कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक प्रभाव छाड्ने त निश्चित नै छ । कुनै रोगका कारण विश्व अर्थतन्त्रमै नकारात्मक अवस्था देखिने सम्भावना छ, जुन अहिलेसम्म भएको थिएन । धेरे मानिसको ज्यान लिएको र लिने हुनाले यो महामारी त हो नै, विश्वकै अर्थतन्त्रमा समेत संकट पनि ल्याउने हुनाले यो “महासंकट”हो । हामीले अप्ठ्यारोबाट जोगिएपछि कसरी अर्थतन्त्रलाई माथि उकास्न सकिन्छ र भावी संकटको समेत मुकाबिला गर्न सक्ने गरी कसरी विकास गर्न सकिन्छ ? भन्ने दृष्टिकोणबाट प्रेरित भएर रणनीति बनाउनु आवश्यक छ । यसो गर्न सकियो भने हाम्रा लागि कालो बादलमा देखिने चाँदीको घेरा सावित हुनेछ ।
पृष्ठभूमिआज विश्व कोभिड–१९,कोरोना भाइरसका कारण उत्पन्न महामारीले स्तब्ध छ, सतर्क छ । अझै पनि यसले कुन स्तरको प्रभाव पार्दछ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । नेपालमा थोरै संख्यामा मात्र संक्रमित भेटिए पनि यसले कसैको मृत्यु भएको छैन । तर पनि यसको प्रभाव अहिले नै यस्तो हुन्छ भन्न सकिने अवस्था छैन । यसबाट उत्पन्न हुनसक्ने डरलाग्दो अवस्थाकाबारेमा धेरैले चर्चा र परिचर्चा गरिरहेका छन्, तर म यसतर्फ प्रवेश गर्दिन ।
कारोनालाई महामारीको हिसावले मात्र हेरिनु हुँदैन । यो महासंकट नै हो । अर्थात, त्यस्तो संकट जसमा महामारी पनि मिसिएको छ । संकट, महामारी र महासंकटमा फरक छन् । संकट अर्थतन्त्रका मूलभूत समस्यासँग मात्र सम्बन्धित हुन्छ । सन् १९३० को दशकभरि आर्थिक संकट देखिएको थियो । त्यस बेला विश्वको अर्थतन्त्र कतिपय वर्षमा करिब १३ प्रतिशतले घटेकोे थियो । संकटले उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रुपमा बढाएर विश्व अर्थतन्त्र नै असन्तुलित भएको थियो, ठूलो संख्यामा मानिसले रोजगारी गुमाएका थिए, अर्थतन्त्रमा विभिन्न खालका समस्या उत्पन्न भएको थियो र विश्वमा उत्पादन घटेको थियो । सन् १९७० को दशकको शुरुमा तेलको मूल्यका कारण अर्थतन्त्रमा संकट आएको थियो भने सन १९९० को मध्यतिरबाट एशियामा वित्तीय संकट आएर अन्ततः विश्व अर्थतन्त्रलाई थोरै धक्का दिएको थियो । सन् २००७ तिरबाट अमेरिकामा सुरु भएको विश्व वित्तीय संकटले पनि विश्वको उत्पादनमा नकरात्मक असर पार्यो । तर अरु संकटभन्दा यो पछिल्लो संकटले विश्वको अर्थतन्त्रलाई नकरात्मक वृद्धिको अवस्थामा ल्यायो (हेर्नुहोस् तल उल्लिखित ग्राफ) । अर्थतन्त्रमा देखिन सक्ने धेरै समस्या अपवादबाहेक विश्वका विकसित देशमा देखियो ।
अर्कातर्फ विश्वमा विभिन्न खालका भाइरसबाट रोग फैलिएको थियो । यसले धेरै मानिसको मृत्यु भएकाले यसलाई महामारी भनियो । ईवोला,स्वाईनफ्लू लगायत स्वास्थ्य समस्या विगतका २ दशकमै पनि पटक पटक देखिए । यस्ता महामारीले पनि केही देशको अर्थतन्त्रमा सामान्य नकारात्मक प्रभाव त पार्दथे नै तर विश्वअर्थतन्त्रमै उल्लेख्य प्रभाव पारेका थिएनन् । कोरोनालाई महामारी भने पनि यो महासंकट नै हो किनभने यसले धेरै मानिसको ज्यान लिइसकेको छ र विश्वकै अर्थतन्त्रमा दूरगामी नकरात्मक प्रभाव छाड्ने त निश्चित नै छ । कुनै रोगका कारण विश्व अर्थतन्त्रमै नकारात्मक अवस्था देखिने सम्भावना छ, जुन अहिलेसम्म भएको थिएन । धेरे मानिसको ज्यान लिएको र लिने हुनाले यो महामारी त हो नै, यसले विश्वकै अर्थतन्त्रमा समेत संकट पनि ल्याउने हुनाले यो “महासंकट”हो । यसले नागरिकको ज्यान लिने र देशको अर्थतन्त्रमा संकट ल्याउनाले यो विगतका संकट र महामारीभन्दा फरक छ, गम्भीर छ, र अझ चुनौतीपूर्ण छ ।
विश्व संकटको नेपालमा प्रभावविगतका समयमा विश्वमा देखिएका विभिन्न संकट र महामारीको नेपालमा खासै प्रभाव देखिँदैन । आन्तरिक समस्याका कारण नेपालको अर्थतन्त्रमा धेरै पटक नकारात्मक वृद्धि भएको साँचो हो तर विश्वमा देखिएका संकटका कारण अर्थतन्त्रमा समस्या थिएनन् भन्ने कुरा तलको चित्रले प्रष्ट पार्दछ । उदाहरणका लागि पछिल्लो पटक विश्व वित्तीय संकटका कारण सन् २००९मा विश्व अर्थतन्त्रमा नकारात्मक संकेत बढिरहेका बेला नेपालको अर्थतन्त्र भने करिब ६ प्रतिशतका दरले वृद्धि भएको थियो(हेर्नुहोस् तल उल्लिखित ग्राफ) । यसको कारण के हो भने नेपालको वित्तीय क्षेत्र विश्वको आर्थिक क्षेत्रसँग एकाकार भएको थिएन । अर्थात नेपालको अर्थतन्त्र विश्वको अर्थतन्त्रकै लयमा चल्ने अवस्था बनिसकेको थिएन, यद्यपि हाम्रो प्रयत्न यसतर्फ लालायित थियो र अहिले पनि छ । विश्वमा विभिन्न समयमा देखिएका महामारीको सन्दर्भमा पनि करिब यही नियम लागू हुन्छ । अर्थात् मानिसहरूको आवागमन नै पनि न्यून थियो र रोगको प्रकृति पनि कोरोनाको जस्तो जटिल थिएनन् । त्यसैले महामारी हाम्रा लागि उल्लेख्य चिन्ताको विषय पनि बनेन् र अर्थतन्त्र त त्यस्ता प्रभावबाट टाढै रहन्थ्यो ।
के यसपटक पनि कम प्रभावित होला नेपाल ?माथि उल्लेख गरिएजस्तै यो महामारी वा संकट मात्र होइन, महासंकट हो । रोगको प्रकृति पनि जटिल छ । सन् २००१ पछि नेपालीहरू ठूलो संख्यामा काम गरिरहेका विभिन्न देशमा यसको बाक्लो प्रकोप छ । विगतमा भन्दा हाम्रा व्यवसाय, आवतजावत र सम्बन्ध बाक्लिएका छन् । त्यसैले यो महासंकटको प्रभाव विगतका कुनै पनि संकट वा महामारीको भन्दा बढी हुने प्रष्ट छ, तर कति बढी ? भन्नका लागि जटिलता छन् । यसको प्रकोप जति लम्बियो त्यति यसले अर्थतन्त्रमा नकरात्मक प्रभाव त पार्ने छ नै, जनधनको क्षतिकम गर्नका लागि राज्यले विभिन्न ढङ्गबाट खर्चिनुपर्ने अवस्था विद्यमान् छ । सरकारको दायित्व बढ्ने, आयस्रोत र राष्ट्रिय उत्पादन घट्ने र पूँजीगतखर्च गर्न नसक्ने नकरात्मक प्रभाव हुन् जसले हाम्रो राष्ट्रिय उत्पादनमा गम्भीर असर पार्नेछ । तत्काल देख्न नसकिने तर दीर्घकालमा पार्ने प्रभाव पनि रहनेछन्, उदाहरणका लागि सरकारको आयको विशेष स्रोत बनेको विप्रेषणमा अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने छ नै, उसका सामू वैकल्पिक स्रोतको पहिचान गर्नुपर्ने बाध्यता देखिँदैछ । तर, फेरि पनि अहिलेसम्मका लक्षणलाई हेर्दा र यही स्तरको सतर्कता अपनाउन सक्दा अन्य विकसित देशहरूमा भन्दा कम नकरात्मकप्रभाव पर्ने अवस्था देखिन्छ । विगतमाभन्दा बढी असर किन पर्ने स्पष्ट छ भने यो महासंकट हो, र हामी पनि विगतमा भन्दा विभिन्न कारणले विश्वको आर्थिक जगतसँग बढी आवद्ध छौँ ।
यो कठिन समय विश्वव्यापी रुपमा लम्बिदै जाँदा हाम्रो ठूलो श्रम शक्ति विदेशबाट फर्किने वा उद्धार गरी फर्काउन पर्ने अवस्था आउन सक्दछ । विपतका बेला राज्यले चाहेर वा नचाहेरै पनि त्यस्तो अवस्था आएमा हामी उम्किन पाउँदैनौ । त्यो अवस्था हाम्रा लागि निकै चुनौतीपूर्ण हुनेछ
अर्थतन्त्रमा कस्ता समस्या आउँदैछन् ?रोग रोकथामका लागि र यसको उपचारका लागि हामी जति उच्च जोखिममा छौँ, त्यो हदको जोखिममा अर्थतन्त्रको सवालमा अहिले छैनौँ । प्रकोपकै सवालमा पनिहामीसँग भएको आत्मविश्वास र यस्ता समस्यासँग जुधेको अनुभव कम भएको वा नभएकाले हो । महाभूकम्पका समय सिङ्गो विश्वले सहयोग गर्दा पनि हाम्रा व्यवस्थापकीय सीमितताका कारण त्यो बेहाल बेहोर्नु परेको थियो । प्रत्येक वर्ष बाढीपहिरोले त हाम्रो व्यवस्थापकीय क्षमतालाई चुनौती दिएकै हुन्छ । अहिले त हामीभन्दा बढी हामीलाई सहयोग गर्ने विकसित देशहरू त्राहीमाम छन् । यस्तो अवस्थामा उनीहरूले गर्ने सहयोग पनि आउँदैन, त्यसैले गाह्रो हुन्छ भन्ने अवस्था पनि छ । तर हामीले सम्झिनुपर्ने कुरा के हो भने त्यत्रो महाभूकम्पको त्रासबाट गुज्रिएको वर्ष नै नाकाबन्दी जस्तो समस्या झेल्नुपर्दा पनि हामी अर्थतन्त्रको नकरात्मक वृद्धि गुज्रिएनौँ । हो, यहाँनेर हेक्का राख्नुपर्ने कुरा के छ भने त्यो बेला हामीलाई थेगेको विप्रेषणबाट आउने आयस्रोत यसपटक घट्नेमात्र छैन,कतिपय अवस्थामा त्यसको वचावका लागि खर्च गर्नुपर्ने अवस्थासमेत आउन सक्दछ । कोरोनाको समस्या थपिदै जाँदा भोलिका दिनमा हाम्रो अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा समस्या उत्पन्न भई मूल्य प्रणालीमा चाप परेर उच्च मुद्रा स्फीति आउन सक्दछ । यद्यपि हाम्रो आयातको ठूलो हिस्सा चीन र भारतबाटै हुने भएकोले आजको अवस्थामा धेरै आत्तिइहाल्नुपर्ने अवस्था देखिँदैन ।
अर्कातर्फ यही महसंकटका कारण हाम्रा थोरै भए पनि विकासनिर्माणका काम ठप्प जस्तै छन्, त्यसैले पूँजीगत खर्च थप घट्न सक्नेछ । यसका कारण तरलताका समस्या थपिने छन् र यसले पनि मूल्य प्रणालीमा थप चाप सृजना गर्न सक्नेछ । यो कठिन समय विश्वव्यापी रुपमा लम्बिदै जाँदा हाम्रो ठूलो श्रम शक्ति विदेशबाट फर्किने वा उद्धार गरी फर्काउन पर्ने अवस्था आउन सक्दछ । विपतका बेला राज्यले चाहेर वा नचाहेरै पनि त्यस्तो अवस्था आएमा हामी उम्किन पाउँदैनौ । त्यो अवस्था हाम्रा लागि निकै चुनौतीपूर्ण हुनेछ । अर्कातर्फ फर्किएको श्रमशक्तिलाई कहाँ व्यस्त गराउने भन्ने समस्या भावी दिनमा थपिने छ । समय लम्बिदै जाँदा अस्पताल र यससँग सम्बन्धित पूर्वाधारमा हामीले निकै लगानी गर्नुपर्ने हुनसक्दछ, यो अवधिमै पनि निकै लगानी गरिसकेका छौं । यसमा अझै थप्नुपर्ने आवश्यकता छ । हाम्रो कृषिउपजलाई उद्योगसँग सीधै जोड्न नसक्दा उत्पादनले बजार नपाउने अनि उपभोक्ताले महङ्गो मूल्यमा पनि वस्तु नपाउने अवस्था छ । यो थप जटिल बन्न सक्दछ । अर्थतन्त्र चलायमान भएन भने यसमा जोखिम बढ्दछ । अर्थतन्त्र जति चलायमान भयो त्यति बलियो भएको मानिन्छ । लामो समयसम्म यसलाई स्थिर बनाउँदा सोँचेभन्दा बढी समस्या आउन सक्दछ । अतःथप समस्या आउन सक्दछ भनेर नै तयारी गर्नुपर्दछ, सतर्क हुनुपर्दछ ।
कालो बादलमा चाँदीको घेरा ?यो महासंकटले दिएको सबैभन्दा ठूलो अवसर भनेको स्वास्थ्यप्रणाली राम्रो भनिएका देशहरूको अवस्था सबैका सामु छर्लङ्गसँग बुझ्न पाउनु हो । स्वास्थ्य र शिक्षामा आवश्यक लगानी हाम्रो जस्तो देश त के यूरोप र अमेरिकामै पनि नभएको स्पष्ट भएको छ । यसअनुसार हामीले पनि काम गर्न सक्दा भोलिका दिनमा सहजता हुनसक्दछ । अबको कामको केन्द्र शिक्षा, जनचेतना, स्वास्थ्य जस्ता कुरा बन्नुपर्दछ ।अर्को भनेको यस्ता अप्ठ्याराकै बीचमा नेपालको पर आश्रित अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्याउनलाई विशेष योजना बनाएर लागिपर्नु हो । त्यस्तै अहिलेको समस्याबाटै पाठ सिकेर हामीले अनौपचारिक अर्थतन्त्रलाई व्यावहारिक तरिका अपनाएर औपचारिकमा रुपान्तरण गर्न सकिन्छ, र यता लाग्नुपर्दछ । अनौपचारिक अर्थतन्त्रले हामीलाई अहिलेको जस्तो अप्ठ्यारामा ठूलो सहयोग गरेको हुन्छ, त्यसैले करबाहेक अन्य गुणस्तर सुधारका उपाय अपनाएर त्यो अर्थतन्त्रको ठूलो हिस्सालाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ ।
नीति नै बनाएर न्यूनतम केही अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु आवश्यक छ । देश नै लाग्दा तरकारी, फलफूल, मासु, साबुन, सेनिटाइजर, कागजका सामग्री, सामान्य खालका औषधि, लत्ताकपडा, जडिबुटीबाट बन्ने उत्पादनमा आत्मनिर्भर बन्न सम्भव छ । यसो गर्दा यी सामग्री अन्तर्राष्ट्रिय गुणस्तरको कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान जानु आवश्यक छ
हामीले अहिलेकै अवस्थामा महामारीलाई रोक्न सक्यौँ भने अहिलेको घाटा परिपूर्ति गर्नेगरी पर्यटन उद्योगको विकास गर्न सकिने छ । यसका लागि पनि मानसिक र योजनाका हिसाबले तयार रहन सक्दा हामी सही बाटामा अगाडि बढेको ठहरिने छ । पर्यटनमा निजीक्षेत्र र साना व्यवसायीहरू समेत सहभागी बनाउँदै मौलिक परम्पराको रुपमा विकास गर्ने तयारी आवश्यक छ । विदेशबाट फर्किएको जनशक्तिको ज्ञान र सीपलाई अधिकतम प्रयोग गरौँ । कृषिलाई खाद्यान्न आयात गर्नै नपर्ने गरी उत्साहित बनाऔँ र किसानलाई पनि प्रोत्साहित गरौं ।
हामीलाई फेरि पनि थाहा भयो कि स्वास्थ्य, सरसफाइ र दैनन्दिन नभई नहुने चिजबिजका लागि आयातमा आधारित हुँदा संकटले गहिरो छाप छाड्दछन् । त्यसैले नीति नै बनाएर न्यूनतम केही अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु आवश्यक छ । देश नै लाग्दा तरकारी, फलफूल, मासु, साबुन, सेनिटाइजर, कागजका सामग्री, सामान्य खालका औषधि, लत्ताकपडा, जडिबुटीबाट बन्ने उत्पादनमा आत्मनिर्भर बन्न सम्भव छ । यसो गर्दा यी सामग्री अन्तर्राष्ट्रिय गुणस्तरको कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान जानु आवश्यक छ । अर्थात चुनौतीले ल्याउन सक्ने अवसरका रुपमा यी कुरालाई हेर्न सकिन्छ तर हामीले अप्ठ्यारोबाट जोगिएपछि कसरी अर्थतन्त्रलाई माथि उकास्न सकिन्छ र भावी संकटको समेत मुकाबिला गर्न सक्ने गरी विकास गर्न सकिन्छ भन्ने दृष्टिकोणबाट प्रेरित भएर रणनीति बनाउनु आवश्यक छ । यसो गर्न सकियो भने यो साँचो अर्थमा हाम्रा लागि कालो बादलमा देखिने चाँदीको घेरा सावित हुनेछ ।
के गर्ने ? के नगर्ने ?अहिले पर्यटन र यातायातसँग सम्वन्धित व्यावसायिक क्षेत्रहरू सबैभन्दा बढी प्रभावित छन् । यसका लागि अहिले हामी पर्खने र हेर्ने अवस्थामा छौं । समाजका आर्थिक रुपमा सिमान्तकृत वर्ग बढी पीडामा छ, यसका लागि स्थानीय सरकार र राजनीतिक दलका स्थानीय संगठन बढी जिम्मेवार बन्न सक्नुपर्दछ । आफ्नो र समाजको सुरक्षाकवजका रुपमा प्रस्तुत हुनुपर्दछ । स्वास्थ्यका पूर्वाधारमा लगानी गर्दा दीर्घकालीन महत्वलाई समेत विचार पुर्याउनु आवश्यक छ । हामीले सानाभन्दा साना व्यवसाय, कतिपय सन्दर्भमा अनौपचारिक पेशा पनि सामान्यशिक्षा, तालिम र नैतिक आचारसंहिता सिकाएर मात्र गर्न पाउने बनाउन सकिन्छ । चाहे त्यो एक साताको नै किन नहोस्, त्यसले व्यवसायीमा नैतिकता र स्तरीयतामा ध्यान दिने प्रवृत्तिको विकास हुनेछ । यसले गर्दा सामग्रीको मिसावट, मूल्यअनुसारको सामान नहुने, सामान्य प्रक्रिया पनि पूरा नगरेको लगायतका विषयमा विश्वासनीय ढङ्गबाट नियन्त्रण गर्न सकिन्छ । यसो गर्न सकियो भने मात्र पनि हामी सबैको जीवनशैलीमा व्यापक सुधार हुनेछ ।
हामीले ध्यान दिनुपर्ने कुरा के छ भने महामारीले मानिस एक पटक मर्दछ तर भोकमरीले सधैं मरिरहन्छन् । यसको सार के हो भने अर्थतन्त्र चलायमान रहनु ज्यानको सुरक्षापछिको पहिलो शर्त हो । त्यसैले अहिलेकै अवस्था रहने र प्रकोप प्रभावितको संख्या नबढ्ने हो भने अन्तर्राष्ट्रिय नाकालाई अझै नियन्त्रित गरेर आन्तरिक रुपमा निगरानीका साथ खुल्ला गर्न ढिलो गर्नु हुँदैन ।
अहिले समाज सचेत बनेको छ र यसको गति तीव्र छ । जनता शासन प्रणालीमा आफ्ना विचार र माग सुनियोस् भन्ने चाहन्छन् । स्वस्थ र अस्वस्थ सबै खालका प्रतिस्पर्धा हुने गरेका छन् । सरकार मात्र सक्रिय भएर पुग्दैन, आवश्यक सजगता अपनाएर समग्र पार्टी कमिटी र समाजका अगुवालाई समेत एउटै भावनाका साथ कसरी परिचालन गर्न सकिन्छ भन्नेतर्फ नेतृत्वकर्ताको ध्यान जानु आवश्यक छ । यसो गर्दा भावनात्मक एकता बलियो हुनेछ, सरकारको लोकप्रियता बढ्नेछ, समाज र पार्टीका नेताहरू स्थापित हुनेछन् र लोकतन्त्र बलियो हुनेछ ।