बागलुङ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले एक महिनाको घरभाडा नलिने हुनुभएको छ । नगरप्रमुख नेपालीले आफ्ना विभिन्न स्थानमा भएका घरहरुको एक महिनाको ९ लाख ६५ हजार बराबरको घरभाडा छुट दिने हुनुभएको हो ।
कोरोना भाइरसको प्रभावले कसैले पनि काम गर्न नपाएको र उद्योगी व्यापारीले पनि व्यापार गर्न नपाएको अवस्थामा आफूले आफ्ना घरहरुमा भाडामा बस्ने, भाडामा लिएर व्यापार व्यवसाय गर्ने सबैलाई एक महिनाको भाडा छुट गरिदिएको उहाँले आफ्नो फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
संकटको समयमा सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।
उहाँको स्टाटस:
'विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसले गर्दा हामी संकटमा छौँ । ‘नोभेल कोरोना भाईरस (कोभिड–१९) ले गर्दा उद्योगी/व्यवसायीहरुले व्यापार गर्न नपाएको अवस्था छ । त्यसैगरी घर भाडामा बस्नेहरुले पनि केही काम गर्न नपाएको अवस्था छ । यो अवस्थामा उनिहरुका लागि थोरै भएपनि सहयोग गर्ने उद्धेश्यले म ढोरपाटन नगरपालिका नगर प्रमुख देव कुमार नेपाली र मेरो धर्मपत्नी छेला नेपालीको नाममा काठमाण्डौ, पोखरा र बागलुङको ढोरपाटन नगरपालिकामा रहेका घरहरुमा आफ्नो व्यवसाय सञ्चालन गरेका र घरभडामा बस्नेहरुका लागि तपशिल अनुसार १ महिनाको घरभाडा छुट दिने घोषणा गरेको छु ।तपशिल ःकाठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा–सानिमा बैंक – रु. ७०,०००/––अलकर्नेस मेनपावर– रु. ६५,०००/––आर.वि.फ्लोरीङ्ग एण्ड फर्निसिङ प्रा.लि.– रु. ७५,०००/––अर्जुन ईन्टर प्राईजेज (बजाज स्वरुम)– रु. ७५,०००/––भुषण रत्न ज्वयलर्स – रु. ४५,०००/––सुखद प्रभात सहकारी– रु. ५०,०००/––सविन के.सी. – रु. १५,००० /––एस्टर फर्मा स्यूटीकल्स – रु. ५०,०००/––विजय राई – रु. २५,०००/––मिन बहादुर तामाङ – रु. १५,०००/–पोखरा महानगरपालिका–प्रमोद शाह (पृथ्वीचोक) –रु. १,००,०००/––टेस्टवाई सपिङ सेन्टर (सृजनाचोक) – रु. ६०,०००/–– दिपक पौडेल (सृजनाचोक) – रु. ६०,०००/–– विजय बोगटी (सृजनाचोक) – रु. ६०,०००/–– शेर बहादुर गुरुङ (रत्नचोक) – रु. ३०,०००/–– हरीमायाँ फगामी (रत्नचोक) – रु. १५,०००/–– कमला खड्का (रत्नचोक) – रु. १५,०००/–– शिला घर्ति मगर (रत्नचोक) – रु. ३०,०००/–्– याङ्गजेङ्ग (हेम्जा) – रु. ३०,०००/–ढोरपाटन नगरपालिका, बुर्तिबाङ– झक बहादुर शाही – रु. ५०,०००/–– ईमेज सहकारी – रु. ३०,०००/–
यो संकटको घडीमा हामीले मानवियताका हिसाबले एकअर्कालाई सक्दो सहयोग गर्न सक्नुपर्छ ।'