भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउन नसक्दा अप्ठ्यारो परिस्थितिको सामना गरिरहनु परेको छ ।
काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासमा अहिले २ सय ८ भन्दा बढी देश रहेका छन् । सबैलाई एउटै चिन्ता छ– कसरी कोरोनाको जोखिमबाट उन्मुक्ति पाउने ? कसरी आफ्नो परिवार र नागरिकलाई सुरक्षित राख्ने ? मुलुकमा भयावहको स्थिति आउँछ की भन्ने चिन्ता सबै देशमा प्रायः छ । कोरोना भाइरसको संक्रमणले कसैलाई पनि अछुतो राखेको छैन । भनिन्छ, काल बाजा बजाएर आउँदैन् तर अहिले काल बाजा बजाएरै आएको भन्दै धेरै डराइरहेका छन् भने कतिले आत्मबल दरिलो बनाउ नसक्दा अप्ठ्यारो परिस्थितिको सामना गरिरहनु परेको छ ।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिममा विश्वका शक्तिशाली मुलुक जुधिरहेका छन् । सामान्य सावधानी अपनाउन अटेर गर्दा अमेरिकाको परिस्थिति असामान्य बनेको छ, इटलीमा धेरैले मृत्युवरण गरेका छन् । स्पेन, फ्रान्सलगायतका मुलुक कोरोनाको भयावह स्थितिको सामना गरिरहेका छन् । बेलायतका प्रधानमन्त्री कोरोना संक्रमणले अस्पतालको शैय्यामा छन् । विश्व परिवेश हेर्दा एक सानो जिवाणुले सचेत प्राणी मानव जातिलाई आक्रान्त तुल्याएको छ । सबैको ध्यान कोरोनाको निर्मूल कसरी ? भन्नेतर्फ केन्द्रित छ । विश्वका शक्तिशाली मुलुकले एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भुमिकाप्रति शंका पैदा भएको अभिव्यक्ति दिएका छन् । डब्लुएचओको व्यवहारमा परिवर्तन नआए अमेरिकाले गर्ने सबै सहयोग रोक्का गर्ने ट्रम्पले बताएका छन् । यी सबै सिलसिलेवार घटनाक्रमलाई हेर्दा कोरोनाको कहरलाई नजरअन्दाज गर्दा निम्तने परिस्थिति जगजाहेर छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिकाप्रति शंका पैदा भएको अभिव्यक्ति दिएका छन् । डब्लुएचओको व्यवहारमा परिवर्तन नआए अमेरिकाले गर्ने सबै सहयोग रोक्का गर्ने ट्रम्पले बताएका छन् । यी सबै सिलसिलेवार घटनाक्रमलाई हेर्दा कोरोनाको कहरलाई नजरअन्दाज गर्दा निम्तने परिस्थिति जगजाहेर छ ।
अब, नेपालको अवस्थिति हेरौँ, हामी कोरोनाको उच्च जोखिममा छौँ भन्ने माथिको घटनाक्रमले छर्लंग पारेको छ । हाम्रो मुलुकको अर्थतन्त्र, स्वास्थ्यस्थिति, खानपान, सरसफाइ, रहनसहन र अन्य क्रियाकलापले कोरोनाको भयलाई बढाएको छ । यद्यपि हालसम्म नेपालमा त्यस्तो परिस्थितिको सामना गर्नुपरेको छैन । हामी भगवानलाई पुज्छौँ, देवी देवतालाई सधैँ शीरोधार्य गर्छौँ, पशुपतिनाथ सबैको मुखमा झुन्डिएको हुन्छ । यसले हाम्रो आत्मबललाई दृढ तुल्याउँछ । लकडाउन लम्बिँदै जाँदा हाम्रा विभिन्न आनीबानीले कोरोनाको जोखिमलाई परास्त गर्न सक्छ की सक्दैन ? भन्ने जटिल प्रश्न उब्जिएको छ । सरकारले मुलुकमा लकडाउन गरेको छ । यो कुनै सरकारी स्वाःर्थ र व्यक्तिगत स्वाःर्थमा निहित छैन । सिंगो मुलुक र जनताको हीतमा यो लकडाउन गरिएको हो । यो हामी सबै नेपालीले बुझेका पनि छौँ तर, लकडाउनको वेवास्ता गर्ने धेरैलाई प्रहरीले पक्रिएको, बीच सडकमा उभ्याइएको भन्ने समाचार सञ्चार माध्यमका हेडलाइन बनिरहेका हुन्छन् । यो परिस्थिति किन सिर्जना हुँदैछ ? कतिपय नागरिकका बाध्यता पनि हुन सक्छन्, तर सरकारले गरेको बाचा सबै विपन्न नागरिकले राहत पाइरहेका छन् त ? किन यति धेरै नागरिक सडकमा आइरहेका छन् ? किन रातारात उपत्यका छाड्न खोजिरहेका छन् ? उनीहरुको समस्या के हो ? खै ! कुन संयन्त्रले हेरिरहेको छ ? सीमामा अलपत्र परेका नागरिकको स्थिति के छ ? भारतीय पक्षले उनीहरुको खानपान र बासस्थानको कस्तो व्यवस्था गरेको छ ? नेपालमा रहेका भारतीय नागरिकको जस्तै उनीहरुलाई व्यवस्थापन गरिएको छ त ? यो निगरानी प्रदेश र स्थानीय सरकारको हो ।
हामी भगवानलाई पुज्छौँ, देवी देवतालाई सधैँ शीरोधार्य गर्छौँ, पशुपतिनाथ सबैको मुखमा झुन्डिएको हुन्छ । यसले हाम्रो आत्मबललाई दृढ तुल्याउँछ । लकडाउन लम्बिँदै जाँदा हाम्रा विभिन्न आनीबानीले कोरोनाको जोखिमलाई परास्त गर्न सक्छ की सक्दैन ? भन्ने जटिल प्रश्न उब्जिएको छ ।
हाम्रो सामान्य लापरवाहीले कोरोनाको संक्रमण बढ्ने खतरा एकातिर छ भने हामीहरुको घमण्डले समाज र राष्ट्रलाई खतरा तुल्याउँछ की अर्को चिन्ता छ । संघ, स्थानीय र प्रदेश सरकारले गरेको आग्रह नै अहिलेको कोरोनाविरुद्धको औषधि हो । हाम्रो मुलुकको आर्थिक स्थितिले गर्नसक्ने व्यवस्थापन भनेकै हालको क्वारेन्टाइन हो । जति हामी घरभित्र बस्छौँ त्यति नै सुरक्षित हुनेछौँ । अहिले हामीलाई पशुपतिनाथ र विभिन्न देवी देवताले बचाउने भन्दा पनि प्रदेश र स्थानीय तहहरुले गरेको आग्रहलाई मान्दा हामी बच्नेछौँ । कोरोनाको संक्रमण अरु रोगजस्तो छैन, यसको सर्ने प्रणाली नै जटिल प्रकृतिको छ । हामीलाई संक्रमण नहुन्जेल जति रिल्याक्स छ, संक्रमण भइसकेपछिको परिस्थिति भयावह छ । संक्रमणपछि न हामी परिवारका सदस्यसँग भेट्न पाउँछौ, न त घरमा बस्न । यो यमराजसँगको सीधै लडाइँ हुनेछ । यमराजलाई जित्यौँ भने घर फर्किन्छौँ हा¥यौँ भने उसको शरणमा जानुको विकल्प छैन । किन बिनासित्तिको लडाइँ लड्नु !
यतिबेला कोरोनाको लडाइँमा नेपालको तीनै तहका सरकार जुधिरहेका छन् । यो बेला आफ्ना नागरिकलाई भयरहित तुल्याउनु र सही निर्णय लिनसक्नु सरकारको दायित्व र कर्तव्य पनि हो । भुलबस भएका कमजोरीलाई आत्मसात गर्दै क्षमायाचना गर्नु महानता हो । जनताको अदालतबाट भएको निर्णय स्वीकार्न सक्नु लोकतान्त्रिक सरकारको चरित्र पनि हो । आफूले गरेका गल्तीहरुलाई कति दिनसम्म लुकाउन सकिएला र ? एकदिन यस्तो आउने छ हामी सुध्रिएनौ भने हामीले गरेका सही निर्णयलाई सत्य साबित गर्न अर्को लडाइँ लड्नुपर्नेछ । स–साना कमजोरीले जनतालाई पर्ने असुविधालाई नजरअन्दाज गरिए पक्कै समस्या निम्तने छ ।
पछिल्लो समय कोरोना जोखिमको उच्च बिन्दुमा रहेको सुदूरपश्चिम प्रदेश, जहाँका अधिकांश नागरिक मजदुरी गर्न भारत जाने गर्दछन् । त्यहाँबाट फर्किएकाहरुलाई उचित व्यवस्थापन गर्न नसकिए कतै समस्या सिर्जना हुन्छ की भन्ने चिन्ता एकातिर छ भने सुदूरपश्चिम सरकारले गरेको तयारी पनि उत्तिकै सान्दर्भिक छ । त्यहाँ नागरिकमा देखिएको एउटै समस्या हामी क्वारेन्टाइनमा बस्दा सुरक्षित हुन्छौँ या झन जोखिम बढ्छ ? यो भ्रम चिर्न क्वारेन्टाइनलाई व्यवस्थित पार्नुपर्ने देखिन्छ । एकअर्काको शारिरक दूरीलाई ध्यान दिनुपर्ने हुन्छ । क्वारेन्टाइनका नाममा एउटै कोठाभित्र खचाखच राखेर कोरोना होइन अन्य महामारी फैलिन सक्छ । अहिले अन्य वर्ग क्षेत्र भन्दा पनि विदेशबाट स्वदेश भित्रिएकाहरुको निगरानी आवश्यक छ । विस्तारै स्वदेशका क्वारेन्टाइनमा भएकाहरुलाई सुरक्षित तुल्याएर घर पठाएपछि सीमामा रहेकाहरुलाई भित्र्याउन सहज हुनेछ ।
अहिले कोरोनाको लक्षण र मौसमी बिरामीका लक्षण केही मेल खाने कारणले अर्कै बिरामी भएकाहरुले अकालमा मृत्युवरण गर्नुपर्ने हो की भन्ने चिन्ता थपिएको छ ।
अर्को प्रशंग, अहिले कोरोनाको लक्षण र मौसमी बिरामीका लक्षण केही मेल खाने कारणले अर्कै बिरामी भएकाहरुले अकालमा मृत्युवरण गर्नुपर्ने हो की भन्ने चिन्ता थपिएको छ । यसलाई व्यवस्थित पार्न स्वास्थ्य सामाग्री र चिकित्सकको मनोबल बढाउनु आवश्यक छ । एक चिकित्सक मनोसामाजिक रुपमा स्फूर्तः छैन भने उसले दिने सेवा पनि गतिलो हुन सक्दैन । यो बेला आपसी भाइचारा, सहिष्णुता, मानवीयता प्रकट गर्ने समय हो लाग्छ ।