काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउनुभएको छ । प्रधानमन्त्री मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणप्रति सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
‘विश्वको अन्य मुलुकको तुलनामा हाम्रो मुलुकमा यसको असर कम छ’ प्रधानमन्त्रीले देशवासीलाई सम्बोभन गर्दै भन्नुभयो, ‘ हाम्रो मुलुकमा अहिलेसम्म ९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । तर पनि हामी उच्च जोखिममै छौ । मुलुकमा लकडाउन भइरहेको छ । दुई सातादेखि मुलुक लकडाउनमा छ ।’
प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणप्रथित सरकारले उच्च सतर्ककता अपनाएरहेको उल्लेख गर्नुभयो । ‘देशमा ३० हजार ५ सय ६६ क्वारेन्टाइन तयार भएको छ’ उहाँले भन्नुभयो, ‘अहिले ९ हजार १ सय ६८ जनालाई क्वारेन्टाइनमा छन् । मुलुकमा ३ हजार ३ सय ६६ आइसुलेसन तयार भएका छन् । ’
प्रधानमन्त्रीले कोरोना संक्रमण फैलिन नदिन नेपाल र भारतले संयुक्त रुपमा सतकर्ता अपनाइरहेको बताउनु भयो । ‘ २ हजार भन्दा नेपालीलाई भारततिरै क्वारेन्टाइनमा राखिएको छ’ उहाँले भन्नुभयो, करिब ७ सय जना भारतीय नागरिक नेपालको क्वारेन्टाइनमा छन् ।’
प्रधानमन्त्रीले कोरोना संक्रमणविरुद्धको अभियानमा खट्ने सुरक्षाकर्मीलाई विशेष सुविधा पाउने बताउनुभयो । ‘पहिलो घेरामा रहनेले शत प्रतिशत पाउँछन्, ’ उहाँले भन्नुभयो, ‘दोस्रो र तेस्रो घेरामा रहनेले ७५ र ५० प्रतिशत पाउँछन् ।’
प्रधानमन्त्रीले लकडाउन अवधिमा कोही पर्ने भोकले नमर्ने बताउनुभयो । ‘दैनिक ज्यालादारी गरेर जीवन गुजार्ने मजदुरहरु कोही पनि भोकै बस्न नपरोस् भनेर सरकारले राहत उपलब्ध गराएको छ ।’ उहाँले भन्नुभयो, ‘राहत स्थानीय तहको समन्वयमा वितरण कार्य भइरेहेको छ ।’ प्रधानमन्त्रीले महामारीकाे बेला सञ्चार माध्यमले संयमता अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।