जस्तो कि एउटा विश्वले माओत्सेतुङको तस्बिरमा मास्क लगाएर व्यंग गर्दै लामा-लामा लेख लेखिरहेको बेला कोरोना भाइरस समग्र मानव जातिकै महासंकटका रूपमा वुहानमा देखा परिरहेको थियो । आज त्यही भाइरसका कारण संसार संकटको सामना गरिरहेको छ ।
अहिले विश्वभरका सञ्चार माध्यममा कोराेना भाइरससँग जोडिएका विभिन्न विषयमा चर्चा भइरहेको पाइन्छ । नेपालका प्रिन्ट मिडीया र अनलाइनहरुमा योसँग सम्बन्धित विभिन्न सामग्री छापिएका पढ्न पाइन्छ । यसबाट कोरोना भाइरसले धेरैका आँखा खोलिदिएको पनि छ । कोरोनाकै कारण विकल्पको आधारभूमि निर्माण भएको पनि विश्लेषण गरिन थालिएको छ । याे महामारीले सरकारका योजना तथा कार्यशैलीमा पनि परिवर्तन गर्छ कि गर्दैन ? त्यो भने हेर्न बाँकी नै छ ।
विश्व व्यवस्थाकाे पुन:संरचनामा समेत यस भाइरसले बल पुर्याउने देखिन्छ । नेपालको घरेलु अवस्थामा पनि कोरोना भाइरससँग जोडिएका केही विषय सतहमा आएका छन् । जसमा केही सामान्य र सनातनी विषय छन् । जस्तो सरकारी व्यक्तिहरुको काम गर्नै शैलीसँग जोडिएका टिप्पणी ज्यादा बाहिर आएका छन्। केहीले नेपाललाई कोरोनाको संकट पर्नुका पछाडि नेपाल भारतबीचको खुला सिमाना कारक रहेको प्रष्टसँग बोल्ने र लेख्ने गरेको पनि देखिन्छ । केही व्यवस्थापकीय विषयमा राज्यको ध्यान दिन नसकेकोले संकटको बेला व्यवस्थापनमा अस्तव्यस्तता देखिएको छ । जस्तो राहत वितरणको भद्रगोल र अन्योलताले त्यसलाई प्रष्ट्याएको पनि छ ।
विश्व व्यवस्था र कोरोना संकट कोभिड -१९ का कारण विश्व व्यवस्था अब परिवर्तन हुन्छ भन्ने कोणबाट विश्लेषण भइरहेका छन् । तर के साँच्चिकै अब यसमा परिवर्तन होला त ? यो संकट आउनुपुर्व पनि विश्व व्यवस्थाको 'लोकेशन' परिवर्तन भई एशियामा सर्ने तर्क आउने गरिरहेकै थिए । कतिले चीन र भारतले संयुक्त रूपमा त्यो कार्यभार बोक्ने विश्लेषण गरिरहेका थिए भने कतिपयले चीन एक्लैले । यद्दपी मुख्य प्रश्न, परिवर्तन हुने विश्वव्यवस्थाको नेतृत्व कसले गर्ला ? भन्दा पनि व्यवस्थाको 'लोकेशन' परिवर्तनले मानव जातीका लागि खासमा के फरक पर्ला ? भन्ने हो र हुनु पर्दछ ।
विश्व व्यवस्थाको व्यवस्थापन र नेतृत्वको गोलार्ध सर्काइले त्यति महत्व नराख्ने तर वर्तमान विश्व व्यवस्थाको व्यवस्थापक र नेतृत्वकर्ताको उद्देश्य गलत रहेका कारण यसको परिवर्तन अपरिहार्य रहेको निस्कर्ष भने विभिन कारणबाट निकाल्न सकिन्छ ।
अहिलेको विश्व र मानवजाति ‘कोरोना भाइरस’ कोभिड -१९ को संकटबाट गुज्रिरहेको छ । कतिपय विश्लेषकले यही व्यवस्थाका कारण कोरोना संकट आएको विश्लेषण गरिरहेका छन् । यस्तो विश्लेषणलाई पुरै इन्कार पनि गर्न सकिँदैन् । किनकी नाफा/नोक्सानको मात्र क्याल्कुलेटर चलाउने शैलीले नाफा मात्र हेर्छ । मानवीय पक्षलाई पुरै बेवास्ता गर्दछ । यसलाई कोराेना संकटको उत्पत्तिपछि चलेको विश्वव्यापी बहसले पनि संकेत गदर्छ ।
जस्तो कि एउटा विश्वले माओत्सेतुङको तस्बिरमा मास्क लगाएर व्यंग गर्दै लामा-लामा लेख लेखिरहेको बेला कोरोना भाइरस समग्र मानव जातिकै महासंकटका रूपमा वुहानमा देखा परिरहेको थियो । आज त्यही भाइरसका कारण संसार संकटको सामना गरिरहेको छ । मानिसबाहेक अन्य जनावरमा पनि देखिएको कुरा अमरिकी सञ्चार संस्था ‘सिएनए’छापेको छ । यदि यो समाचार सत्य हो भने विश्वको पर्यावरणमै समस्या आउने कुरालाई नकार्न सकिदैन ।
सोभियत संघको विघटनसँगै निर्विकल्प जस्तै व्याख्या गरिएको अमेरिकी 'गाइडलाइन' को विश्व व्यवस्था कति कमजोर र लाछी रहेछ भन्ने कुरा ‘वुहानी’ विशेषताको कोभिड -१९ को संकट समाधानको कठिनाईले प्रष्ट पारेको छ। रोम, लण्डन, बार्सिलाेना र न्युर्योकको तस्बिरले यसलाई थप पुष्टी गर्दछ। बजारबाट मात्र निर्देशित हुनुपर्दछ भन्ने शासकीय सोच र मान्यतालाई केवल एक भाइरसको संकटले पछारेको छ र विकल्पका लागि सोच्न बाध्य पारेको छ । निर्विकल्प जस्तै भनिएको आर्थिक र शासकीय शैलीमाथि पनि नराम्रोसँग व्यंग्य प्रहार गरेको छ।
अर्को कुरा, अमेरिकी प्रशासन प्रमुख डोनाल्ड ट्रम्पले विश्व स्वास्थ संगठनलाई दिइने आर्थिक सहयोग रोक्ने चेतावनी दिइसकेका छन् । त्यतिमात्रै होइन, नागरिक स्वतन्त्रताको तर्क गर्दै सामाजिक दुरी कायम राख्ने विषयलाई समेत वाइहात भनेर व्याख्या गरिरहेका छन् । ट्रम्प प्रशासन नागरिकको जीवनभन्दा ठूलो अर्थतन्त्र भन्दै अमेरिकी अर्थतन्त्र बचाउन व्यापार तथा व्यवसाय निर्वाद सञ्चालन गर्न दबाब दिने उद्देश्यले ट्रम्प मार्काका मानिसलाई सडकमा उतारिरहेको देखिन्छ । यसले के कुरालाई पनि पुन पुष्टी गर्दछ भने बजार र व्यापारी आम जनताका दुश्मन हुन् । ट्रम्प पनि एक नम्बरका व्यापारी नै हुन । त्यसकारण एकातर्फ महामारीको संकटसँग जुधिरहेको विश्व स्वास्थ्य संगठनलाई जाने अनुदान रोक्ने कुरा गर्दैछन् भने, अर्कोतर्फ मानिसको ज्यानभन्दा ठूलो अर्थतन्त्र भएको हुँदा सामाजिक दुरीको नियम लागू नगर्ने र सबै व्यापार व्यवसाय र निजी व्यवसाय सञ्चालनको कुरा गर्दैछन्।
व्यापारी र बजारको साझा विशेषता भनेको, ‘जुनसुकै अवस्थामा, जसरी पनि नाफा कमाउनु’ हो । आवरणमा मानव अधिकारको डंका पिट्ने तर नाफाका लागि मानवता विरोधी क्रम गर्न समेत बजार पछि पर्दैन। यसर्थ नाफाखोरले मानव जातिमाथी चलाएका बनावटी भियतनाम युद्द ,कोरियन युद्द, १९६१ को ‘वे अफ पिग’ नामको क्युवियन मिसाइल क्राइसीस, वा अरब स्प्रिंग नाममा सञ्चालित लिबियन युद्द, वा विपन अफ मास डिस्ट्रक्शन’ विरूद्को कथित र फर्जी इराकी युद्द वा अफगानस्तान युद्दजस्ता युद्दहरु मानवताका नाममा प्रोपोगाण्डा मात्रै हुन र त्यहाँ कतै पनि मानवता केन्द्रमा राखिएको देखिदैन ।
बजार र व्यापारी आम जनताका दुश्मन हुन् । ट्रम्प पनि एक नम्बरका व्यापारी नै हुन । त्यसकारण एकातर्फ महामारीको संकटसँग जुधिरहेको विश्व स्वास्थ्य संगठनलाई जाने अनुदान रोक्ने कुरा गर्दैछन् भने, अर्कोतर्फ मानिसको ज्यानभन्दा ठूलो अर्थतन्त्र भएको हुँदा सामाजिक दुरीको नियम लागू नगर्ने र सबै व्यापार व्यवसाय र निजी व्यवसाय सञ्चालनको कुरा गर्दैछन्।
कोभिड -१९ ले निम्त्याएको संकटमा पनि मानवता त्यस्ता शक्तिहरुको केन्द्रमा छैन । यसर्थ अहिलेको विश्व व्यवस्था सञ्चालक र त्यो मार्फत निर्देशित विश्व अर्थ व्यवस्था जसलाई हामी मुलतः बजार नियन्त्रित, ‘मार्केट इकोनमी’ भन्छौं, यी दुवैको प्राथमिकतामा मानव जाती परेन र पर्दैन पनि ।
नाफाका लागि बजार अर्थ व्यवस्थाले कसरी प्राकृतिक सम्पदामाथि लुट मच्चाइरहेको छ भन्ने कुरा रित्तीदैँ गरेका हाम्रा नदी किनारा र उजाडिँदै गरेका चुरे पर्वतहरुले पनि बताइरहेका छन्। पूँजीपतीका बैंकका 'एकाउण्ट' भरिला बनाउन कसरी प्राकृतिक स्रोतको दोहन भएको छ ? र विश्वकाे पर्यावरण संकटमा पर्दै गरेको छ ? यो कतै छिपेको छैन् । जसका कारण जलवायु परिवर्तन र त्यसको प्रत्यक्ष मार विश्व मानव जाती र जीवजन्तुमा परेको छ । यसर्थ अहिलेको विश्वव्यवस्था सञ्चालक र अहिलेको विश्व अर्थ व्यवस्था यी दुवैको जोड र कोष विभिन्न वहानामा मानव जातिमाथीकै शोषण र उत्पीडन हो भन्ने कुरा अब मानव जातीले बुझ्न जरुरी छ । यसको विकल्पको रूपमा अर्को नयाँ वैकल्पिक विश्व व्यवस्था सञ्चालक र त्यही अनुरूपको अर्थव्यवस्था परिकल्पनाका लागि विश्वव्यापी माहोल तयार पार्नतर्फ लाग्नुपर्दछ ।
नेपाल र कोरोना संकटआजको मितीसम्म कोराेना भाइरसको प्रकोपमा नेपालमा नभएपनि यसको मनोवैज्ञानिक दबाब झन-झन बढिरहेको छ । केही व्यक्तिमा संक्रमण देखिएको छ । त्यो पनि बाह्य मुलुकबाट आएकाहरुमा मात्रै । यसै कारण झण्डै एक महिनादेखि सिंगो नेपाल पुरै बन्दाबन्दी अवस्थामा छ । करिब तीन करोड नागरिक घर भित्रै थुनिएका छन्। आर्थिक गतिविधी पुरै ठप्प छ । नेपाल सरकारलाई धन्यवाद पनि दिनु पर्दछ । समयमै लकडाउन गर्ने निर्णय गरेकोले पनि संक्रमण फैलिन नपाएको हो ।
कोरोना महामारीसँग जुध्न सम्पूर्ण राजनीतिक दलबीचकाे एकता उदाहरणिय देखिएको छ । यसबाट संकटको बेला नेपालीहरु जहिल्यै एक ठाउँमा हुन्छन् भन्ने राम्रो सन्देश पनि गएको छ । हाम्रो यस्तो व्यवहार हामी आफैले पनि मूल्यांकन गरिरहनुपर्छ । तर यो संकट र महामारीले नेपाल र नेपालीले गर्नैपर्ने केही महत्वपूर्ण विषय भने सतहमा ल्याइदिएको छ। हाम्रो सामर्थ्यले गर्न सकिने तर हामीले नगरेका विषय बहसमा आउनु राम्रो पनि भएको छ । त्यस्ता विषयमा राज्य र जनताको ध्यान तानी आगामी दिनमा आउने संकट समाधान र व्यवस्थापमा चुस्तताको विकास गर्नुपर्ने जरूरी छ ।
हामीकहाँ आधिकारिक तथ्यांक र सूचना छैनन् । जसका कारण विपद् व्यवस्थापनमा चुस्तता ल्याउन नसकिने समस्या देखिन्छ । सुचना संकलनमा वैज्ञानिक विधि अपनाउनु पर्ने देखिएको छ । संकटपछि राहत पाउनु पर्नेले पाइरहेको हुँदैन भने हुनेखाने र टाठाबाठाहरुको परिवारका सबै सदस्यले लिएर छेलोखेलो गर्ने गरेको छ । २०७२ सालमा ठूलो भूकम्प आउँदा पनि त्यतिबेला बास्तविक पीडितभन्दा बढी नक्कली पीडीतले राहत पाए भन्ने सुनिएको थियो । अन्य प्राकृतिक प्रकोपमा पनि करिब यस्तै अवस्था देखिने गरेको छ । केन्द्र, , प्रदेश र स्थानीय सरकारले बेला/बेलामा बाँड्ने आर्थिक सहयोगमा पनि यस्तै अव्यवस्थित हुने गरेको छ । विगतदेखि जोसुकै सरकारमा रहँदा पनि हुने गरेको यस्तो आर्थिक बेथितीलाई रोक्नैपर्छ ।
उल्लेखित समस्या निराकरणका दुई विधि छन् । पहिलो, सरकारले जनताको आर्थिक लागतसहितको तथ्यांक राख्ने । तथ्यांक संकलनको प्रारूप केन्द्रीय सरकारले बनाउने र त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्ने । त्यो तथ्यांक सरकारका तीनै तहमा राख्ने । आर्थिक तथा सामाजिक लागतका आधारमा नागरिकलाई विभिन्न क्याटोगोरीका परिचय पत्र वितरण गर्ने । अवधिगत रूपमा यस्ता परिचय पत्र प्राप्त गर्नेको तथ्यांक अध्यावधी गरिरहने । दोस्रो, नागरिकमै जागरण पैदा गराउने गरि विभिन्न कार्यक्रम वा योजना ल्याउने । मानवता र सामुहिकताको जागरण हुने गरि योजना अघि बढाउनुपर्छ । तर विडम्बना, हामी नेपाली जति पढे लेखेका भएपनि आर्थिक लाभ प्राप्त गर्ने कुरा र राहतका विषयमा समाजमा आफूभन्दा पनि कमजोर वर्ग र समुदाय छ भन्ने कहिल्यै सोच्दैनौं । यस्तो हुनुमा हाम्रो सामाजिक र आर्थिक ढाँचाले हामीमा विकास गरेको संकीर्ण सोच र त्यसको जगमा उभिएको हाम्रो बानी व्यहोरा र संस्कार जिम्मेवार छन् ।
संकटकाे बेलामा पनि हामी विवेक बन्धक राख्दै आफ्नो हैसियत बिर्सेर गरिब र कमजोर वर्गको भाग खोसिरहेका हुन्छौं । यसर्थ नागरिक तहबाट हुने बदमासी रोक्ने पहिलो तरिका सरकारी संरचना सुदृढ बनाउनु नै हो । जसका लागि राज्यको ध्यान नागरिकको सामाजिक आर्थिक लागत राख्नेतर्फ केन्द्रित हुनुपर्दछ । यसमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघ /संस्थालाई पनि सहभागिता गराउन सकिन्छ ।
कोभिड - १९ र नेपाल/भारत सीमा नेपालको दक्षिणी छिमेकी देश भारतसँग खुला सीमा सम्बन्ध छ । करिब एक अर्ब तीस करोड जनसंख्या भएको भारतमा कोभिड -१९ को प्रकोप पछिल्लो समय तीव्र रूपमा बढ्दो छ । खुला सीमा सम्बन्ध र ठूलो जनसंख्या, नेपालको आर्थिक क्रियाकलाप र जीवन पद्दती मुलरुपमा भारत निर्भर छ । हामीलाई चाहिने झण्डै ८५ प्रतिशत भन्दा बढी सामान भारत हुँदै आउँछ । यस्तो अवस्थामा कोरोना भाइरसको दोस्रो चरणको मनोवैज्ञानिक दबाबमा नेपाल पनि छ ।
‘हरेक संकटले केही न केही नयाँ सम्भावना बोकेर आएको हुन्छ र हरेक प्रसव पीडापश्चात एउटा नयाँ जीवनले क्षितीजमा पाइलो राख्दछ’ भनिएझैं कोरोना महामारीबाट शासकहरुले राम्रो पाठ सिकेको र त्यही अनुरुप शासकीय विश्व दृश्टीकोण परिमार्जित गर्नतर्फ लाग्नु आजको आवश्यकता हो ।
पछिल्लो समय देखा परेका भाइरस संक्रमित मानिस भारत गएर आएकाहरु नै छन् । यसको सिधा अर्थ नेपाललाई अब यो महामारीको खतरा भारतका कारण मात्रै रहेको निष्कर्ष निकाल्न सकिन्छ । यसको आधार भनेको हामीबीच रहेको झण्डै ३००० किमी दुरीको खुला सीमा सम्बन्ध नै हो । खुला सीमा हुँदा आर्थिक सूचकसँग सम्बन्धित केही विषयमा फाइदा जस्तो देखिए पनि नेपाल-भारत बीचको खुला सीमा नेपालको सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकताका लागि सदैव संकटको रूपमा रहेको छ । सिमानामा रहेका नेपाली नागरिक र तिनिहरूले झेल्नु परेको भारतीय उत्पीडन, बारम्बार बल्झिरहने सीमा विवाद, भारतीय पक्षको मिचाहा प्रवृति र चोरी डकैती खुला सीमाका ‘बाइ प्रडक्ट’ हुन् । यसबाहेक महामारीको रूपमा विश्वभरी फैलिइरहेको भाइरस आतंक, नेपाल-भारतबीच रहेको खुला सीमा सम्बन्ध नेपालका लागि ठूलै संकटको रूपमा देखा पर्दैछ। आउने दिनमा यस प्रकारका महामारी अरु पनि आउन सक्दछन् । त्यसकारण कोरोना भाइरसका कारण देखा परेको चुनौतिको समाना गर्न, भविष्यमा आउन सक्ने यस्तै संकटबाट जोगिन र विरासतको रूपमा विगतदेखि रहेका खुला सीमा सम्बन्धका नमिठा तर वास्तविक कथाको बिट मार्न पनि सीमा सम्बन्धलाई व्यवस्थित गर्नु अपरिहार्य छ ।
दुई देशबीचका समस्या समाधानको निरुपण गर्न सम्भावित जोखिमबाट दुवै देश जोगिन नयाँ शिराबाट बहस प्रारम्भ गर्नुपर्ने देखिन्छ । कोरोना आतंककै पृष्ठभूमिमा यस खालको बहस आरम्भ गरिनु निकै मनासिव हुने पनि देखिन्छ । जसले दुवै देशका आगामी राष्ट्रिय सोच र दृष्टिकोण तय गर्नसमेत सहयोग पु-याउनेछ । समग्र सीमा सम्बन्धलाई फेरि परिभाषित गर्नुपर्ने आजको आवश्यकता हो ।वर्तमान संकटबाट पाठ सिकेर बेलैमा खुला सीमा बन्द गर्ने र विद्यमान सबै समस्या समाधान गर्ने उपयुक्त मौका दुवै देशले गुमाउनु हुँदैन ।
वर्तमान संकटबाट पाठ सिकेर बेलैमा खुला सीमा बन्द गर्ने र विद्यमान सबै समस्या समाधान गर्ने उपयुक्त मौका दुवै देशले गुमाउनु हुँदैन । ‘हरेक संकटले केही न केही नयाँ सम्भावना बोकेर आएको हुन्छ र हरेक प्रसव पीडापश्चात एउटा नयाँ जीवनले क्षितीजमा पाइलो राख्दछ’ भनिएझैं कोरोना महामारीबाट शासकहरुले राम्रो पाठ सिकेको र त्यही अनुरुप शासकीय विश्व दृश्टीकोण परिमार्जित गर्नतर्फ लाग्नु आजको आवश्यकता हो ।