मेलन रद्द भएको पृष्ठभुमीमा कोरोना भाइरस नियन्त्रणका लागि सार्कको मञ्च ब्युँत्याउने प्रधानमन्त्री मोदीको प्रस्तावलाई अर्थपूर्ण मानिएको छ। दुई भागमा लेखिएको ट्विटको अघिल्लो भागमा मोदीले दक्षिण एसिया क्षेत्रले कोरोना भाइरसको महामारीसँग जुध्न हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभएको समाचारमा जनाइएको छ ।
नागरिक दैनिकले नेपाल विद्युत प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण ट्रंकलाइन जोड्ने उद्योगी व्यवसायीबाट नौ अर्बभन्दा धेरै बक्यौता उठ्न बाँकी रहेको विषयलाई मुख्य समाचारका रुपमा प्रसतुत गरेको छ । समाचारमा उल्लेख भएअनुसार डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ट्रंकलाइनबाट बिजुली उपयोग नगरेर नेपाल विद्युत प्राधिकरणले गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ ।
त्यसैगरी विषाक्त मदिराले पाँचको मृत्यु, चार सिकिस्त शीर्षकको अर्को समाचारलाई पनि पत्रिकाले मुख्य स्थान दिएको छ । समाचार अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – २ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको मृत्यु भएको हो । तीमध्ये ८ जनाको बिहीबार र शुक्रबार मृत्यु भएको र मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्देव यादव, गुदर महरा, रामनारायण महरा र निरस यादव रहेको समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिकले इटालीकाे रोममा नेपालीहरुले सास्ती पाइरहेको विषयलाई प्रमुख समाचारका रुपमा प्रकाशित गरेको छ । समाचार अनुसार कोरोना भाइरस तीव्र संक्रमणका कारण चीनपछिको डरलाग्दो देखिएको इटालीमा १ हजार ६ सयभन्दा बढी नेपाली ‘सेल्फ क्वारेन्टाइन’ मा रहेका छन् ।
संसारले रुचाएका त्यहाँका रोम, भेनिस र मिलोनजस्ता पर्यटकीय सहर सुनसान देखिएको समाचारमा उल्लेख छ । त्यसैगरी स्पेनमा ५ हजार ६४ र स्विट्जरल्यान्डमा ४ सयभन्दा बढी नेपाली डराएर बसेको पनि समाचारमा लेखिएको छ ।