काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असहाय वृद्ध–वृद्धा र अनाथ बालबालिकालाई सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवमा असहाय तथा अनाथलाई सहयोग गरेको हो ।
इन्स्योरेन्स असहाय तथा अनाथलाई ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबर खाद्यान्न तथा अत्यावश्यक सामग्री र नगद सहयोग गरेको हो । सहयोग आफ्ना कर्मचारी उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
२०५८ साल वैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आइतबार १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । ‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्य लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वार्षिकोत्सवको अवसरमा प्रमुखकार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालालाई हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले यसअघि पनि सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा लागि १ करोड रुपैयाँ सहयोग गरिसकेको छ ।