भूकम्प जस्तो विपदबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी यही नै हो तरपनि मानिस अझै ‘उहिलेका कुरा खुइले’ भन्ने उखान झै सबै सचेतनाका सिद्धान्तलाई विर्सिरहेका छन् । परिणाम स्वरुप पुन भौतिक संरचना निर्माणमा वेप्रवाह ढंगले आफ्नो शुरु छोडेकै छैन । मानिसको अनुमान नपुग्ने भएकाले प्राकृतिक विपदबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी सम्बन्धी नागरिक चेतना अभिवृद्धि नै व्यवस्थापनाको सर्वोत्तम उपाय हो ।
पृथ्वी जगतमा प्राकृति वा मानव निर्मित क्रियाकलापबाट उत्पन्न विचलित परिस्थिितलाई विपद भनिन्छ । विपदको अबस्था विभिन्न किसिमबाट आइलाग्छ, जस्तो भूकम्प, बाढी, पहिरो, आँधीबेहरी, सुख्खापन, महामारी रोग आदि । हामीले विगतका वर्षमा भूकम्प, बाढी र आँधीबेहरीको प्राकृतिक विपदको सामना गरिसकेका छौं । सुख्खापनको अदृश्य विपद त हामीले कुनै आंकलन नै गर्दैनौ । अहिलेहामी महामारी रोगको प्राकृतिक विपद कोरोना भाइरस कोभिड १९ को संक्रमणसँग जुधिरहेका छौं । प्राकृतिक विपदको अबस्था मानिसको अनुमान भन्दा बाहिर हुने भएकोले यसबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी नै विपद न्यूनीकरणको सर्वोत्तम उपाय हो । प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न प्रकोपको प्रकृति अनुसार हामीले सावधानी सम्बन्धी चेतना अभिवृद्धि बाहेक अरु उपाय छैन । कोभिड १९ को संक्रमण जस्तो प्राकृतिक विपदका अवस्थामा सावधानीका निम्ति न्यूनतम स्वास्थ्य सम्बन्धी जानकारी र लकडाउन बारे नागरिक चेतना हुनु अतिआवश्यक छ ।
२०७५ चैतमा भीषण आँधीबेहरीका कारण तराईका केही जिल्ला प्राकृतिक विपदको चपेटामा परे । २०७२ सालमा प्राकृतिक विपद निम्त्याएको महाभूकम्पबाट काठमाडौं उपत्यका लगायत सिन्धुपाल्चोक, दोलखा र भूकम्पको उद्धगम गोरखा लगायतका जनतामा त्रासदीको अवशेष अझै छ । भूकम्पले त्यसबेला भत्काएका भौतिक संरचनाको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । भूकम्पबाट कसरी जोगिने ? त्यसबाटख हुन सक्ने असर कसरी कम गर्ने ? भन्नेबारे सबै नागरिक सचेत रहनु पर्ने हो तर पनि अझै पूर्ण रुपमा भइसकेको छैन । सरकारी तवरबाट भूकम्प प्रतिरोधात्मक भौत्तिक संरचना निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोग गर्ने प्राविधिज्ञको सहयोग लिने खाली जग्गा राख्ने ,सार्वजनिक स्थल छुट्याउने लगायतका कार्य र प्रयास भइरहेको छ ।
भूकम्प जस्तो प्राकृतिक विपदबाट जोगिन मजबुद संरचनाको आड लिने, नजिकको खाली स्थानमा पुग्ने, माथिल्लो कोठामा गरुंगो चिजवस्तु नराख्ने आधारभूत मान्यतालाई पालना गरिए भूकम्पको क्षतिबाट मानिसलाई जोगाउन सक्छौं । यी कुरा आमनागरिकले महशुस गरिसकेका छन् । भूकम्प जस्तो विपदबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी यही नै हो तरपनि मानिस अझै ‘उहिलेका कुरा खुइले’ भन्ने उखान झै सबै सचेतनाका सिद्धान्तलाई विर्सिरहेका छन् । परिणाम स्वरुप पुन भौतिक संरचना निर्माणमा वेप्रवाह ढंगले आफ्नो शुरु छोडेकै छैन । मानिसको अनुमान नपुग्ने भएकाले प्राकृतिक विपदबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी सम्बन्धी नागरिक चेतना अभिवृद्धि नै व्यवस्थापनाको सर्वोत्तम उपाय हो ।
सन् २०१९ डिसेम्बरको अन्तिमतिर चीनको वुहान राज्यमा देखापरेको कोरोना भाइरस कोभिड १९ प्राकृतिक विपद निम्त्याएको रोगको संक्रमणबाट विश्व जगत आतंकित बनिरहेको छ । हुनत यो प्राकृतिक विपदको कारक कोरोना भाइरस (कोभिड १९) कहाँ र कसरी चीनको वुहानमा देखा पर्यो ? त्यो अझै रहस्यमय छ । कोरोना कसरी उत्पन्न भयो ? सम्न्धित विज्ञ तथा वैज्ञानिकहरुको लागि अनुसन्धान र चासोको विषय भएको छ । छोटो समयमा नै तीब्र रुपमा केवल सय दिनभित्र मै विश्वका दुई सय दश मुलुकमा फैलिसकेको प्राकृतिक विपत्ति हो कोभिड १९ । यसबाट अहिलेसम्म (मंगलबारसम्म) विश्वका ३० लाख ७६ हजार १ सय ८५ जना संक्रमित भएका छन् । २ लाख ११ हजार ९ सय ४१ जनाको मृत्यु भइसकेको छ । ९ लाख २५ हजार ३ सय ५ जनाले भने कोरोनालाई जितेका छन । नेपालमा अहिलेसम्म ५२ जना संक्रमित छन् । त्यस मध्ये १६ जनाले कोरोनालाई जितेका छन् ।
उदयपुरमा मात्र तीब्र रुपमा समुदायमा संक्रमण फैलिएको बुझिएको छ । अहिले त्यहाँ जिल्ला सील गरिएको छ । विश्वलाई नै त्रसित पारेको कोरोना भाइरस अहिलेसम्मकै ठूलो महामारीको रुपमा देखा छ । संक्रमणविरुद्ध जनचेतना विकासका लागि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को निर्देशनमा विश्वका सबै राष्ट्रहरू एकजुट भएका छन् । व्यक्तिबाट व्यक्तिमा संक्रमित हुने यो भाइरसबाट बच्ने उपाय भनेको व्यक्ति व्यक्तिबीच दूरी कायम गर्ने, भीडभाड नगर्ने, सुरक्षात्मक मास्क, पन्जार गगल्सप्रयोग गर्ने, साबुन पानीले बेला बेलामा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, हात सफा नगरी नाक, आँखा र मुखमा नछुने नै हो ।
विश्वभर लकडाउन कायम नै छ । कतिपय देशले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्दै संकटकाल घोषणा र कर्फ्यू समेत लगायका छन् । लकडाउनको प्रभावकारिता विश्लेषण गर्दा कतिपय देशमा यो महामारीयुक्त विपदबाट नागरिकलाई केही हदसम्म सुरक्षित राखेको पाइएको छ । यस अवस्थामा सेल्फ क्वारेन्टाइनमा रहने, सरसफाइमा विशेष ध्यान दिने, र सार्वजनिक स्थलमा नजाने, आफ्नै घर कम्पाउन्डभित्रै सीमित रहने तथा संक्रमितबाट अलगिने नै हो । अत्यावश्यक काम परी बाहिर निस्कँदा पनि न्यूनतम् स्वास्थ्य सावधानी अपनाउनु जरुरी हुन्छ ।
विश्वभर मानिसले प्रायजसो आँधीबेहरी,बाढी, पहिरो र सुख्खापनको सामना गरिरहनुपर्छ भन्ने सर्वविदितै छ । नेपालले पनि बर्षेनी आँधीबेहरी, बाढी, पहिरो र सुख्खापन आदि प्राकृतिक विपद सामना गर्नुपरिरहेको छ । अप्रत्यासित रुपमा वायुमण्डालीय हावा उच्चचापीय विन्दुबाट न्यूनचापीय विन्दुतिर तीब्र बहावका कारण आँधीबेहरी उत्पन्न भएको हुन्छ । अतिवृष्टिका कारण भूक्षय हुने वा पहिरो जाने, नदी कटानमा हुने, नदीको डुबानमा परिने तथा नदीले आफ्नो बहाव नै परिवर्तन गर्दा ठूलो धनजनको नोक्सान हुने र विनाश सहन बाध्य हुनुपर्ने अवस्था छ
यो अनौठो प्रकृतिको भाइरस जसका लक्षण १५ देखि २८ दिनभित्र पनि देखा परेको छ । यो महामारीको प्राकृतिक विपदबाट आफू र समुदायलाई जोगाउन लकडाउन अघि र पछि पनि विदेशबाट आएका व्यक्ति जो कोही पनि इमान्दारीपूर्वक सरकारको सम्पर्कमा आएर क्वारेन्टाइनमा बसीदिनुपर्ने हुन्छ । संक्रमणको आशंका भए स्वास्थ्यकर्मीको सल्लाह लिने, आइसोलेसनमा रहने नै चेतनशील नागरिकका कर्तव्य हुन् । भूकम्प, तथा महामारी फैलायने कोरोना भाइरस कोभिड १९ रोग जस्तो प्राकृतिक विपदको आगमनको कुनै अग्रिम संकेत हुँदैन ।
विपद भनेकै अप्रत्यासित रूपमै आउनेगर्छ । यसर्थ, प्राकृतिक विपदको सम्भाव्यतालाई दृष्टिगत गरी सधैं सावधानी सम्बन्धी जनचेतना अभिबृद्धिमा जोड दिने हो भने अवश्य पनि यसको असरबाट मानव समुदायलाई जोगाउन सकिन्छ । सम्भावित प्राकृतिक विपदबाट जोगिन सदैब हामीले नागरिक चेतना अभिवृद्धिमा विशेष ध्यान पु¥याउनुपर्छ । प्राकृतिक विपद व्यवस्थापनमा सहभागिता जनाउनका निम्ति अग्रिम सावधानी अपनाउने, विभिन्न सरकारी निर्देशन पालना गर्ने हो भने हामी आफू स्वयं र समुदायलाई सुरक्षित राख्न सक्दछौं । भूकम्प र रोगको महामारीको प्राकृतिक विपदबाट बच्न र बचाउन अग्रिम सावधानी अपनाउन आमनागरिकमा सचेतना प्रदान गर्नु नै सबैको कर्तव्य हुन आउँछ ।
बाढी पहिरो, आँधीबेहरी र सुख्खापन पनि प्राकृतिक विपत्ति नै हुन् तर यस्ता मौसमी तत्वको अग्रिम पूर्वानुमानगर्न सकिने भएकोले होसियारी अपनाए यसको प्रभावबाट बच्न सकिन्छ । विश्वभर मानिसले प्रायजसो आँधीबेहरी,बाढी, पहिरो र सुख्खापनको सामना गरिरहनुपर्छ भन्ने सर्वविदितै छ । नेपालले पनि बर्षेनी आँधीबेहरी, बाढी, पहिरो र सुख्खापन आदि प्राकृतिक विपद सामना गर्नुपरिरहेको छ । अप्रत्यासित रुपमा वायुमण्डालीय हावा उच्चचापीय विन्दुबाट न्यूनचापीय विन्दुतिर तीब्र बहावका कारण आँधीबेहरी उत्पन्न भएको हुन्छ । अतिवृष्टिका कारण भूक्षय हुने वा पहिरो जाने, नदी कटानमा हुने, नदीको डुबानमा परिने तथा नदीले आफ्नो बहाव नै परिवर्तन गर्दा ठूलो धनजनको नोक्सान हुने र विनाश सहन बाध्य हुनुपर्ने अवस्था छ । अर्काेतर्फ अनावृष्टिले गर्दा सुख्खापनका कारण खानेपानीको अभाव हुनुका साथै कृषि क्षेत्रमा निकै असर परेको छ । खासगरी मानवजातीबाट वनजंगलको विनाश र प्रकृतिक साधनहरुको अप्राकृतिक दोहन अत्यधिक भएबाट वातावरणीय असन्तुलनका कारण यस्ता प्राकृतिक विपद उत्पन्न भएका छन् ।
वर्षेनी बढ्दोे आँधीबेहरी, बाढी, पहिरो र सुख्खापनबाट उत्पन्न प्राकृतिक विपद व्यवस्थापनका लागि हामी सचेत बन्न सकेका छैनौं । प्राकृतिक विपद निम्तिने जोखिमयुक्त स्थानमा बसोबास गर्नुु हुन्न भन्ने कुरा सबैलाई थाहा हुनु जरुरी छ । बस्ती आसपासको वनजंगलको स्वरूप तथा धरातलीय अवस्था एवं प्राकृतिक विपद जोखिमसमेतलाई ध्यानमा राखी बसोबास व्वस्था गरिनु उपयुक्त हुन्छ । यसरी प्राकृतिक विपदबाट सुरक्षित रहन सम्भावित खतराका बारेमा अग्रिम सावधानी अपनाउन सकिन्छ । यसैगरी आजका दिनमा देखापरेको महामारीको प्राकृतिक विपदबाट हालै हामीले अपनाउँदै आएको सावधानी त सबैले महशुस गरेकै छौं । यस्तै प्राकृतिक विपदको अवस्थामा विपद व्यवस्थापन पक्षको अत्यन्त महत्व रहन्छ । आमनागरिकले कोरोना भाइरस संक्रमण फैलनबाट बच्न र बचाउन विश्वले अपनाएको हालैको जनचेतनामूलक सन्देशलाई इमान्दारीका साथ पालना गर्नुपर्छ ।
सामान्यतया विपद व्यवस्थापन भन्नाले विपदको समयमा उपयुक्त ढंगले जनमानसको जीउज्यान जोगाउनु भन्ने बुझिन्छ । विपदका अवस्थामा स्वविवेक अनुरुप आवश्यक प्रबन्ध मिलाउनु पर्दछ । विपद व्यवस्थापनमा जनतालाई सरकारी स्तरबाट पर्याप्त सम्बोधन गर्न नसकिएको र जनधनको रक्षार्थ आवश्यक व्यवस्थापकीय उपलब्ध नभएको हुन सक्छ । यस्तो चुनौतीपूर्ण अवस्थामा हामीले के पायौं के पाएनौं भनेर सोच्नु भन्दा निर्धारित परिधिभित्र सीमित रहेर विचल्लीमा परेका नागरिकको अत्यावश्यक गाँसबासलाई प्राथमिकता दिनुपर्ने हुन्छ । प्राकृतिक विपदबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी र सजगताको चरण संकट प्रारम्भ भएदेखि मात्रै यसको व्यवस्थापन पक्षमा सोच्नुभन्दा सम्भावित विपत्तीका विषयमा नागरिक चेतना हुनु पर्ने देखिन्छ ।
सरकारको मात्र दायित्व नसम्झी सर्वसाधारणलगायत आमनागरिक सबैको आआफ्नातर्फबाट अपनाउनु पर्ने सजगता नैविपद व्यवस्थापन कम महत्वकोकार्य छैन । प्राकृतिक विपदबाट आमनागरिकलार्ई तत्कालै सुरक्षित राख्न खान, बस्न, चिकित्सकीय सेवा व्यवस्था मिलाउने कार्यमा सबै नागरिकले आ–आफ्नातर्फबाट सहयोग पु(याउनुपर्छ । विपदको परिस्थितिअनुसार कस्तो व्यवस्थापन पं्रभावकारी हुन्छ, कार्यान्वयन गर्ने नीति निर्धारण गर्ने र लागू गर्ने निकाय भनेको सरकार नै हो । यो अवस्थामा सरकारका नीति निर्देशनलाई विवेकपूर्ण तरकिाले अक्षरस पालना गर्नु आम नागरिको दायित्व हुन आउँछ ।
कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण फैलनबाट रोकथामका निम्ति सरकार र नागरिक दुवै पक्षबाट अपनाईएका व्यवस्थापकीय पक्षप्रशंसनिय नै छ । यद्यपी यस्तो व्यवस्थापनमा यदाकदा कमीकमजोरीहरू पनि नभएको होइन । विश्वव्यापी रूप लिएको यो विपदको अवस्थामा अन्य विकसित देशहरुले समेत अनुशरण गरेको व्यवस्थापकीय कार्यलाई हामीले पनि पूर्ण पालना गर्नु जरुरी देखिन्छ । सौभाग्य नै मान्नु पर्छ अहिले सम्म हामीले अमेरीका, बेलायत, इटाली, फ्रान्स, स्पेन, जस्ता बिकसीत राष्ट्रले भोगेको भयावह अवस्थालाई बेहोर्नुपरेको छैन । तर अझै पनि हामी पूर्ण सुरक्षित नै छौ भन्ने अवस्था छैन । यस्तो महामारीको रुप लिएको प्राकृतिक विपदको घडीमा व्यवस्थापन पक्षमा हाम्रोस्रोतसाधन पर्याप्त नभएको सबै नागरिक जानकार छौं । सरकारले जारी गरेको लकडाउनको निर्देशनपालन गर्नु चेतनशिल आमनागरिकको कर्तव्य हुन आउँछ । स्वास्थ्यकर्मीका लागि अत्यावश्यक ठानिने सुरक्षात्मक सामग्रीको अभावमा पनि आफ्नो कर्तव्य निभाउँदै आएका छन् । सुरक्षा समाग्री सरकारले व्यवस्था मिलाउँदै छ । लकडाउनको सकसपूर्ण आस्थामा विपन्न नागरिक लगायत उच्च शिक्षा हाँसिल गर्न काठमाण्डौ आएका विद्यार्थीका लागि अत्यावश्यक मानिने दैनिक उपभोग्य वस्तु आपूर्ति गराउने कार्यमा सरकार र सरकारको अनुमती लिएर अन्य सहयोगी मनकारीहरु क्रियाशिल रहेका छन् ।
लकडाउनको अर्थ आमनागरिकले बुझ्न सक्नु पर्दछ । हालका दिनहरुमा लकडाउनका कारण अन्य देशहरुबाट मानिसहरु आएका त छैनन् । तरपनि भारततर्फबाट खुल्ला सिमाका कारण लुकीछिपी आउनेक्रम रोकिएको छैन । यस्तो कार्य जो कोही नागरिकले गरेको भएपनि सरकारको निर्देशन अनुसार आईसोलेशनमा बसिदिनु बुद्धिमानी हुनेछ ।अर्कोतर्फ संक्रमण फैलिसकेका मुलुकबाट नेपाल फर्किएका नागरिकहरुले पनि आआफ्नो दायित्व संझिएरसरकारले निर्धारण गरेका क्वारेन्टाईनमा र संक्रमणका लक्षण देखिएका नागरिक आईसोलेसनमा बसिदिनु उपयुक्त हुन्छ । यसो गरेमा आफु र आफ्नो परिवार एवं समुदायलाई सुरक्षित राख्न सकिन्छ । यस्तो नैतिकता नागरिकका लागि विपद व्यवस्थापन पक्षको सबैभन्दा ठूलो उपलब्धी हुनेछ ।
आमनागरिकलाई संक्रमण फैलनबाट जोगिऊन् भन्ने उद्देश्यले मिलाइएको व्यवस्थामा स्वास्थ्य सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षात्मक सामग्री, आवश्यक पर्ने औषधोपचार समेतका व्यवस्थाविपद व्यवस्थापनका महत्वपूर्ण पक्ष हुन् । अझ महामारीको अवस्थामा अपनाउने विपद व्यवस्थापनको क्षेत्र व्यापक हुन्छ
प्राकृति विपद व्यवस्थापन गर्न नागरिकको सहयोग नागरिकलाई हुनुपर्नेमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्ने, खाद्यान्न एवं दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सिर्जना गर्ने गरिरहेका छन् । केही व्यापारी तथा सेवा प्रदायक निकाय वा व्यक्तिबाट र सरकारको व्यवस्थापनको कमजोरी हुँदा यो समयमा कालोबजारीको नाँगो नाच देखिएको छ । जीविकोपार्जन, रोजगारी र शिक्षा आर्जनका लागि शहर पसेकाआमनागरिक विपदको अवस्थामा भोकभोकै हुने अवस्था आएको छ ।व्यवस्थापन पक्षमा देखिएको कमजोरीको फाईदा उठाउन उद्यत नीजि क्षेत्रका अस्पतालहरु बिरामीलाई पनि कोरोना संक्रमितकै नजरले हर्ने गरेका छन् । प्रसूति वेदनाले छटपटाइरहेकी महिलाकै उपचार गर्न कतिपय चिकित्सक हच्किए । ज्यान जोखिममा राखी अहोरात्र स्वास्थ्य सेवामा, सुरक्षा सेवामा र संचार क्षेत्रमा समर्पित रहँदै आएका व्यक्तिहरुलाई अत्यावश्यक स्वास्थ्य सुरक्षात्मक सामग्रीको व्यवस्था गराउन सरकार सक्रिय हुनुपर्दछ । यस्ता विपदका अवस्था जीवनमा आईरहन्छन् । जुनसुकै अवस्था र समयमाआइलाग्न सक्ने सबै किसिमका प्राकृतिक विपदमा व्यवस्थापन पक्षमा देखिने कमजोरीनिराकरणका लागि नागरिक सचेतना अपनाउन जरुरी छ ।
यसैगरी विपदको समयमा सबैले ध्यान पु¥याउनुपर्ने अर्को महत्वपूर्ण कुरा रोकथामका लागि अपनाउनुपर्ने सावधानी वा सुरक्षा हो । विपदकोे समयमा अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा प्रकोप देखा पर्नासाथ असर कम पार्न र नियन्त्रण गर्न कार्ययोजना तर्जुमा गर्नुपर्ने हुन्छ । विपद व्यवस्थापन सुदृढ भएन भने महामारीको रूप लिन सक्छ । कतिपय अवस्थामा सरकारको मुखमात्र खोज्नु भन्दा प्रभावकारी आकस्मिक योजना तयार गर्न र लागू गर्न नागरिकले पनि संयमता अपनाई बुद्धिमतापूर्ण ढंगले कार्य गर्नुपर्ने हुन्छ । कोरोना भाइरस संक्रमण फैलनबाट नियन्त्रण गर्ने क्रममा सरकारले अपनाएको हालैको सुरक्षा व्यवस्थाका बारेमा हामी जानकार छौं । संक्रमित व्यक्तिको संसर्गबाट सहजै अर्कोमा सार्ने भएकोले स्थल र हवाई यातायातमा लगाइएको रोकलाई, पूर्णरूपमा पालना गराउनु, मुलुकको सीमा क्षेत्रको नाकामा आवागमन बन्द गर्न अपनाइएको सुरक्षा तैनाथी तथा लकडाउनको समयमा घरमै बसेका, आइसोलेसनमा रहेका र उपचारको क्रममा रहेका संक्रमित समेतको व्यवस्था प्रशंसनीय नै छ ।
आमनागरिकलाई संक्रमण फैलनबाट जोगिऊन् भन्ने उद्देश्यले मिलाइएको व्यवस्थामा स्वास्थ्य सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षात्मक सामग्री, आवश्यक पर्ने औषधोपचार समेतका व्यवस्थाविपद व्यवस्थापनका महत्वपूर्ण पक्ष हुन् । अझ महामारीको अवस्थामा अपनाउने विपद व्यवस्थापनको क्षेत्र व्यापक हुन्छ । बाढी, पहिरो, आँधिबेहरी,सुख्खापन, भूकम्प र सरुवा रोगको महामारीबाट बच्न र बचाउन समयमा मिलाउनुपर्ने विपद व्यवस्थापकीय कार्य मानव रक्षाका निम्ति हुने भए पनि प्राकृतिक विपद व्यवस्था भने प्रकोप उत्पन्न भएपछि प्रारम्भ हुने भएको कुरा हामी जानकार नै छौं । यस क्रममा पीडितको उद्धार, स्वास्थ्य उपचारको व्यवस्था, आवश्यक पर्ने खाने, बस्ने व्यवस्था, पुनः प्रकोप देखापर्न सक्ने अवस्था भए सर्वसाधारणलाई सुरक्षित बनाउने आवश्यक व्यवस्था समेतको कार्य गर्नुपर्ने हुन्छ ।
हामीले बिशेष सावधानी अपनायौं भने विपदबाट जोगिन र जोगाउन सक्छौं भन्ने कुरा सबैले महशुस गर्दै आएका छौं । कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणको आतंक पूर्णरूपमा नियन्त्रण नभएसम्म नागरिकलाई चेतना र सजगता अपनाउन निर्देश गरिरहनुपर्दछ । प्राकृतिक विपद उत्पन्न भएको अवस्थामा नआत्तिई पूर्ण सुझबुझका साथ सहकार्यमा जोड दिनुपर्दछ । आम नागरिकले सरकार एवं विज्ञले दिने निर्देशन र सुझाबलाई अक्षरशः पालन गर्नुपर्छ । आवश्यकता अनुसार सुरक्षाकर्मी र संचारकर्मीलाई साथ सहयोग दिनआम नागरिक आफ्नो मूलदायित्वबाट कदापी पछि हट्नुहुँदैन । मानव विनास गर्न देखापरेका प्राकृतिक विपदबाट मानवजगत बच्न र बचाउन हामीमा मानवीय सचेतनाहुनु जरुरी छ ।
(रेग्मी प्रहरी नायव उपरीक्षक(डिएसपी) हुनुहुन्छ) सुझावको लागि [email protected]