बन्दना पोखरेल पाल्पा । यहाँको एक गाउँपालिकाले कोरोना भाइरसबाट जोगिनका लागि एक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । पुर्वखोला गाउँपालिकाले कोरोना भाइरसबाट जोगिन सचेतना कार्यक्रम गरेको हो ।
पछिल्लो समय विश्वभरी फैलिरहेको कोरोना भाइरसबारे गाउँपालिकाले स्वास्थ्यकर्मिका लागि एक दिने अभिमुखिकरण गोष्ठी गरेको हाे । विरकोट स्वास्थ्य चौकिमा आयोजित गोष्ठीमा गाउँपालिकाका सबैै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको उपस्थिति थियो ।
गाउँपालिकाको आयोजनामा नगरपालिकाको वडानम्बर ५ बिरकोटको स्वास्थ्य चौकीमा गरिएको सचेतना कार्यक्रममा स्वास्थ्यकर्मीलाई कोरोनाको ईतिहास, बच्ने उपाय, लक्षण, रोकथाम तथा फैलिन नदिन अपनाउन सकिने उपायबारे जानकारी गराइएको हो ।
सचेतना कार्यक्रम स्वास्थ्य कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले स्वास्थ्यकर्मीहरुले स्थानीय सबै व्यक्ति, टोल, समाज, तथा नगरका हरेक गाउँ/गाउँमा कोरोनाबारे सचेत गराउन स्वास्थ्यकर्मीहरुलाई आग्रह आग्रह गर्नुभयाे । प्रमुख न्यौपानेले नआत्तिएर आफ्नो स्वास्थ्यमा ध्यान दिन, राम्रोसँग हातमुख धुन, रुघा खोकी तथा ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा जान र भिडभाड हुने स्थानमा नजान नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।
न्यौपानेले ‘होम क्वारेन्टाइन’ अर्थात ‘सेल्फ क्वारेन्टाइन’ मा कसरी बस्ने भन्ने विषयमासमेत स्थानिय जनतासम्म सचेतना पु-याई स्थानीयलाई सजग गराउनुपर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष भागीरथि भट्टराईले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा स्वास्थ्यकर्मीको मुख्य भुमिका हुने उल्लेख गर्दै गाउँघरमा यसको लक्षण र रोकथाम तथा सावधानी बारे सचेतना पु-याउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकामा भएको कोरोना भाइरससम्बन्धी छलफलमा पुर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकाल, गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई र स्वास्थ्य कार्यालय प्रमुख न्यौपानेको उपस्थिति रहेको थियो भने प्रभास पन्थीले छलफलकाे सहजिकरण गर्नुभएको थियो ।