काठमाडौैं । विश्वलाई यतिखेर कोरोना भाइरस (कोभिड–१९) संक्रमणले सताइरहेको छ । विश्वका २ सय ८ राष्ट्र अहिले कोरोनाबाट आक्रान्त छन् । कोरोनाको कारण विश्वमा बिहीबार दिउँसो सम्म करिब ८० हजारले जीवन गुमाइसकेका छन् । संक्रमित संख्या १५ लाख नाघिसकेको छ । अन्य मुलुकको तुलनामा नेपालमा भने कोरोना संक्रमण अत्यन्तै कम छ ।
नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये १ जना पूर्ण रुपमा निको भइसकेका छन् । अन्य ८ जनाको उपचार भइरहेको छ । मुलुकमा अहिलेसम्म कोरोनाबाट अहिलेसम्म कसैले पनि जीवन गुमाउनु परेको छैन । कोरोना संक्रमण नेपालको छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको छ । वुहानबाट शुरु भएको कोरोनाले हजारौ माइल टाढा रहेको इटाली र स्पेनलाई विक्षिप्त पारेको पछिल्लो समय अमेरिकालाई समेत निकै चिन्तित तुल्याएको छ । यसबाट अन्य मुलुक समेत त्रासित छ । कोरोनाले विश्वलाई आक्रान्त पारिरहेको बेला यसले नेपालमा भने किन त्यति असर पारेन ? अहिले सबैको चासोको विषय भएको छ । स्वास्थ्य विद्हरुले यसबारे अनुसन्धान थालेका छन् । स्वास्थ्य विद्हरुले ५ कारणले नेपालमा कोरोना संक्रमण कम देखिएको बताएका छन् ।
१ नेपालीको जीवन शैलीकतिपय चिकित्सकले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोना संक्रमण महामहारीका ेरुपमा नफैलिएको हुनसक्ने तर्क गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा शेरबहादुर पुन त्यस्तै दाबी गर्ने मध्येका पर्नुहुन्छ । उहाँ नेपाली जीवनशैलीको कारण कोरोना भाइरस फैलने सञ्जालहरू भत्किएको हुनसक्ने बताउनु हुन्छ ‘हामीले धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ’ उहाँ भन्नुहुन्छ, ‘त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलनबाट रोकेको हुनसक्छ।’
२, बलियो प्रतिरक्षा प्रणालीस्वास्थ्य विज्ञहरू नेपालीमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरसको फैलावट कम भएको हुनसक्ने बताउँछन्।
कोरोना लागेकै भए पनि शरीरको बलियो प्रतिरक्षा प्रणालीका नेपालीलाई त्यसले खास्सै असर नपार्ने उनीहरुको बुझाई छ । अर्को कुरा कुनै पनि रोग लाग्दा सामान्य लक्षण देखिँदैमा अस्पताल नजाने कारणले पनि संक्रमण कम देखिएको हुन सक्ने उनीहरुको बुझाई छ । ‘कतिपय रोगसँग लड्ने क्षमता जाति अनुसार फरक हुन्छ’ डा. बाबुराम मरासिनी भन्नुहुन्छ। ‘त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।’
अर्को उदाहरण हेर्ने हो भने थाइल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिँदैन। त्यहाँका मानिसले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर नेपालमा दादुरा निकै घातक पनि भएको छ।
३, बीसीजी खोपको प्रभावक्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोनाभाइरस संक्रमण फैलिएपछि अहिले त्यो खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।
हालैको एउटा समिक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशमा कोरोना संक्रमण कम देखिएको उल्लेख गरिएको छ। नेपालमा बीसीजी खोपको कारण कोरोना संक्रमण कम देखिएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।
४, भाइरस फैलाउने पूर्वाधार नै कम हुनुविकसित मुलुकमा विकशित राष्ट्रको तुलनामा कोरोना संक्रमण निकै कम देखिनुको अर्को कारण भाइरस फैलाउन मद्दत गर्ने खालका शहरी पूर्वाधारकै कमी हुनसक्ने पनि चिकित्सकहरूको तर्क छ। विकसित राष्ट्रमा जमिनमुनि समेत सव वे र मेट्रो रेल लगायतका यातायातका संरचना छन्। त्यस्ता पूर्धार्वार छिमेकी मुलुक भारतमा समेत छन्। तर नेपालमा भने अहिलेसम्म त्यस्ता पूर्वाधार बनिसकेका छैनन् । त्यही कारणले पनि नेपालमा अन्य मुलुकको तुलनामा कोरोना संक्रमण कम देखिएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।
५, परीक्षण नै कम हुनुस्वास्थ्य विद्हरुका अनुसार नेपालका कोरोना संक्रमण कम देखिको अर्को कारण हो परीक्षण नै कम हुनु । विश्वका अन्य मुलुकमा जसरी कोरोना परीक्षण भइरहेको छ, नेपालमा भने त्सरी भइरहेको छैन । स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म नेपाल २ हजार ३ सय ६६ वटा नमूनाको परीक्षण गरिएको छ। अन्य मुलुककमृ तुलनामा नेपालमा अहिलेसम्म गरिएको परीक्षण अत्यन्तै कम हो। (बीबीसीको सहयोगमा)