यतिबेला विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको भयावह अवस्थाबाट गुज्रिरहेको छ । यो महामारीले विश्व मानव समाज प्रभावित भएको छ । लाखौं मानिस संक्रमित भएका छन । कोरोनाबाट अहिलेसम्म करिब ७० हजारको मृत्यु भइसकेको छ । यो तथ्यांकलाई हेर्ने हो भने संक्रमित हुनेको संख्या अझै तीब्र गतिमा बढ्ने आकलन गर्न सकिन्छ । यस्तो विकराल अवस्थाबाट विदेशमा रहेका नेपालीमा अकल्पनीय असर देखिन थालेको छ । अति प्रभावित देशमा बसोवास र्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई यो महामारीबाट सुरक्षित रहनको विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ ।
नेपालमा पनि संक्रमण बढ्ने क्रममै छ । संक्रमणलाई बढ्न नदिन सरकारले विभिन्न प्रयास गरिहेको छ । कोरोना संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लकडाउन भइरहेको छ । सरकारबाट भएका निर्णय, प्रयास र केही प्रश्न उठेका छन । समयक्रममा उठेका विषयको उचित सम्बोधन हुनुपर्छ र हुने नै छ । यो महामारीबाट कम क्षति हुनेगरी जोगिनको लागि सरकारले गरेको निर्णय र निर्देशनलाई इमानदारिता साथ पालना गर्नुपर्छ ।
यो चुनौतीको सामना गर्न सबै राजनीतिक शक्ति दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारले अगाडि सारेको योजनालाई साथ दिने र सहयोग गर्ने अहिलेको सबैको दायित्व हो । न कि बेमौसमी विषय उछालेर परिस्थितिलाई भड्काएर धमिलो पानीमा माछा मार्ने खालको अभिव्यक्ति र भूमिकाले दल र नेताको छविलाई धुमिल पार्नेछ
१ प्रदेश र स्थानीय सरकारले आफ्नो भूमिकालाई बढाउँदै हुनुहुन्छ, तर यो भूमिमा स्वतःस्फूर्त मात्र नभई केन्द्र सरकारले गरेको निर्णय र निर्देशन अनुसार योजनावद्ध र प्रभावकारी तवरले परिचालन हुनुपर्छ । यो वेला सबै तहका सरकार र त्यसको नेतृत्वले आफूलाई अव्लब सावित गर्ने अवसर पनि हो ।
२, यो विषम परिस्थितिमा अग्र मोर्चामा खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबललाई उच्च बनाई राख्नुपर्छ । अहिलेको चुनौतीको सामना गनें भूगोलको कमान्डर भनेको उहाँहरू नै हो ।
३, यो चुनौतीको सामना गर्न सबै राजनीतिक शक्ति दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारले अगाडि सारेको योजनालाई साथ दिने र सहयोग गर्ने अहिलेको सबैको दायित्व हो । न कि बेमौसमी विषय उछालेर परिस्थितिलाई भड्काएर धमिलो पानीमा माछा मार्ने खालको अभिव्यक्ति र भूमिकाले दल र नेताको छविलाई धुमिल पार्नेछ । यो बेलामा सरकारले, क्रियाशील राजनीतिक पार्टी, नागरिक समाज र विपद संग सम्बन्धित प्रवुद्ध व्यक्तिबाट आवश्यकता अनुसार सल्लाह सुझाव लिने र त्यसको उचित सम्बोधन गर्नुपर्छ ।
४, विपदको अवस्थामा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ । आधिकारिक धारणालाई सकारात्मक तवरले सम्प्रेषित गर्दा नै सञ्चार माध्यमको गरिमा र विश्वसनीयता रहन्छ । अदृश्य शक्तिको योजनामा, असामान्य अवस्थाको फाइदा उठाएर सरकारलाई कमजोर बनाउने गरि प्रसारण हुने समाचारले सरकारलाई मात्र हैन यो वेला देशलाई नै कमजोर बनाउँछ भने दुई सातादेखि बन्दान्दीको कठीन जीवन गुजारिरहेका आम समुदायलाई निरूत्साहित पार्छ यसतर्फ सचेत रहनको लागि सञ्चार माध्यम र सञ्चारकर्मीको ध्यान जानुपर्छ ।
५, दैनिक ज्यालादारी र शारीरिक श्रमबाट जीवन यापन गरिरहेका आम श्रमिक, विपन्न वर्ग र समुदायको जीवन रक्षाको लागि तथ्याङ्क संकलन, राहत प्याकेजको घोषणा गर्ने र प्रदेश र स्थानीय सरकार, विभिन्न संघ संस्था, समूह र व्यक्तिगत तवरबाट राहत वितरण शुरु भएको देखिन्छ । विपदको वेलामा सहयोगी मन देखिनु राम्रो हो, उहाँहरूलाई प्रोत्साहित गर्ने, उत्पेरित गर्ने अरूलाई पनि यो अभियानमा आकर्षित गर्नुपर्छ । अनियमितता हुन नदिन विशेष सजगता अपनाउँदै लक्षित समुदायसम्म पुग्ने गरी संकलन र वितरणमा एकद्वार प्रणाली अपनाउने काम कडाइका साथ लागू गर्नुपर्छ ।
निर्णय प्रक्रियामा पारदर्शिता, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको कार्यशैली र भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता विषय सार्वजनिक नेतृत्वमा रहनुभएका सबैले अवलम्बन गर्नुपर्ने कुरा हो । जीवन त अस्थायी हो भने पद प्रतिष्ठा चौतारीको बिसौनी जस्तै हो। अवसर सिमित अवधिको लागि मात्र हुन्छ । त्यसैले अहिलेको विषम परिस्थितिमा केन्द्र, प्रदेश र स्थानीय तहको सार्वजनिक जिम्मेवारीमा नेता तथा कार्यकर्ताले आम जनता र पार्टीको शिर उच्च हुने कार्य गर्नुपर्छ
६, लकडाउन शुरु भए पछिको यति लामो समयसम्म पनि भारतीय भूमिमा काम गरिरहेका नेपाली आउने क्रम जारी छ । यसले संक्रमण बढ्न सक्ने सम्भावनालाई बढाएको छ । छिमेकी मुलुकमा ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका श्रमिकहरू जिउको सुरक्षा खोज्दै आफ्नो देश आउन खोज्दा प्रवेश गर्न नदिने जायज होइन । । उनीहरुलाई आउन नदिनु वा उनीहरुलाई सुरक्षित अवस्थाको व्यवस्था नगरी सीमामै रोक्नु नमानवीय व्यवहार हो । यो बेलामा मानवीयता सँगै सम्भावित संक्रमणको पक्षलाई ख्याल गरिनुपर्छ । यसको लागि तत्काल भारत सरकारसँग द्विपक्षीय छलफल गरेर त्यहीँ नै सुरक्षित बसोवास गर्ने व्यवस्था गर्ने, सिमानामा आइसकेका हरूलाई न्यूनतम सुविधा सहितको क्वारेन्टाइनमा अनिवार्य बस्ने व्यवस्था गर्ने र आवागमनमा पूर्ण रोक लगाउनुपर्छ । यस्तो असामान्य अवस्थामा पनि सिमानामा जुनसुकै बेला पनि भिड देखिने कुरा नियामक निकायलाई सुहाउँदो विषय हुनु हुन्न ।
७, शहरी क्षेत्रमा अति आवश्यक वस्तुको खरिद गर्ने समय, कतै बिहान कतै बेलुकाको छोटो अवधिको लागि तोकेको भन्ने छ । छोटो समयको लागि मात्र खुल्ला गर्दा त्यहि वेलामा मानिसको भीड जम्मा हुने, जसको कारण संक्रमणको जोखिम बढ्ने देखिँदैछ, यसलाई पुनर्विचार गरि एकरुपता ल्याउन पर्छ । औषधि, खाद्यान्न, पानी, दुध र दुधजन्य पदार्थ र तरकारी पसल स्वास्थ्य सम्बन्धी मापदण्ड भित्र रहेर बिक्री वितरण गर्न पाउने गरी स्थानीय सरकारको निर्णय र वडा कार्यालयको नियन्त्रणमा रहने गरि दिनभरि नै खोल्न पाउने र उपभोक्ताले सामाजिक दुरी कायम गरेर किन्न पाउने व्यवस्था गर्नुपर्छ । यसरी खोल्न दिंदा अवस्था असामान्य हो भन्ने बुझिने गरी जनचेतना मूलक सन्देश प्रवाह गर्ने र प्रभावकारी अनुगमन वडा कार्यालय र स्थानीय प्रहरीबाट गर्ने गरी व्यवस्था गर्नुपर्छ ।
८, यस महामारीबाट आफू पनि जोगिने अरूलाई पनि जोगाउने एक मात्र उपाय भनेको सरकारले जारी गरेको सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डलाई प्रत्येक नागरिकले आत्मसाथ गरेर नै हो । अति सम्पन्न भनिएका देशले समेत आज यही विधि र तरिकालाई कडाइका साथ अवलम्बन गरिरहेका छन । २०७४ सालको आम निर्वाचनमा नेपाली जनताले कम्युनिष्ट पार्टीले स्थापना कालदेखि नै उठाएका र समयक्रममा परिमार्जित हुँदै आएका जनपक्षीय मुद्दालाई अनुमोदन गरि केन्द्र र ६ वटा प्रदेशमा करिब प्रतिपक्ष विहीन अवस्थामा सरकार सञ्चालन गर्ने र प्रदेश २ मा सबैभन्दा ठूलो पार्टी बन्ने अवसर प्रदान गरेको छ । करिब ६० प्रतिशत स्थानीय तह नेकपाको नेतृत्वमा छ । पार्टी कस्तो भन्ने निर्वाचित जनप्रतिनिधिको भूमिकामा निर्भर रहन्छ । उनीहरूमार्फत नै पार्टीले अगाडि सारेका मुद्दालाई कार्यान्वयन गर्ने हो र पार्टीले त्यसलाई सहयोग गर्ने हो ।
दिवङ्गत नेताहरू र हजारौं शहीदको जीवनदान, अग्रज नेताहरूको जीनभरको योगदान, १० औँ लाख नेता तथा कार्यकर्ताको अहोरात्रको खटाई र लाखौं जनताको अपार मायाबाट अहिलेको उपलब्धी प्राप्त भएको हो । यो पंक्तिलाई उत्साहित बनाइराख्न, आम नेपालीको आसा एवं भरोसाको केन्द्रको रुपमा सरकार र पार्टीलाई नेतृत्व गरिरहनुभएको नेताहरूले केही कमी कमजोरीका बाबजुद भूमिका निर्वाह गर्नुभएको छ । निर्णय प्रक्रियामा पारदर्शिता, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको कार्यशैली र भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता विषय सार्वजनिक नेतृत्वमा रहनुभएका सबैले अवलम्बन गर्नुपर्ने कुरा हो । जीवन त अस्थायी हो भने पद प्रतिष्ठा चौतारीको बिसौनी जस्तै हो। अवसर सिमित अवधिको लागि मात्र हुन्छ । त्यसैले अहिलेको विषम परिस्थितिमा केन्द्र, प्रदेश र स्थानीय तहको सार्वजनिक जिम्मेवारीमा नेता तथा कार्यकर्ताले आम जनता र पार्टीको शिर उच्च हुने कार्य गर्नुपर्छ । अहिलेको सबैको अप्क्ष पनि यही हो ।