कालो बादल मडारियो गगनमा, चम्कियो बिजुली किन,हेर्दाहेर्दै विश्वभर फैलियो, कोरोना भाइरस दिन दिन ।एक, सय, हजार, लाख हुँदै, फैलियो कुना कन्दरामा,रोक्ने छेक्ने तागत कुनै, कि छैन संसारमा ?
भय, डर, त्रास सर्वत्र जनमा, उद्धार कसो गरी ,विज्ञानै असफल भए जसो गरी, के विघ्न आयो कुन्नी ?ठूलो, सानो, देश, जात र धर्म नभनी, संसारमा सनसनी ,हिंडिरहेछ विश्व महादेश चहारी, ताण्डव्य नृत्य सरी ।।
इष्टमित्र, बन्धु, बान्धब बीचमा, भेट्घाट शून्य भयो,बन्द कोठा सिमित बीचमा, विश्व ब्रह्माण्ड झैं भयो ।जता हेर्यो उतै चिलबिल, के यस्तो देख्नु पर्यो ?आमा मर्दा संक्रमणको डरले, काजक्रिया नहुने भयो ।।
विज्ञानै थियो नयाँ आविष्कारले, संसार चम्काउन,कोरोना बल्झियो राक्षस सरी, ब्रह्माण्ड सिध्याउन ।यस्ता बिघ्न र बाधासँग लड्न, कुन शक्तिले सक्दछ ?एकै चिन्ता एउटै स्वरमा, जब संसार जाग्दछ ।।