सनिउल्ला धोबी,कपिलवस्त । कपिलवस्तुका सिमावर्ति गाउँका नागरिक रातभर जाग्राम बस्ने गरेका छन् । नेपाल भारतसिमाना नजिकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना संक्रमितबाट बच्नका लागि रातभर जाग्राम बस्ने गरेका हुन् ।
कोरोनाबाट बच्नका लागि नेपाल सरकार र भारत सरकारले सिमानाका पूर्णरुपमा बन्द गरेपछि नेपाली राति लुकेर नेपाल प्रवेश गर्ने गरेकोले नेपाल प्रवेश गर्नेलाई रोक्न सिमावर्ती गाउँका बासिन्दा जाग्राम बस्ने गरेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिकाका अन्तर्गतका आधिकांश गाउँमा जाग्राम बस्ने गरेको स्थानिय अगुवा रफिक मुसलमानले जानकारी दिए । गाउँका युवाहरु पालैपालो रातभर डिउटी गरिरहेको मुसलमानले बताए ।
ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुर लगायतका गाउँमा रातभर जाग्राम बस्ने गरेको युवा राम प्रकट कोरीले बताए । सिमानामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले डिउटी गरेपनी अधिकांश चोर नाकाबाट नेपाल पस्ने गरेकोले राति बस्नु परेको कोरीले जानकारी दिए ।
कपिलवस्तुको सिमाना ९३ किलामिटर खुला रहकाले कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकोले अहिले सिमानामा सशस्त्र प्रहरी, नेपाल प्रहरी तैनाथ गरिएको छ ।