माइकल ज्याक्सन १ सय ५० वर्ष बाँच्न चाहन्थे । कसैसँग हात मिलाउनु भन्दा पहिला पन्जा लगाउँथे । भीडमा जानुभन्दा पहिले मुखमा मास्क लगाउँथे । आफ्नो रेखदेखका लागि उनले १२ जना डाक्टर नियुक्त गरेका थिए । ती डाक्टरले उनको टाउकाको कपालदेखि खुट्टाको नङ्गसम्म दैनिक जाँच गर्थे । माइकल ज्याक्सनले खाने खानासमेत जाँच्नु पर्थ्यो । ल्याबमा खानाको चेक गरेपछि मात्र उनलाई खुवाउने गरिन्थ्यो । उनले आफ्नो व्यायामको लागि १५ डाक्टर नियुक्त गरेका थिए ।
माइकल ज्याक्सन काला जातिका थिए । उनले १९८७ मा प्लाष्टिक सर्जरी गराएर आफ्नो छालाको रंग सेतो बनाएका हुन् । सर्जरीबाट आफू गोरो भएपछि उनले काला जातिका आमाबुबा र साथीलाई पनि छोडेर गोरा जातिका आमाबुबा भाडामा लिए । माइकलले विवाहसमेत गोरी महिलासँग गरे । उनले आफ्नै नर्स डेबी रोसँग विवाह गरेका हुन् । उनको जीवनको लक्ष्य एउटै थियो, जसरी पनि १ सय ५० वर्ष बाँच्ने ।
माइकलले त्यसका लागि विभिन्न उपाय अपनाए । उनकाे ओछ्यान अक्सिजनयुक्त थियो । माइकलले आफूलाई आवश्यक परे अंगदान गर्ने दातासमेत तयार पारेका थिए । दाताकाे लागि आवश्यक पर्ने खर्च उनले नै दिन्थे । उनीहरुले माइकललाई आवश्यक पर्नासाथ आफ्नो फोक्सो, कलेजो, मृगौला र आँखा लगायत शरीरका कुनैपनि अंग दिनुपर्ने शर्त गराइएको थियो । माइकल ठान्थे, संसारमा सबै भन्दा शक्तिशाली पैसा हो । पैसाको शक्तिले मृत्युलाई समेत रोक्न सकिन्छ । मृत्युभन्दा पैसा नै बलवान छ । अन्ततः उनको यस्तो सोचाइ गलत सावित भयो । २५ जुन २००९ मा उनको मुटुको धड्कन रोकिन लाग्याे । उनको उपचारकै लागि घरमा १२ डाक्टर थिए । उनीहरुले माइकलको मुटुको धड्कन खुलाउने प्रयास गरे तर मुटुको धड्कन सुचारु भएन । । शहर भरका डाक्टरहरू उनको घरमा जम्मा भए । तर उनीहरुले माइकललाई बचाउन सकेनन् ।
माइकल ज्याक्सन बाँच्दा जसरी चर्चामा रहे । उनको मृत्यु पनि सबैका लागि चासो बन्यो । माइकलको अन्तिम संस्कार विश्वका चर्चित सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । उनको अन्तिम संस्कार संसारका साढे २ अर्ब मानिसले हेरे । यो हालसम्मको सबैभन्दा बढी हेरिएको लाइभ ब्रोडकास्ट हो
माइकल सधैँ डाक्टरको सल्लाह लिन्थे । उनले पछिल्लो २५ वर्षयता खाना समेत डाक्टरको सल्लाह अनुसार नै खाइरहेका थिए । तर पनि जीवको उतरार्धमा उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भइरहेको थियो । ५० वर्षमा पाइला टेग्दा नटेग्दै उनले हरेस खाइसकेका थिए । १ सय ५० वर्षसम्म बाँच्ने माइकलको सपना सन् २००९ जुन २५ को दिउँसो ३ः१५ बजे तुहिइयो । त्यसदिन उनले संसार छोडे । निधनपछि चिकित्सकले जब उनको पोष्टमार्टम गरे, रिपाेर्टमा माइकलको शरीर हड्डीको पुञ्ज बनेको पाइयो । उनको तालु पूर्ण रुपम खुइलिएको थियो । काँध र हड्डी भाँचिएका थिए । जोर्नी सबै फुत्किएका थिए । माइकलको शरीरमा असंख्य सुईको निशान थियो । वर्ण फेर्न गरिएको प्लाष्टिक सर्जरीनै जीवनको उतरार्धमा उनका लागि अभिसाफ बन्न पुग्यो । प्लाष्टिक सर्जरीको दुखाईबाट छुटकारा पाउन एन्टिबायोटिकका दर्जनौ सुई लगाउनु पर्यो ।
माइकल ज्याक्सन बाँच्दा जसरी चर्चामा रहे । उनको मृत्यु पनि सबैका लागि चासो बन्यो । माइकलको अन्तिम संस्कार विश्वका चर्चित सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । उनको अन्तिम संस्कार संसारका साढे २ अर्ब मानिसले हेरे । यो हालसम्मको सबै भन्दा बढी हेरिएको लाइभ ब्रोडकास्ट हो । माइकलको मृत्युको दिन अथवा दिउँसो ३ः१५ मा गुगल, ट्वीटर, इस्ट्यान्ट म्यासेन्जरलगायत सबै क्रयास् भएका थिए । यो खबर थाहा पाउने बित्तिकै गुगलमा ८ लाख मानिसले ज्याक्सनलाई सर्च गरेका थिए । धेरै सर्च भएका कारण गुगलमा अहिलेसम्मकै सबैभन्दा ठूलो जाम भएको थियो । गुगल त्यही कारण क्रयास् भएको थियाे । माइकलको निधन हुँदा गुगलले लगभग तीन घन्टासम्म काम गर्नै छोड्यो ।
पैसाको आडमा मृत्युलाई झुक्याउँछु भन्ने माइकल अन्ततः मृत्युसँग झुके । माइकल मात्र होइन पैसाले संसार जित्ने सपना देख्ने अरुको पनि हालत यस्तै भएको छ । के हामी बिल्र्डस, ईन्टिरियर डिजाइनर्स र डेकोरेटरका लागि कमाउँदै त छैनौँ ? विचार गर्नुहोस् हामीले ठूलाठूला घर र खर्चिलो विवाहले कसलाई आकर्षित गर्न खोजिरहेका छौं ? तपाईँलाई याद छ केहीवर्ष अघि कसैको विवाहमा के खानु भएको थियो भनेर ? जीवनको सुरुवाती चरणमा के हामी पशु जस्तै खटेर काम गर्दैनौ थियौ ? कति पिढीकाे खानपान र लालनपालनको व्यवस्था गर्नु छ हामीलाई ?
हिजोआज प्रायजसाेका दुई सन्तान हुने गर्दछ, कतिका त एकमात्र सन्तान पनि हुनेगरेका छन् । त्यसो हाे भने सोच्नुहोस् हाम्रा आवश्यकता कति हो ? हामी कति कमाउन चाहन्छौं ? के हाम्रो आउँदो पिढी कमाउनमा सक्षम छैन र ? हामीले आउँदो पिढीका लागि जम्मा गरिदिन खोज्दैछाैं। के हामी जीवनमा दैनिक आफ्नो शान्ति र स्वअध्ययनका लागि केही समय निकाल्न सक्दैनौ ? हामी स्लिपेजको शिकार हुनुभन्दा पहिले, कोलस्ट्रोलले हाम्रो मुटु ब्लक गर्नुभन्दा पहिले हामी कमाउनुको साथै आनन्द किन प्राप्त गर्न सक्दैनौं ? त्यसैले आनन्द प्राप्त गर्नुहोस् ।
वास्तवमा भन्ने हो भने हामी कुनै सम्पत्तिको मालिक हुँदैैनौ । मात्र केही कागजात र दस्तावेजमा हाम्रो नाम अस्थायी रुपमा लेखिएको हुन्छ । अनि हामीलाई लाग्न सक्छ यो जमीन हाम्रो हो । कसैको बारेमा उसको सानदार कपडा र ठूलो कार देख्दैमा धारणा नबनाउनुहोस् । जिन्दगीले हामीलाई आफ्नाे बनाउँनुभन्दा पहिला नै जिन्दगीलाई हामीले आफ्नाे बनाऔँ ।