-बी.पि.न्यौपानेरोगले न हिन्दु, न मुस्लिम, न भन्छ गरिब धनि ।सक्छौ सरकार गर सेवा एक अभिभावक बनी ।।
न सुन्छ रोगले, न दुःख देख्छ, न भन्छ सानो ठूलो यहाँ ।चित्कार गरी पढ्यौ कुरान, पुराण वेद इत्यादि त्यहाँ ।।
जलायौ अगरबत्ती बजायौ शंख घण्ट ततायौं जन जमात ।धन दौलत अकुत कमायौ कोरोना भन्दैछ मानव तिमि नमात ।।
धर्तीका राजा सोची खायौ चमेरो, सर्प छोडेनौ त्यो मुसा सरि ।सोचेनौ हे मानव हो प्रकृतिले चाह्यो भने लान्छ खरानी पारी ।।
दम्भ, घमण्ड, अस्त्र सस्त्र सहित खोज्यौं लडाइँको शुद्ध बिउ ।हे सत्यानासी मानव जाती हो, आफ्नैं गल्तीले घुडा टेक्न पुग्यौ ।।
छोड्देउ पकृतिको चक्रलाई चल्न खेल्न अनि जीवनचक्र बनाउन ।दुर्इ दिनको चोला हो मानव तिम्रो प्रकृतिको मनोरञ्जनसँगै रमाउन ।।
जोगाउ जल जमीन जन्तु अनि तिम्रो अस्तित्व पनि यहाँ ।कोरोना, डेंगु अनि महामारी फर्केर आउने छैन त्यहाँ ।।
सिकाउ जोगाउन वातावरण सम्झाऊ असल मानव जाती बन्न ।प्रकृति मासी जीवजन्तु मासी सक्दैनौं मानव यहाँ तिमि रम्न ।।
गल्तीहरु ले आज भोग्याै, सिकेर जाउ गर नयाँ सिर्जना जगतमा ।विध्वंशले बिनासकारी प्रलय सम्झ मानव उर्लिन्छ तिम्रै रगतमा ।।