काठमाडाैको चक्रपथ स्तरोन्नति परियोजना तथा कलंकी इन्टरचेञ्ज ब्रिज
काठमाडाैं । २०७२ सालको गोरखा भूकम्पबाट क्षतिग्रस्त भएका घरभवन,सडक तथा पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणमा छिमेकी मित्र राष्ट्र चीनले सहयोग गरेको छ । भूकम्प गएको पाँच वर्ष पूरा हुँदा पुनर्निर्माणका लागि चीनले उपलब्ध गराएको सहयोगबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण कार्यमा भइरहेको प्रगति सन्तोषजनक रहेको काठमाडौस्थित चिनियाँ दूतावासले उल्लेख गरेको छ ।
नेपालको सहयोगका लागि मित्रराष्ट्र चीनले सञ्चालन गरेका महत्वपूर्ण परियोजना यस प्रकार रहेका छन् । (तस्विरसहित)
[caption id="attachment_184162" align="alignnone" width="898"]
तातोपानी भन्सार चेकजाँच कार्यालय,तातोपानी नाका[/caption][caption id="attachment_184163" align="alignnone" width="940"]
भूकम्पमापन तथा अध्ययन केन्द्र[/caption][caption id="attachment_184164" align="alignnone" width="920"]
काठमाडौ दरबार हाई स्कूल पुनर्निर्माण परियोजना[/caption][caption id="attachment_184165" align="alignnone" width="878"]
अरनिको राजमार्ग पुनर्संञ्चालन तथा मर्मत परियोजना[/caption][caption id="attachment_184166" align="alignnone" width="885"]
काठमाडौ कर्मचारी अस्पताल परियोजना[/caption][caption id="attachment_184167" align="alignnone" width="944"]
काठमाडौको हनुमानढोकास्थित नौ तले वसन्तपुर दरबार पुनर्निर्माण परियोजना[/caption][caption id="attachment_184168" align="alignnone" width="944"]
गोरखा भूकम्पबाट उत्पन्न संकटका बेला चीनले पठाएको आपत्कालीन सहयोग सामग्री र उद्धार टोली[/caption][caption id="attachment_184169" align="alignnone" width="1092"]
भूकम्पबाट प्रभावितका लागि चीन पठाएका टेण्ट र अस्थायी आश्रयका सामान [/caption]
नेपाल चीन सहयोग अन्तर्गत चीनले नेपालमा अहिले पूर्वाधार विकास,हिमालीक्षेत्रका जनताको जीवनस्तर सुधार,पुरातात्विक सम्पदाहरुको पुनःनिर्माण,विपत्तिबाट बच्न आवश्यक पूर्व तयारी र स्वास्थ्यसम्बन्धी २५ परियोजनाहरु सञ्चालन गरिरहेको छ । यी मध्ये १२ परियोजना सम्पन्न भइसकेको र बाँकी १३ परियोजना पनि समयमै सम्पन्न हुने गरी काम भइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।