गृह मन्त्रालयले प्रकाशन गरेको नेपाल विपद प्रतिवेदन, २०१९ लाई आधार मान्ने हो भने सन् १९७१ देखिको अवधि हाम्रो लागि सबैभन्दा घातक विपद भनेको महामारी नै भएको छ । सबैभन्दा बढि पटक घटेको विपद क्रमश: आगलागी, बाढी, पहिरो र चौथोमा मात्रै काेराेना महामारी भए पनि सबैभन्दा बढी ज्यान लिने विपद यही महामारी देखिएकाे छ । पहिरो तथा भूकम्पको अत्याधिक जोखिममा रहेको क्षेत्रमा पनि यस्तो आँकडा हुनु अविश्वनिय देखियता पनि काेराेना महामारी आफै मात्र नभई यस्ता विपदको कारणबाट समेत उत्पन्न हुने भएकाले आँकडाले सत्य झल्काएको स्पष्ट हुन्छ ।
यस्तै महामारीजन्य रोग झाडापखालाबाट सन् २०१७ मा विश्वमा ५, लाख २५ हजारको संख्यामा ५ वर्ष मुनिका बालबालिकाको ज्यान गएको आँकडा छ । भने करिब ९० प्रतिशत जति झाडापखालाबाट हुने मृत्यु असुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको अभावसँग जोडिएको र बहुसंख्यक भार विकासशील मुलुकका ५ वर्षमुनिका बालबालिकामा रहेको विश्व स्वास्थ्य संगठनको ठम्याई छ । नेपाल मात्रै होइन, समग्र विश्व नै हाल कोरोना माहामारीसँग जुध्नमा व्यस्त रहेकाले खानेपानी तथा सरसफाई क्षेत्रमा पुर्व तयारी तथा प्रतिकार्य सामान्य अवस्थाझैं नहुने जगजाहेर नै छ । यसका अतिरिक्त नेपालमा मनसुन महिना शुरु हुन लागेकाले त्यसले बाढीपहिरो जस्ता विपद र सँगसँगै महामारी फैलन सक्ने वातावरण सिर्जना गर्ने सम्भावना छ । त्यसले पानीका श्रोत पनि दुषित गर्ने निश्चित प्राय: छ । यस्ताे अवस्था हुँदा पानी शुद्धिकरण तथा सुरक्षित भण्डारणका घरायसी प्रविधि उपयोगी हुने कुरामा दुईमत छैन् ।
‘ब्राड्ले पानी’ का कारणवाट सर्ने रोगलाई ‘वाटर वर्न’, ‘वाटर वास्ड’, ‘वाटर वेस्ड’ र ‘वाटर रिलेटेड’ गरि ४ भागमा विभाजन गरेता पनि घरायसी प्रशोधन प्रविधि तथा सुरक्षित भण्डारणले पानीजन्य वा ‘वाटर वर्न’ रोगहरुबाट मात्र मुक्ति मिल्दछ । दुषित पानी पिउनाले लाग्ने हैजा, झाडापखाला, हेपाटाईटिस ए., ई., पोलियो आदीजस्ता रोगलाई 'वाटर वर्न' रोग भनिन्छ ।
परिचय :विश्व स्वास्थ्य संगठनका अनुसार पानीलाई घरमै शुद्धिकरण गर्ने तथा सुरक्षित तवरले भण्डारण गर्ने प्रविधिलाई घरायसी पानी शुद्धिकरण तथा सुरक्षित भण्डारण वा पानीको 'उपयोग बिन्दुमा शुद्धिकरण' भनिन्छ ।
हाल नेपालमा ८८ प्रतिशत जनसंख्यामा आधारभुत स्तरको खानेपानी सेवा पुगेको भएता पनि २० प्रतिशत जनतामा मात्र सुधारिएको खानेपानी तथा सरसफाई सेवामा पहुँच पुगेको पन्ध्रौं योजनाको आधार पत्रमा उल्लेख छ । ‘ब्राड्ले पानी’ का कारणवाट सर्ने रोगलाई ‘वाटर वर्न’, ‘वाटर वास्ड’, ‘वाटर वेस्ड’ र ‘वाटर रिलेटेड’ गरि ४ भागमा विभाजन गरेता पनि घरायसी प्रशोधन प्रविधि तथा सुरक्षित भण्डारणले पानीजन्य वा ‘वाटर वर्न’ रोगहरुबाट मात्र मुक्ति मिल्दछ । दुषित पानी पिउनाले लाग्ने हैजा, झाडापखाला, हेपाटाईटिस ए., ई., पोलियो आदीजस्ता रोगलाई 'वाटर वर्न' रोग भनिन्छ ।
घरायसी प्रशाेधन प्रविधिहरुको पूर्णता तथा विश्वसनियता छलफल तथा अनुसन्धानका विषय नै भएता पनि यसलाई खानेपानी प्रणालीको विकल्पको रुपमा नभई आपतकालीन तथा पुरकको रुपमा मात्र लिनुपर्ने हुन्छ । घरायसी प्रशोधन प्रविधिमा पनि ठूला प्रणालीमाा जस्तै श्रोत संरक्षण, थिग्राउने, छान्ने, ‘डिसिन्फेक्सन’ तथा सुरक्षित भण्डारण जस्ता अवयवहरु हुन्छन् । श्रोत संरक्षण भन्नाले श्रोतलाई प्रदुषणबाट रोक्ने प्रयास बुझ्नुपर्छ । तारबार लगाउने, गाइवस्तु खुल्ला रुपले नछोड्ने आदी उपाय अवलम्बन गरि श्रोत संरक्षण गर्न सकिन्छ ।
प्रशोधन प्रविधिहरु:घरायसी प्रशोधन विधिको प्रथम चरण थिग्राउने विधिपश्चात पानी सफा देखाए पनि भएको जिवाणु भने घटाउने सम्भावना कम नै हुन्छ । तर पछिल्ला प्रशोधनका लागि थिग्रायर घमिलोपना हटाउन भने जरुरी छ । श्रोतबाट ल्याएको पानीलाई न्युनतम २ दिनसम्म भण्डारण गर्नाले ठोस पिँधमा थिग्रिन्छ र त्यसमा भएका केही जिवाणु नष्ट हुन्छन् । बजारमा पाइने रसायन जस्तै आलम (फिटकिरी) घोलेर पानीलाई केही समय छोड्ने र त्यसलाई अर्को भाँडोमा छानेर मात्र पठाउने गर्नाले साधारण थिग्राएको भन्दा राम्रो नतिजा प्राप्त हुन्छ र जसलाई ‘कोगुलेसन फ्लोकुलेस’ भनिन्छ ।
केही व्यवसायिक उत्पादनमा ‘कोगुलेसन’ का साथै डिसिन्फेक्सन (जिवनाशक) गुणसमेत हुन्छ । यसबाट प्राप्त भएको पानीलाई त्यसपछि फिल्टर गर्ने गरिन्छ । फिल्टरको लागि कपडाको प्रयोग व्यापक भएता पनि यसबाट भाइरस, प्रोटोजोवा र ब्याक्टेरिया तिनै प्रकारका परजिवि छिर्ने भएकाले यसको उपादेयता भने कम छ । हिजोआज मध्यम तथा उच्च आयवर्गमा चर्चित रहेको ‘आर. ओ प्लान्ट’ पनि एक प्रकारको फिल्टर हो, जसको उपयोगको लागि चापको आवश्यकता पर्छ । फिल्टरको लागि दक्षिण अमेरिकी क्षेत्रतिर भने ‘सेरमिक्स’ को बढी चलन छ । जसमा केही मात्रामा किटनाशकको काम समेत गर्ने अतिरिक्त चाँदिका तहसमेत हुने गरेको पाइन्छ ।
फिल्टरको अर्को चलन चल्तिको रुप ‘बायोस्यान्ड फिल्टर’ लाई लिन सकिन्छ । जसमा बालुवाको माथि एक जैविक तह विकसित भई पानीको सफाई हुन्छ । उक्त तह विकसित हुन केही समय लाग्छ भने यस्तो फिल्टरलाई उक्त तह जिवित राख्न सधैं पानी दिइरहन तथा एकै श्रोतको पानी प्रयोग गरिरहन जरुरी छ । ठ्याक्कै यस्तै नभएता पनि नेपालमा बालुवाको तहभन्दा माथी फलामको कांटिहरु राखेर ‘आर्सेनिक’ छान्ने फिल्टर परिचित प्रविधि हो ।
कतिपय संस्था तथा विज्ञले समेत पानीलाई १०/१५ मिनेट पानीलाई उमाल्नुपर्ने तर्क गर्ने गरे पनि (दुधको लागि लगभग ७२ डिग्रीमा १५ सेकेन्डसम्म) ‘पास्चराइजेसन’ बाटै पानी शुद्ध पार्न सकिने भएकाले १ भल्को उमाल्दा प्रायजसो सबै परजिविबाट छुटकारा पाउन सकिन्छ ।
घरायसी प्रणालीमा यसपछिको अर्को चरण भनेको ‘डिसिन्फेक्सन’ हो । यसका लागि हाम्रो देशमा घरायसी रुपमा प्रयोग भएका प्रणालिमध्ये सबैभन्दा महत्वपुर्ण क्लोरिन उपयोग, उमाल्ने र ‘सोडिस’ हुन् । यसको अलावा तामाको भाँडोमा भण्डारण गरेर खानेजस्ता घरायसी विधिसमेत प्रयोगमा भएपनि यसबारे थप अनुसन्धान जरुरी छ ।
प्रस्तुत विधिहरु मध्ये उमाल्ने विधि सबैभन्दा पुरानो तथा विश्वभर सबैभन्दा बढि प्रयोग हुने विधि हो । उमाल्दा जस्तोसुकै परजिविबाट पनि मुक्ति मिल्ने भए पनि उमालेको पानीको स्वाद केही फरक हुन्छ र कडा पानीमा सेतो छोक्रा पिंधमा थिग्रन्छ । यसको अलावा अत्याधिक इन्धन उपयोग, वायुप्रदुषण आदी नकारात्मक असर छन भने धमिलो पानीमा समेत उत्तिकै प्रभावकारी रहनु यसको विशेषता हो । उमाल्दा कति समय उमाल्ने भन्ने कुरा बहसको बिषय बनेको पनि हामी ठाँउ-ठाँउमा पाँउछौ । कतिपय संस्था तथा विज्ञले समेत पानीलाई १०/१५ मिनेट पानीलाई उमाल्नुपर्ने तर्क गर्ने गरे पनि (दुधको लागि लगभग ७२ डिग्रीमा १५ सेकेन्डसम्म) ‘पास्चराइजेसन’ बाटै पानी शुद्ध पार्न सकिने भएकाले १ भल्को उमाल्दा प्रायजसो सबै परजिविबाट छुटकारा पाउन सकिन्छ ।
उमाल्ने विधिपछि हाम्रोमा अर्को चर्चित प्रविधि ‘क्लोरिन’ राखेर प्रयोग गर्ने हो । ‘पियुष’ ‘वाटर गार्ड’ जस्ता ‘क्लोरिन’ झोल र ‘आक्वाट्याब्स’ जस्ता ट्याब्लेटहरु नेपालका बजारमा पाइन्छन् । यसरी क्लोरिन राख्दा पानीमा ठ्याक्कै आवश्यक भएको भन्दा केही बढि मात्रामा राख्नुपर्ने हुन्छ, जसले भविष्यमा हुनसक्ने संक्रमणलाई समेत रोक्ने काम गर्छ । एमानिया भएको पानीमा यदि ‘क्लोरिन’ राखिएको खण्डमा केही गन्ध आउने सम्भावना रहन्छ । तर आम सोचाइमा ‘क्लोरिन’ ले क्यान्सर हुने भन्ने बुझाइ रहनु यसका चुनौति हुन् । ‘क्लोरिन’ ले क्यान्सर हुनसक्ने भएपनि यसको जोखिम अत्याधिक न्युन रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिइसकेकोले ‘क्लोरिन’ प्रयोग गर्न डराउनुपर्ने अवस्था भने छैन् ।
पहाडी भेगमा यसपछि प्रयोगमा रहेको अर्को प्रविधि भनेको ‘सोडिस’ हो । जसमा सफा देखिने पानीलाई सफा पारदर्शी बोतलमा राखी घाममा सुकाइन्छ र घाममा भएको परावैजनी किरणले पानी भएका सुक्ष्म जिबाणु मारेर पानी प्रशोधन गरिन्छ । यस विधिमा बोतलमा भएका हानिकारक तत्वहरु कतै पानीमा मिसिने त होइनन् ? भन्ने प्रश्न प्राय चल्तिमा छ । लामोसमय यस्ता बोतलको प्रयोग वास्तवमै हानिकारक भए पनि सोडिस गर्ने कार्यसँग त्यसको प्रत्यक्ष सम्बन्ध फेला पर्न सकेको छैन् । घाम लाग्ने ठाउँमा न्युनतम ६ घण्टा र बादल लागेको अवस्थामा २ दिनसम्म घाममा राखेको अवस्थामा परावैजनी किरण र तापको असरले जिबाणु नष्ट हुन्छन् । तर कुनै पनि अवस्थामा पानीलाई प्लाष्टिकका बोतलमा धेरै समयसम्म राखेर प्रयोग गर्नु भने हुँदैन ।
एमानिया भएको पानीमा यदि ‘क्लोरिन’ राखिएको खण्डमा केही गन्ध आउने सम्भावना रहन्छ । तर आम सोचाइमा ‘क्लोरिन’ ले क्यान्सर हुने भन्ने बुझाइ रहनु यसका चुनौति हुन् । ‘क्लोरिन’ ले क्यान्सर हुनसक्ने भएपनि यसको जोखिम अत्याधिक न्युन रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिइसकेकोले ‘क्लोरिन’ प्रयोग गर्न डराउनुपर्ने अवस्था भने छैन् ।
सुरक्षित भण्डारण :माथि उल्लेखित प्रशोधन विधि अपनाइ सकेपछि प्राप्त भएको शुद्ध पानीलाई सफा भाँडोमा भण्डारण गर्न जरुरी छ । पिँधमा धारो भएको भाँडोबाट निकाल्दा फेरि शक्ष्म जिबाणु प्रवेश गर्ने सम्भावना कम भएकाले यस्तो गर्नु उपयुक्त हुन्छ । हाम्रो चलन चल्तिमा रहेको जर्किनहरु फोहोर प्रवेशको हिसाबले सुरक्षित छन भने यसको सरसफाई गर्दा भित्र बालुवा वा मसिना ढुंगा राखी घोलेर गर्ने र त्यसलाई ‘क्लोरिन’ पानीले निर्मलिकरण गरे पश्चात मात्र प्रयोग गर्नुपर्छ ।
अन्त्यमा :युनिसेफ नेपालले आफ्नो सामाजिक सञ्जालमा राखेको जानकारीमा पानीलाई १ लिटरमा ३ थोपा पियुष वा ५ लिटरमा १ ‘आक्वाट्यास’ राखेर शुद्धिकरण गर्न सकिने वा १ झल्को उमालेर पिउन सकिने उल्लेख छ । जसमा ‘क्लोरिन’ राखेको आधा घण्टासम्म कुर्नुपर्ने हुन्छ । दुबै विधि गर्नुअघि पानीलाई सफा देखिनेगरि थिग्राउन उपयुक्त देखिन्छ । यदि पानी धमिलो भएको खण्डमा जिबाणु धमिलो कणको पछाडि लुकेर बस्ने हुनाले सोडिस र क्लोरिनेसन कम प्रभाबकारी त रहन्छन नै उपभोग गर्दापनि नकारात्मक मनोवैज्ञानिक प्रभाव पनि रहिरहन्छ ।
समग्रमा भन्नुपर्दा घरायसी रपमा पनि पानीलाई एकमात्र नभई बिभिन्न बिधिबाट क्रमिक रुपमा सफाई गर्नाले पुर्ण शुद्धता प्राप्त गर्न सकिने तथा स्वस्थ रहन सहयोग पुग्ने कुरामा दुइमत छैन । यसका लागि सरकारी तवरबाट समेतउचित प्रोत्साहन र प्रचारप्रसार गर्नुपर्ने देखिन्छ ।
- पौडेल र पाण्डे खानेपानी तथा सरसफाई क्षेत्रमा कार्यरत ईन्जिनियर हुन ।