आनन्द गुरुङकाठमाडौ । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आकाशबाटै लकडाउन निगरानी गरेको छ । प्रहरीले ड्रोन प्रयोग गरेर लकडाउनको बेला मानिस आवतजावत नियाल्न थालेको हो ।
उपत्यका विभिन्न १५ स्थानमा ड्रोनबाट लकडाउन निगरानी भइरहेको प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । ‘अहिलेको अवस्थामा सबै ठाउँमा प्रहरीले सडकबाट मात्र निगरानी गर्न सक्ने अवस्था छैन, त्यही भएर ड्रोन प्रयोग गरिएको हो’ उहाँले भन्नुभयो, सर्वसाधरणको हिड्डुल तथा गाडीको आवतजावत ड्रोनबाटै अनुगमन गरेका छौं । ड्रोनबाट त्यसलाई नियन्त्रण गर्न निकै सहज भएको छ ।’
लकडाउन निगरानीमा ४ वटा ड्रोन प्रयोग गरिएको प्रहरी प्रवक्ता जोशीले जानकारी दिनुभयो । ड्युटीमा खटिएका प्रहरी आफैँ पनि कत्तिको सजग भएर काम गरिरहेका छन् र उनीहरूको अवस्था कस्तो छ भनी थाहा पाउन पनि ड्रोनले सहयोग गरिरहेको उहाँको भनाई छ ।
प्रवक्ता जोशीका अनुसार काठमाडौंको मैतीदेवी, मैतिदेवी, नयाँ बसपार्क, रत्नपार्क, थापाथली, त्रिपुरेश्वरमा बल्खु, बानेश्वर, चावहिल, चक्रपथ, गौशाला, ग्वार्को, कलंकी र कालिमाटी तथा ललितपुरको लगनखेल, सातदोवाटोमा ड्रोन प्रयोग गरिएको जानकारी दिनुभयो । चीन, अमेरिका, स्पेन र फ्रान्स लगायतका राष्ट्रमा पनि लकडाउन निगरानी गर्न ड्रोनको प्रयोग भइरहेको छ