दुनियाँको धेरै देशमा लकडाउन या त कर्फ्यू लगाइएको छ । प्राय देशले आफ्नो देशको सिमाना बन्द गरेका छन् । अन्तरदेशीय सडक यातायात मात्र होइन हवाई यातायात पनि बन्द गरिएको अवस्था छ । यतिबेला मानिसहरु घरघरमै छन् । केहिदिन घरमा बन्द भएर बस्नु पर्दा वर्षौ बितेजस्तो हुन थालेको छ । जब कि कोरोना भाइरस बारे हामीलाई गएको डिसेम्बरमा मात्र थाहा भएको हाे ।वैज्ञानिकहरु कोरोना भाइरस अनुसन्धानमा तल्लीन छन् । यसबारे विस्तृत पत्ता लगाउन दिन रात मेहनत गरिरहेका छन् । किन कि कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउन सकियोस् । तर भ्याक्सिन त परको कुरा दुनियाँले यस भाइरसको बारेमा पूर्ण जानकारी समेत प्राप्त गर्न सकेका छैनन् । तर यसको उत्तर खोज्न वैज्ञानिक मात्र होइन बन्द कोठा भित्र कैद भएका सम्पूर्ण मानिस लागेका छन् ।
कोरोना भाइरसबाट अहिलेसम्म ६ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । यसबाट मर्नेको संख्या ३० हजार नाघिसेकेको छ । मृतक संख्या कुल संक्रमितको करिब ५ प्रतिशत हो । के यो आँकडा ठिक हो ? सायद नहुन सक्छ । यो त कुल संक्रमणको एक हिस्सा मात्र हुन सक्छ । हामी त्यो विवरणको हिसाब गरिरहेका छौ जुन हाम्रो अगाडि आएका छन् । हामी त्या तथ्यांकको हिसाब गरिरहेका छैनौ जुन हाम्रो अगाडि आएको छैनन् ।
हामी यस्ता विवरण हेरिरहेका छ्रैनौ जुन संक्रमण कुनै मानिसमा भए पनि उसमा संक्रमणको कुनै पनि लक्षण देखा परेका छैन या त कुनै पनि प्रकारका कमजोरी देखिएको छैन । प्रत्येक मानिस स्वास्थ्य जाँचपछि मात्र थाहा हुन सक्छ कि भाइरस कसकसमा छ, कसकसमा छैन । अनि मात्र थाहा हुन सक्छ कोरोना भाइरसले कतिलाई कस्तो कस्तो तरिकाले संक्रमित बनाएका रहेछ भनेर । सामान्य लक्षण बाहेक के हुन सक्छ ? संभावित लक्षण के के हुन सक्छ? यो भाइरसको सामान्य लक्षण हेर्ने हो भने ज्वरो आउनु ल, सुख्खा खोकी हुनु यसको लक्षण हुन् । यदि यी लक्षण हुने हो भने कोरोना पोजेटिभ हुन सक्छ । कुनै कुनै अवश्थामा घाँटीमा खसखस , टाउको दुख्नु र झाडापखाला लाग्नु पनि यसको लक्षणको रुपमा देखा परेका छन् । त्यस्ता टेस्टमा पनि कोरोना पोजिटिभ रिजल्ट आएका छन् । भर्खरै अर्को नयाँ लक्षण पनि देखा परेको छ । कुनै पनि गन्ध थाहा नपाउनु पछि पत्ता लागेको नयाँ लक्षण हो । रुघा लाग्नु , सामान्य खोकी ,हाछ्छिउ आउनु हो त ? खासमा भन्ने हो भने केही केसमा यस्ता लक्षण पनि देखिएको छन् । केही अनुुसंधानका अनुसार केही व्यक्तिमा कोरोना पोजिटिभ भए पनि कुनै पनि लक्षण नदेखिने कुरा पत्ता लागेको छ ।
वुहानको एउटा मासु पसलमा जंगली पशुपन्छीको पाइन्थ्यो । एक वृद्ध दम्पतीले त्यही पसलबाट चमेरोको मासु किनेर खाए । त्यसपछि त्यहीबाट कोरोना भाइरस संक्रमण फैलियो । भाइरस चमेरामा हुने भाइरससँग मिल्दो जुल्दो भएको मानिन्छ । अर्को तर्कका अनुसार चमेराबाट सिधै मानिसमा नआएको पनि भनिन्छ
केटाकेटीले कसरी यो भाइरस फैलाउछन् ?भनिन्छ कोरोनाबाट सबै भन्दा बढी खतरा बुढापाकालाई छ । तर यसको अर्थ यो होइन कि केटाकेटीलाई यो भाइरसको संक्रमणले छुँदैन । तर केटाकेटीमा कोरोना संक्रमणको असर कम पाइएको छ । केटाकेटीले यो भाइरस फैलाउन मुख्य भूमिका खेलेको हुन्छन भन्ने कुरामा हामी इन्कार गर्न सक्दैनौ किनकि बच्चा साभूहिक रुपमा स्कुलमा पढ्ने , पार्कमा खेल्ने हुनाले भाइरस एकबाट अर्कामा छिटो सर्ने गर्छ तर यिनीहरुमा संक्रमण भने देखिदैन । उनै बच्चालाई मात्र असर देखिन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ ।
कहाँबाट आयो कोरोना ?सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा यो भाइरस पाइएको थियो । वुहानको एउटा मासु पसलमा जंगली पशुपन्छीको पाइन्थ्यो । एक वृद्ध दम्पतीले त्यही पसलबाट चमेरोको मासु किनेर खाए । त्यसपछि त्यहीबाट कोरोना भाइरस संक्रमण फैलियो । भाइरस चमेरामा हुने भाइरससँग मिल्दो जुल्दो भएको मानिन्छ । अर्को तर्कका अनुसार चमेराबाट सिधै मानिसमा नआएको पनि भनिन्छ । कुनै रहस्यमय जीवको माध्यमबाट मानिसमा आएको तर्क गर्नेहरु पनि छन । त्यो रहस्यमय जीव के हो भन्नेबारे पुष्टि भइसकेको छैन । हुन सक्छ यसको संक्रमण आउँदो दिनमा अझ बढ्न सक्छ ।
के गर्मी मौसममा कोरोनना संक्रमण घट्न सक्छ ?सामान्य रुघाखोकी जाडोमा बढी र गर्मीमा कम हुने गर्छ । तर यसबारे वैज्ञानिकहरु नै अनविज्ञ छन् । कोरोना भाइरसले गर्मीमा पनि फैलिन सक्छ कि भनेर । जाडोको तुलनामा गर्मीमा यसको संक्रमणमा केही कमी आउँछ भन्ने चाँही पुष्टि भइसकेको छ । त्यसलाई ब्रिटिस सरकारका सल्लाहकारले स्पष्ट पारिसकेका छन् । कोरोना भाइरसमा मौसम परिवर्तनको असर के हुन्छ भन्ने भने सबै अनविज्ञभएको उनीहरुले बताएका छन् । यदि गर्मीमा यसको संक्रमण घट्यो भने जाडोमा बढ्ने निश्चित नै छ । त्यसबेला अस्पताल र चिकित्सकलाई यो समस्यासँग जुध्न निकै गाह्रो पर्न सक्छ । जाडोमा रुघा खोकीको बिरामी बढी हुन हुन्छन् ।
किन तीव्र रुपमा फैलिँदैछ कोरोना ?अधिकाँश मानिसमा कोविड–१९ को लक्षण सामान्य देखेता पनि २० प्रतिशत मानिसमा यसको लक्षण तीव्र देखिएको छ । तर किन ? भन्ने प्रश्न हाम्रो अगाडि छ । यसको पूर्ण सम्वन्ध मानिसको रोगसँग लड्नु सक्ने क्षमतामा आधारित हुन्छ । साथसाथै वंशाणुगत गुण सँग पनि सम्बन्धित छ । रोग प्रतिरोधी क्षमताले कहिलेसम्म लड्न सक्छ ? यो भाइरससँग लड्ने क्षमता कतिहुनु पर्छ भन्ने र कसको कति रोगसँग लड्ने क्षमता हुन्छ भन्ने केहि प्रमाण त छैन तर यदि कसै यो भाइरसको चपेटामा आएर पनि रोगसँग जुधिरहेको छ भने बुझ्नुहोस् कि उसले त्यससँग लड्ने क्षमता निरन्तर विकसित गरिरहेको छ भनेर । यो भाइरस नै नयाँ भएकोले योसँग कसरी लड्ने भन्ने कुराबाट नै अन्जान छ हाम्रो शरिर । बाहिरीकुरा र हाम्रो रोग प्रतिरोधि क्षमतामा प्रतिस्पर्धात्मक सम्बन्ध हुन्छ । जसरी संक्रमण बढ्दै जान्छ त्यसैगरी हाम्रो रोग प्रतिरोधी क्षमता पनि विकसित बन्दै जान्छ । तर अब के हुनेवाला छ त्यो अत्यन्तै गम्भीर प्रश्न हाम्रो सामु छ ।
के भाइरस परिवर्तित हुन्छ ?अवश्य पनि भाइरस परिवर्तनशील हुन्छ । १ लाख वर्ष अगाडिको मान्छेको स्वरुप र आजको मान्छेको स्वरुप फरक भएजस्तै भाइरसको रुप र क्षमता पनि परिवर्तित हुन्छन् । भाइरसको जीवन चक्र छोटो हुने हुनाले यो झन् छिटोछिटो परिवर्तनशील हुन्छन् । तर यसको जेनेटिक काड भने परिवर्तनशील हुदैनन् । तपाईलाई लाग्न सक्छ भाइरस झनझन शक्तिशाली बन्ला तर यसकुराको कुनै ग्यारेन्टी हुदैन । यदि यो भाइरस अझै परिवर्तन भयो भने वर्तमानको अवस्थाको जेनेटिक कोडिङ्गको आधारमा पत्तालागेको औषधि पछि काम नलाग्न सक्छ । (बीबीसीको सहयोगमा)