विष्णु कुमार शाही सुर्खेत । एतिखेर पुरै देश एक साताको लागि लकडाउनमा गुज्रीरहेको छ । देशले पहिलो पटक लकडाउन अर्थात जनता कर्फर्यु ब्यहोरी रहेको छ । कणार्ली प्रदेश सरकारले कोरोना माहामारीलाई रोकथाम गर्न विभिन्न उपायहरु अपनाई रहेका बेला यहाँका नेताहरु कहाँ के गर्दै छन त ?
कर्णाली प्रदेशका सभामुख राज बहादुर शाही कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले विश्वब्यापि महामारीको रुपमा फैलिएको (कोभिड-१९ ) कोरोना भाईरसको विरुद्धमा आम नेपालीहरु एक ठाँउमा रहेर प्रतिवाद गर्न आग्रह गर्नु भएको छ । जस्तोसुकै परिस्थितिलाई सामना गर्दै यस महामारिको विरुद्धमा हामी नेपालीहरु एकठाँउमा रहेर सामना गर्नुपर्दछ शाहीले भन्नु भयो ।
संघिय सरकारले ल्याएको लकडाउनलाई सबै आम नेपालीले पालना गरि सरकारलाई सहयोग गरि कोरोना भाईरसलाई भगाउनु आजको आवश्यकता रहेको बताउँदै सबै जनता आ-आफ्नै घरमा बसि अति आवश्यक काम बाहेक जथाभावी घरबाहिर ननिस्किन आग्रह गर्नु भएको छ । जनतालाई अति आवश्यक दैनिक उपभोग्य सामानको व्यवस्था राज्यले उपलब्ध गराउनुपर्ने व्यवस्था राज्यले गर्नु पर्छ, गर्छ पनि सभामुख शाहीले भन्नु भयो ।
सभामुख शाहीले सरकारले लगाएको लकडाउन परिस्थिति र समय अनुकुल स्वागत योग्य भएको बताउँदै यो महामारी कोरोना विरुद्ध लकडाउन बाहेक अरु विकल्प नभएको बताउनुभयो । यो समयमा आफु कानुनका किताब लगायत अन्य पुस्तकहरुको अध्ययन गरिरहेको बताउँदै अनलाईन पत्रपत्रिका हेर्ने टिभि हेर्ने र विहान घरमै हल्का एक्सरसाईज (मर्निङवाक) गर्ने गरेको बताउनुभयो ।
जिवन बहादुर शाही प्रतिपक्ष दलका नेता कर्णाली प्रदेशको प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जिवन बहादुर शाही घरमै बसेर अध्यान गर्न समय नमिलेका पुस्तकहरु पढ्दैहुनुहुन्छ । अंग्रेजी यूक्यान सेर नामक पुस्तक , मान्नवि र नेपाली कांग्रेसका नेता नरहरि आचार्यले लेख्नुभएको गणतन्त्रको यात्रा नामक पुस्तक अध्यान गरिरहेको बताउनुभयो ।
शाहीले सरकारले गरेको यो निर्णय स्वागतयोग्य भएको भन्दै दुईचार दिन पहिले गर्नुपर्ने हो अझै ढिला भएको बताउनुभयो । वुुहान प्रान्तमा चिनले दुई महिना नै लकडाउन गरेकाले पुरै नियन्त्रणमा लिइसकेको उहाँले बताउनुभयो । बाँचेपछि पो सबै हुने भन्दै पहिला बाँच्नुपर्ने त्यसको लागि एक मात्र उपाय भनेको भिडभाँड र हुलहाल नगर्ने बाहेक अरु उपाय नभएको भन्दै सरकारले गरेको लकडाउनको निर्णय सबैले पालना गर्न आग्रह गर्नुभयो ।
गुलाबज¨ शाही नेपाल कम्युनिष्ट पार्टीका सचेतकसुर्खेतमा नै रहेर आफ्नो कोठामा नै बसेर अध्ययन गरिरहेको बताए । अघिपछि विभिन्न कार्यक्रममा ब्यस्त रहने भएकाले यो लकडाउनको समयलाई सदुपयोग गर्दै आफुले नियमावलि आचारसंहिता र फौजदारी कानुन २०७४ अध्ययन गरिरहेको बताउनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाविरुद्ध लड्नु एक मात्र उपाय भनेकै लकडाउन रहेकाले यसलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । म आम नेपालीलाई घरमै बसेर आफुपनि बाँचेर अरुलाई पनि बचाउँन आवहान् गर्दै हुलहाल र भिडभाँड नगरिदिन म अनुरोध गर्दछु शाहीले भन्नु भयो ।
दिनबन्दु श्रेष्ठ आर्थिक लेखा समिति संयोजकआफु गृह जिल्ला जुम्लामा रहेको बताउँदै यो समय भनेको आम जनताहरुलाई हतोत्साहित होईन सम्झाई बुझाई गर्नु, सान्तवणा दिनु रहेकाले सबै नेपालीलाई घरमै बसेर यो महामारी रोग कोरोनाको विरुद्ध एकजुट हुन आव्हान गर्ने समय रहेको बताउनुभयो ।
अध्ययनको संगसंगै जिल्लाभरको स्थिति बुझिरहेको बताउँदै जिल्लाका सिमानामा रहेका स्थानिय सरकारसंग क्वारेनटाईनको व्यवस्था मिलाउनमा व्यस्त रहेको बताउनुभयो । जिल्लामा आपतकालिन विपत व्यावस्थापन कोष स्थापना गरेका छौ प्रदेश सरकारबाट कोषमा ५० लाख रकम हाल्न लगाएको बताउनुभयो ।
सरकारले गरेको लकडाउन निकै स्वागत योग्य भएको बताउँदै कोभिड १९ कोरोना विरुद्ध लड्न एक मात्र उपाय भनेको घर भित्रै बस्नु र एक अर्कामा भेटघाट नगर्नु हुलहाल नगर्नु नै रहेकाले सम्पूर्ण नेपालीले यो लकडाउनलाई पूर्ण रुपमा पालना गर्न अपिल समेत गर्नुभयो ।
हिम बहादुर शाही सचेतक प्रतिपक्ष दल नेपाली कांग्रेस
लकडाउनको समयमा आफ्नै घर गृह जिल्ला दैलेख रहेको बताउँदै सरकारले गरेको लकडाउनको आफू पुर्णरुपमा समर्थन रहेको बताउँदैआवश्यक परे अझै लकडाउनको समय बढाउनु पर्ने भन्दै यसलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । सबै आम जनतालाई आफ्नै घर भित्रबस्न अपिल गर्दै विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न जस्तोसुकै संकटलाई सामना गर्न तयार हुनुपर्ने बताउनुभयो ।
विश्वाका शत्तिशाली देशहरुमा कोरोनाले ठुलो संख्यामा ज्यान लिइरहेको बताउँदै यसको एकमात्र बच्ने उपाय भनेको आफ्नै घरमा बस्नु भिडभाड नगर्नु, हुलहाल नगर्नु रहेकाले यो लकडाउनलाई पुर्णरुपमा पालना गर्नुपर्ने बताउनुभयो । आफु अहिले घरमै बसिरहेको र भागवत , चण्डिपाठ र विपि कोईरालाद्धारा लिखित पुस्तकहरु अध्ययन गरिरहेको बताउनुभयो ।