प्रतिक पौडेलकपिलवस्तु । रुपन्देहीको सिमावर्ती क्षेत्र भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै भारतीय खुला सीमा शील गर्ने तयारी भएको छ ।
जिल्लाभित्र भारतीय खुला सीमा शील गर्न लागिएकाे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । प्रजिअ पन्थले भन्नुभयो, 'सीमाक्षेत्रमा हामीले एकले अर्कोलाई देख्ने गरी शसस्त्र प्रहरी परिचालन गर्न लागेका छौँ, केही स्थानमा शनिबारबाटै र बाँकी आइतबार शील गर्छाै ।'रुपन्देहीको दक्षिणि क्षेत्रमा रहेको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपास ६ जनामा शनिबार बिहान कोरोना संक्रमण भेटिएको थियो ।
सिमावर्ती भारतीय गाउँमा कोरोना संक्रमण भेटिएको जानकारी पाएसँगै रुपन्देही पुरै त्रसित भएको छ ।
शनिबार भेटिएका संक्रमितहरु दिल्लीको तबलिगी मरकजमा सहभागी भई आएको व्यक्तिहरु भएको खुलेको छ । उनीहरुलाई भारतीय प्रहरीले बुधबार नियन्त्रणमा लिएर बीआरडी मेडिकल कलेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो ।
भारतको कोल्हुइ रुपन्देहीको मर्चवारबासीको प्रमुख बजार हो । खुला सिमानाका कारण तरकारी साइकल तथा मोटरसाइकलबाट मर्चवार हुँदै नेपाली बजारमा आईपुग्ने गरेको छ ।
खुल्ला सीमाका कारण जोखिम बढेसँगै प्रहरीले सुरक्षा सर्तकता बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले बताउनुभयो ।
रुपन्देहीको सीमा क्षेत्र शील गर्नका लागि थप २ सयजना जनशक्ती माग भएकोमा शनिबार साँझ ८० जना आईसकेको र उनीहरुलाई सीमा क्षेत्रको सुरक्षामा पठाएको शसस्त्रका ३८ नम्बर गुल्म हेडक्वाटर रुपन्देहीका शसस्त्र प्रहरी उपरीक्षक तेज कुमार पोख्रेलले बताउनुभयो ।