काठमाडौं । विश्वलाई सताइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिने खोप तयार भएको छ । खोप कोरोना भाइरसको उद्गमस्थल चीनले नै तयार पारेको हो । चीनले लामो प्रयास र परीक्षणपछि कोरोना विरुद्धको खोप बनाउन सफल भएको हाे। चीनमा शनिबारदेखि कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन थालिएको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले जानकारी दिनुभएको छ । चीनले शनिबार सय जनाभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएको छ ।
चीनले परिणाम हेरेर तुरुन्तै अर्बौको संख्यामा खोप वितरण गर्ने जनाएको छ । अमेरिका पनि खोपकाे परीक्षण अन्तिम चरणमा पुगेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदैछन् । कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।
जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् । यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् । मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ । यी औषधिको सफलता सोंचेभन्दा राम्रो आएको छ । सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन् ।
बेलायतमा ७१ वर्षका राजकुमार चार्ल्सलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ ‘यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन’ डा. पाण्डे भन्नुहुन्छ, ‘आयुर्वेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ । छिमेकी मुलुक भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर जाँच गर्दैछ । त्यो किट सस्तो एवं भरपर्दो मानिएको छ । यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।
नेपालकाे विभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ । नेपालमा जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ । ‘यदि नेपालमा कोरोना फैलिएमा चीन, भारत लगायतका देश सहयोग गर्न तम्तयार भएका छन् ’ उहाँ भन्नुहुन्छ, कोरोना संक्रमणबाट बालबालिका तथा युवावर्ग सुरक्षित भएको हुँदा बच्चाका लागि आमाबुवाहरुले डर मान्नुपर्दैन । हामी नेपालीले बिसिजीको खोप लगाएका छौं , समयसमयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौं , जोखिम न्यून छ ।’