नेकपा देशको सर्वाधिक ठूलो, लोकप्रिय सत्तासीन पार्टी भएकोले यसकोे पहिचान कुनै एक नेतासँग मात्र गाँसिएको छैन । मानिसले नेकपाको नाम आउनासाथ यो पार्टी केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोख्ररेल आदि नेतालाई सम्झन पुग्छन् अर्थात यी सबै र अरु धेरै नेताको एकमुष्ट (कम्पोजिट) रुप नै नेकपा हो । यहाँ कुनै नेताले पनि म नेकपाको पर्याय हुँ भन्न सक्दैन र भन्न हुदैन पनि । यी मध्ये कुनै एक नेता अलग्गिए भने पार्टी थोरै नै भएपनि खण्डित हुन पुग्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते अप्रत्याशित रुपमा गम्भीर प्रकृतिका दुई अध्यादेश जारी गराएपछि शुरू भएको सत्तासीन पार्टीभित्रको विवादको तापक्रम घटेको छैन, बरु बढ्दै गएको छ । त्यस विषयमा छलफल गरी निर्णय गर्न अविलम्ब स्थायी समितिको बैठक बोलाउन माग गर्दै स्थायी समितिका २० सदस्यले निवेदन पार्टीका दुवै अध्यक्षलाई बुझाए । यस क्रममा पार्टीको असहमत पक्ष ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउने याेजनामा लाग्याे । त्यस्तै ओली पक्षले सकेसम्म बामदेव गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई पार्टीको तेश्रो अध्यक्ष बनाएर भएर पनि विवाद मिलाउने तानावाना बुन्याे । यदि त्याे सम्भव नभए संसदीय दलमा भोटिङ्ग गराउने वा ससद भङ्ग गरी मध्यावधि निर्वाचनमा जाने कि भन्ने सम्मका याेजना बने । तर शनिबार भएको सचिवालय बैठक पछि भने तत्कालकाे लागि यी सबै खेल बन्द भएका छन्।
तर यो घटनाक्रम शुरू भई विवाद अगाडि बढ्दै जाँदा पार्टी विभाजन हुन सक्ने आशंका समेत उत्पन्न भयो । दुवै पक्षभित्र केही सीमित चरमपन्थी नेता तथा कार्यकर्ता पार्टी विभाजनसम्मको पक्षमा देखिए तापनि अधिक संख्यक नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरु पार्टी विभाजनको पक्षमा छैनन् । र, अधिसंख्यक नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरु जनपक्षमा काम गरेर देखाउने यस्तो अपूर्व अवसर जनताले दिएको अवस्थामा आपसमा विवाद गरेर पार्टी टुक्रिँदा देशको वाम आन्दोलन धराशायी हुने भएकोले त्यसो गर्नु आत्मघाती हुन्छ भन्ने पक्षमा रहेको पाइन्छ । अब बस्ने स्थायी समिति बैठकले यो विवाद कसरी टुङ्गो लगाउँछ ? भन्ने कुरा यहाँ प्रस्तुतगर्ने जमर्को गरिएको छ ।
मानिस हुर्कदै जाँदा ती आफ्ना गुण, अवगुण सम्बन्धित व्यक्तिका पहिचान बन्दछन् । त्यसैले “ह्याविट ईज सेकेण्ड नेचर” भनिन्छ । त्यही आधारमा मानिसहरुले कसैको नाम लिनासाथ त्यो यस्तो खाल्को मानिस हो भनेर भन्दछन् वा सोच्छन् । यही मान्यता अनुसार नेकपाका विशेषगरी शीर्ष नेताका आ—आफ्ना पहिचान छन्, उनीहरुलाई कार्यकर्ता र जनताले त्यही रुपमा चिन्छन्
हरेक व्यक्तिका वचपनदेखि विकसित हुँदै आएकाआ—आफ्नै आनीबानी, शैली, व्यवहार, रुची, चिन्तनशैली आदि हुन्छन् । यी कुरामध्ये कतिपय वंशाणु अनुसार पनि होला भने कतिपय आफू हुर्कदै गर्दाका सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक आदि परिवेशको प्रभाव पनि होला । मानिस हुर्कदै जाँदा ती आफ्ना गुण, अवगुण सम्बन्धित व्यक्तिका पहिचान बन्दछन् । त्यसैले “ह्याविट ईज सेकेण्ड नेचर” भनिन्छ । त्यही आधारमा मानिसहरुले कसैको नाम लिनासाथ त्यो यस्तो खाल्को मानिस हो भनेर भन्दछन् वा सोच्छन् । यहि मान्यता अनुसार नेकपाका विशेषगरी शीर्ष नेताका आ—आफ्नापहिचान छन्, उनीहरुलाई कार्यकर्ता र जनताले त्यही रुपमा चिन्छन् । त्यसैले एउटाको कार्यशैली, व्यवहार र चिन्तन अरुलाई मन नपर्न सक्छ, यो अस्वभाविक होइन र कुनै अनौठो कुरा पनि होइन । अहिलेको विवाद कुनै दार्शनिकवा सैद्धान्तिक विषयमा भइरहेको छैन, यो केवल कार्यशैली, व्यवहार र चिन्तनलाई लिएर विवाद भइरहेको छ । अतः यस किसिमको विवाद धेरै टाढासम्म जानु हुँदैन र जाँदैन पनि ।
नेकपा देशको सर्वाधिक ठूलो, लोकप्रिय सत्तासीन पार्टी भएकोले यसको पहिचान कुनै एक नेतासँग मात्र गाँसिएको छैन । मानिसले नेकपाको नाम आउनासाथ यो पार्टी केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोख्ररेल आदि नेतालाई सम्झन पुग्छन् अर्थात यी सबै र अरु धेरै नेताको एकमुष्ट (कम्पोजिट) रुप नै नेकपा हो । यहाँ कुनै नेताले पनि म नेकपाको पर्याय हुँ भन्न सक्दैन र भन्न हुँदैन पनि । यी मध्ये कुनै एक नेता अलग्गिए भने पार्टी थोरै नै भएपनि खण्डित हुनपुग्छ । साथै यी सबै नेताका माथि भनिएझैँ आ—आफ्ना आनीबानी, बेलीव्यवहार, शैली आदि छन् । ती सबै मिलेर पार्टीको सिङ्गो व्यक्तित्व निर्माण भएको छ । यी सबै आनीबानी, बाेलीव्यवहार र शैलीका आआफ्नै विशेषता, सवल र दुर्वल पक्ष हुन्छन् र छन् । एउटै व्यक्तिमा सबै किसिमका विशेषता हुँदैनन् । त्यसैले यी सबै विशेषता भएका अलगअलग नेताहरु एउटै पार्टीमा हुँदा त्यो मात्र पार्टी पूर्ण हुन्छ र त्यो पार्टीले सवै पक्षलाई समेट्न सक्दछ, सबै किसिमका चुनौतीको सामना गर्न सक्दछ । सबै नेताहरुले यो वास्तविकतालाई आत्मसात गर्नुपर्छ, हृदयङ्गम गर्नुपर्छ ।
केपीओलीको जस्ताे तीक्ष्णता र खेलकुद अरु नेतामा पाईदैन, प्रचण्डको जस्ताे गतिशीलता अरु नेता नेतामा पाईदैन, माधव नेपालको जस्ताे क्रियाशीलता, पारदर्शिता र इमान्दारिता अरुमा पाईदैन, झलनाथ खनालको बाैद्धिकता र स्तरीयता अरुमा पाईदैन र बामदेव गौतमको जस्ताे आँट र साहसिकताअरुमा पाईदैन
व्यवहार हेर्दा र अनुभव गर्दा नेकपा अध्यक्ष केपी ओलीको जस्ताे तीक्ष्णता र खेलकुद अरु नेतामा पाईदैन, प्रचण्डको जस्ताे गतिशीलता अरु नेता नेतामा पाईदैन, माधव नेपालको जस्ताे क्रियाशीलता, पारदर्शिता र इमान्दारिता अरुमा पाईदैन । झलनाथ खनालको वाैद्धिकता र स्तरीयता अरुमा पाईदैन र बामदेव गौतमको जस्ताे आँट र साहसिकता अरुमा पाईदैन । त्यसैले यी नेता सबै एउटै पार्टीमा रहँदा मात्र सबै किसिमको विशेषता युक्त पूर्ण पार्टी बन्दछ, बनेको छ । त्यही आधारमा पार्टीलाई जनताले पनि विश्वास गरेका हुन् । तर त्यसो हुनका लागि पार्टीमाथि सबै नेताको उचित भूमिका हुनुपर्छ र उनीहरूकाे उचित भनाई चल्नुपर्छ । अहिले त्यो नभएकोले नै पार्टीमा असहजता आएको हो, विग्रह आएको हो । एक किसमको आनीबानी, वोली व्यवहार, शैली आदिलाई मात्र पार्टीको पहिचान बनाउने प्रयास गरिएकोले अरुलाई सहयात्रा गर्न असह्य भएको हो ।
अतः पार्टी जोगाउनको लागि नेतृत्वमा सवै पक्षलाई एकोमोडेट गरी सामूहिक निर्णयको परम्परा बसाल्नुको विकल्प छैन ।अरु सबै किसिमका विशेषता र गुणलाई निषेध गरी एउटा मात्रविशेषता र गुणले पार्टी र सरकार चलाउन खोज्दा पार्टी र सरकार धरापमा पुग्न गएको हो । कुनै एक परिवारको घर मुलीयसरी चल्न खोज्यो भने त्यो परिवारमा त विग्रह आउँछ भने राजनीतिक पार्टीमा त त्यो सम्भव हुने कुरै होइन । बिरालोलाई झ्याल ढोकाथुनेर आक्रमण गरियो भने उसले मानिसको घाँटी समात्छ भन्ने उखान नै छ । त्यसैले पार्टीका विभिन्न कमिटी पार्टी विधान अनुसार नियमित रुपमा बैठक बस्ने, एजेण्डामा व्यापक छलफल गरेर निर्णय गर्ने र त्यस्तो निर्णयलाई कार्यान्वयन गर्ने स्वस्थ परम्परा बसाल्ने हो भने यस्ता विग्रह उत्पन्न हुँदैन । विधिविधान र निर्णय प्रकृयाको अवज्ञा गरी एक्लै चल्न खोज्दा यस्तै विग्रह घरिघरि उत्पन्न हुन्छन् । संगठन विधिविधान अनुसार चल्नुपर्छ भनेर भन्नु पर्ने कुरै होइन । विधिविधान बिनाको संगठन, संगठन नै हुँदैन । त्यो त भिडतन्त्र मात्र हुन्छ ।