कास्की । कोरोना (कोभिड–१९) नियन्त्राण्का लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित उच्च स्तरीय निर्देशन समितिले कोरोना संक्रमणबाट प्रदेशलाई सुरक्षित बनाउने विभिन्न २३ निर्णय गरेको छ । सोमबार साँझ बसेको समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक भेन्टिलेटर, बेड र औजारका साथै विभिन्न उपकरण प्रदेशभरका रहेका सरकारी, निजी र सामुदायिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको हो । साथै प्रदेश सरकारले अस्पतालबाट उपचार गरिएका विरामीको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरेको हो ।प्रदेश सरकारका निर्णय१) कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको उपचारको लागि डेडीकेटेड अस्पतालका रूपमा लेखनाथ सामुदायिक लायन्स अस्पताललाई तोक्ने र त्यसको लागि आवश्यक बजेट प्रदेश सरकारले तुरुन्त उपलब्ध गराउने । त्यसको व्यवस्थापनका लागि आवश्यक भेन्टिलेटर, बेड लगायतका औजार, उपकरण प्रदेश भरि रहेका सरकारी, निजी र सामुदायिक अस्पतालबाट आ(आफ्नो क्षमता अनुसार तत्काल उपलब्ध गराउने । अस्पतालबाट उपचार गरिएका विरामीको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने ।२) कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको उपचारको लागि मातृशिशु मितेरी अस्पताल बाटुलेचौर, पोखरालाई बैकल्पिक अस्पतालको रुपमा तोक्ने । नेपाली सेनाको अस्पताल र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताललाई बैकल्पिक डेडीकेटेड अस्पतालका रूपमा प्रयोग गर्न प्रदेश सरकार मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने । सो को लागि लाग्ने आवश्यक खर्च प्रदेश सरकारलाई प्रस्ताव गर्ने ।३) प्रदेश भित्रका ५० शैया भन्दा माथिका सरकारी, निजि र सामुदायिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको उपचारको लागि सम्पर्क व्यक्ति तोकेर कम्तीमा १० जना चिकित्सक र स्वास्थ्यकर्मी सहितको जनशक्तिको नामावली ३ दिनभित्र कर्मचारी व्यवस्थापन समितिका संयोजकलाई उपलब्ध गराउने ।४) कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि (मुख्यमन्त्री आपतकालीन कोष) तत्काल खडा गरी संचालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने र कोषमा अन्य संघ(संस्था र व्यक्तिबाट समेत रकम जम्मा गर्न आव्हान गर्ने । प्रदेश विपद व्यवस्थापन कोषको रकम समेत यस कार्यमा उपयोग गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने ।५) कृषि तालिम केन्द्र, मालेपाटन, पोखरालाई आवश्यक सामग्री सहित क्वारेन्टाइन होमको रूपमा २४ घण्टाभित्र तयार गरिसक्ने, आवश्यक बजेटको प्रवन्ध तत्काल विनियोजित बजेटबाट सामाजिक विकास मन्त्रालयले गर्ने ।६) प्रदेशमा संचालनमा रहेका ५० शैया भन्दा माथीका निजी, सरकारी र सामुदायिक अस्पतालले आफ्नो क्षमताका आधारमा भेन्टिलेटर, बेड लगायत आवश्यक औजार, उपकरण र अन्य सामग्री अनिवार्य रूपमा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने ।७। हाललाई प्रदेश भित्रका निजी, सरकारी र सामुदायिक अस्पतालमा आकस्मिक र ज्वरो क्लिनिक (ँभखभच ऋष्लिष्)अनिवार्य रूपमा संचालन गर्ने र ओपीडी सेवा बन्द गर्ने । उक्त अस्पतालहरूले कम्तिमा ५० थान पिपिई तयारी अवस्थामा अनिवार्य राख्ने ।८) विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरी नेपाललाई पनि संक्रमणको उच्च जोखिममा राखी विशेष परिस्थितिको अवस्था सिर्जना भएकोले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि विनियोजित बजेट रकम खर्च गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद गर्न आवश्यक व्यवस्था मिलाउने ।९) प्रदेशका हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला समेतको बजार अनुगमन तथा नियमन समिति गठन गरी अनुगमन कार्यलाई प्रभावकारी बनाई दैनिक उपभोग्य लगायत अन्य अत्यावश्यक वस्तु र सेवाको आपूर्तिलाई चुस्त–दुरुस्त बनाउने । बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सृजना गर्ने, जम्माखोरी, कालोबजारी तथा मिसावट गर्ने, गराउनेलाई प्रचलित कानुन बमोजिम तत्काल कडा कारबाही गर्ने ।१०) आपूर्ति व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुशासन हेर्ने सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्का र आर्थिक मामिला तथा योजना मन्त्रालयका उप–सचिव ध्रुव पाण्डे सदस्य रहने गरी (आपूति सहजीकरण समिति) गठन गरी आवश्यक कार्य गर्ने ।११) तत्कालका लागि मिति २०७६।१२।११ गते बिहानदेखि सरकारी तथा निजी स्कुल, कलेज र विश्वविद्यालय २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने ।१२) तत्कालका लागि मिति २०७६।१२।११ गते बिहानदेखि भेला, बैठक, महोत्सब, तालिम, गोष्ठी, सेमिनार लगायतका सबै कार्यक्रम २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने ।१३) प्रदेश प्रवेश गर्ने त्रिबेणीधाम, दाउन्ने, रामदी, आबुखैरेनी, बुर्तिबाङ, गैंडाकोट, आरूघाट, कोरोला र रुइला लगायतका सम्पूर्ण नाका मिति २०७६।१२।११ गते बिहानदेखि एक हप्ताका लागि बन्द गर्ने ।उक्त सीमा नाकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वास्थ्यकर्मी सहितको एकीकृत हेल्थ डेस्क स्थापना गरी संचालन गर्ने ।१४) प्रदेशभित्र रहेका धार्मिक स्थल, मठ(मन्दिर, गुम्बा, मस्जिद, चर्च, सांस्कृतिक केन्द्र, सिनेमा हल, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, संग्रहालय, स्वीमिङ पुल, मनोरंजन स्थल, डान्सबार तथा क्लब आदिलाई २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने, यसको अनुगमन हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने बजार अनुगमन तथा नियमन समितिले गर्ने ।१५) अत्यावश्यक सेवा र सामग्री जस्तै औषधि, उपकरण, पानी, एम्बुलेन्स, सरसफाई, दुध, तरकारी, फलफूल, पेट्रोलियम पदार्थ, खाद्यान्न आदि ढुवानी गर्ने सवारी साधन बाहेक अन्य सार्बजनिक सबारी साधनको आवागमन मिति २०७६÷१२÷११ गते बिहानदेखि एक साताका लागि बन्द गर्ने ।१६) कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित १० वटा विषयगत समिति अस्पताल व्यवस्थापन समिति, कर्मचारी व्यवस्थापन समिति, सूचना तथा संचार व्यवस्थापन समिति, एम्बुलेन्स व्यवस्थापन समिति, क्वारेन्टाइन व्यवस्थापन समिति, द्रुत प्रतिकार्य समूह ९च्बउष्म च्भकउयलकभ त्भबm० तथा सर्भिलेन्स समिति, प्रयोगशाला तथा नमूना संकलन समिति, हेल्थ डेस्क व्यवस्थापन समिति, बजार अनुगमन तथा नियमन समिति र आपूर्ति व्यवस्थापन समितिले प्रभावकारी रुपमा आफ्नो कार्य सम्पादन गरी समन्वय समिति र निर्देशक समितिलाई संयोजकले जानकारी गराउने ।१७) शंकास्पद विरामीको नमूना संकलन गरी परीक्षण गर्न प्रयोगशाला स्थापना गर्न आवश्यक पहल गर्ने र हाललाई ल्याब टेस्टलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत अस्पताललाई सहजीकरण गर्ने ।१८) कोरोना भाइरसको संक्रमणको नियन्त्रण, रोकथाम र व्यवस्थापन कार्यमा खटिने कर्मचारीलाई बीमा, प्रोत्साहन भत्ता, सुरक्षा लगायतको प्रबन्ध गर्नका लागि प्रदेश सरकारलाई प्रस्ताव पेश गर्ने ।१९) तत्कालका लागि पिपिई १००० थान, इन्फ्रारेड थर्मामिटर १००० थान, मास्क ३० हजार थान, सेनिटाइजर र डिसइन्फेक्टेन्ट २०० लिटर लगायतका सामग्रीहरू तत्काल उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध गर्ने । बजारमा उपलब्ध हुनसक्ने स्थितिमा प्रदेशले आवश्यक उपकरण र सामाग्री खरिद गरी व्यवस्थापन गर्ने ।२०) लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रादेशिक सरुवा रोग अस्पतालको रूपमा स्थापना गर्न प्रदेश सरकार समक्ष प्रस्ताव पेश गर्ने ।२१) कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धी कार्यका लागि आवश्यक पर्ने सवारी साधनहरु विभिन्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रका संघ संस्थाले उपलब्ध गराउने ।२२) सम्पूर्ण प्रदेशबासीलाई अत्यावश्यक काममा बाहेक आवत(जावत, हिंडडुल नगर्न, नियमित रूपमा साबुनपानीले हात(मुख धुन, भिडभाडमा नजान, स्वास्थ्य सम्बन्धी कुनै समस्या परेमा नजिकको स्वास्थ्य संस्था वा प्रदेश सरकारद्वारा संचालित हेलो डाक्टर कक्षको फोन ०६१–५२४०७४ मा सम्पर्क गर्न र ७ जना भन्दा बढी मानिस भेला नहुन आम जनसमुदायलाई आह्वान गर्ने ।२३) कोरोना भाइरसको विश्वव्यापी माहामारी फैलिइरहेको यस कठिन घडीमा संयमित भई सजगता अपनाउने सम्पूर्ण प्रदेशबासी, सहि सूचना प्रवाह गर्ने संचारकर्मी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी , कर्मचारी, नागरिक समाज, संघ संस्था, सरोकारवाला लगायत सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्ने गरेको हो ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६ ०१:०१