ताप्लेजुङ । सदरमुकाम फुङ्लिङमा शुक्रबार रातिदेखि लागेको आगो नियन्त्रणमा आएको छ । ७ घर तथा पसल जलेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी र बासिन्दाले दमकलको सहायतामा शनिबार बिहान ५ बजे मात्र आगो पूर्ण रूपमा निभाउन सफल भएका हुन् ।
शुक्रबार राति साढे १० बजे देवी भट्टराईको घरमा रहेको भट्टराई होटल एण्ड लजबाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ । आगो के कारणले लाग्यो ? तथ्य पत्ता लागिसकेको छैन । आगलागीबाट ३२ परिवार प्रभावित भएका छन्। यस्तै ५ वटा संघसंस्थाका कार्यालयमा क्षति पुगेको छ। शनिबार बिहान संकलन भएको प्रारम्भिक विवरणअनुसार ८ घर परिवारसहित ती घरमा पसल, डेरागरी बस्ने ३२ परिवार विस्थापित बनेका छन्।
मध्यरातमा लजबाट शुरु भएको आगोले दायाँ बाँयाका अन्य घर, पसल र होटल समेत जलेको छ । आगो पूर्ण रुपमा निभाइएपछि प्रशासनले क्षति विवरण संकलन गर्न थालेको छ । आगलागीबाट कति रुपैयाँ बराराबरको धनमाल क्षति भयो ? एकीन भइसकेको छैन ।
आगलागीबाट जलेका घरहरु१, नेत्र कार्की२, खेम के.सी.३, खड्ग थापा४, चन्द्रमाया लोछार५ राम साह६, प्रेम निरौला७, देवी भट्टराई
पसल तथा काउण्टर
१, बिनिता बिस्टको घुम्ती चिया पसल,२, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल,३, बिशाल काउण्टरको घुम्ती,४, सुपर साइनो काउण्टरको घुम्ती५, बुद्ध शान्ति काउण्टरको घुम्ती