प्रकाश गौतम रुकुम (पश्चिम) । नेपाल ख्रीष्टयन सेवा भनिमण्डल ललितपुरले जिल्लाका विभिन्न स्थानीय तहमा राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्न थालेको छ । दातृ निकाय सामारिटन पर्सा क्यानडाको आर्थिक सहयोगमा ख्रीष्टयन सेवाले विभिन्न स्थानीय तहमा मंगरबारदेखि राहत तथा स्वास्थ्य सामाग्री विरतण शुरु गरेको हो ।
ख्रीष्टयन सेवाले आठविसकोट र मुसिकोट नगरपालिकामा राहत तथा स्वास्थ्य सामाग्री वितरण गरेकाे छ । नेपाल ख्रीष्टयन सेवा भनिमण्डल ललितपुरका केन्द्रीय कोषाध्यक्ष मुकुन्द शर्माले आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्खबहादुर केसीलाई स्वास्थ्य सामाग्री हस्तानतरण गर्नुभएको छ । उहाँले नगरप्रमुख केसीलाई ज्वरो नाप्ने थर्मल गन १० वटा, पिपिइ सेट १० वटा, २ सय ५० पिस मास्क एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभएको हो ।
केन्द्रीय कोषाध्यष शर्माले नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गर्नका लागि ३ लाख ४६ हजार रुपँयाको चेक हस्तानतरण गर्नुभएको छ । लकडाउनका कारण समस्यामा परेका मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न घरपरिवारलाई राहत वितरण गर्न संस्थाले नगरप्रमुख केसीलाई रकम उपलब्ध गराएको हो ।
शर्माका अनुसार नगरपालिकाका विपन्न २ सय घरपरिवालाई २० किलो चामल, २ केजी दाल, एक किलो नुन, एक लिटर तेल वितरण गरिनेछ । स्वास्थ्य सामाग्री र रकम गरी जम्मा ६ लाख रुपैँया आठविसकोट नगरपालिकालाई सहयोग गरेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार मंगलबारनै मुसिकोट नगरपालिकाका ४ सय २५ घरपरिवारलाई राहत वितरण गर्न नगरपालिकालाई रकम उपलब्ध गराइएको छ ।
मुसिकोट नगरपालिकामा निर्माण भइहेको आइसोलेसनमा राख्ने ८ वटा वेड पनि नगरपालिकालाई हस्तानतरण गरिएको भनिमण्डल ललितपुरका कोषाध्यक्ष शर्माले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहमा पनि राहत तथा स्वास्थ्य सामाग्री वितरण गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय तहका जनप्रतिधिको समन्वयमा सामाग्री वितरण भइहेको उहाँको भनाइ छ ।